Khabar Dabali Logo
  January 26, Tue

सशस्त्र द्वन्द्वको समयमा जलेका लालपूर्जा १८ वर्षपछि वितरण

अर्घाखाँची । अठार वर्षपछि लालपूर्जा पाउँदा छत्रदेव गाउँपालिका–२ बल्कोट र वडा नं ४ केरुङ्गाका बासिन्दा खुशी भएका छन् । सशस्त्र द्वन्द्वको समयमा विसं २०५९ मा तत्कालीन नेकपा (माओवादी)ले सदरमुकाम आक्रमण गर्दा जलेर लालपूर्जा नष्ट भएपछि जिल्ला नै नक्शाविहीन बनेको थियो । नापी कार्यालयको टोलीले पुनः नापनक्शा गरी जग्गाधनी पूर्जा वितरण गर्न शुरु गरेको हो ।

नापी कार्यालयले छत्रदेव गाउँपालिकाको वार्ड नं २ बल्कोटमा ६५० घरधुरी र वडा नं ४ केरुङ्गाका एक हजार १८६ जग्गा धनी दर्ता प्रमाणपूर्जा वितरण गर्न शुरु गरेको छ । लालपूर्जा लिन सहभागी भएका ७० वर्षीय हरिप्रसाद खनालले भने, “जग्गा भएर पनि जग्गा नभए जस्तै भएका थियौँ आज लालपूर्जा पाउँदा खुशी भएका छौँ, लालपूर्जा नहुँदा बैंकमा जग्गा धितो राखेर ऋण लिन पनि सकेका थिएनौँ, अब त लालपूर्जा पायौँ हामी खुशी छौँ । ”

द्वन्द्वको समयमा नक्शाविहीन भएको अर्घाखाँचीका ३१ वडामा जग्गाधनी प्रमाण पूर्जा वितरण गर्न शुरु गरिएको नापी कार्यालयका प्रमुख नापी अधिकृत खिम रानाले बताए । उनले डिजिटल प्रविधिबाट निर्माण गरिएका लालपूर्जा जिल्लाका सबै वडामा निर्माण गरिने जानकारी दिए ।

मंसिर २८ गते, २०७७ - १३:५९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सवारी दुर्घटनामा २० वर्षीय युवकको मृत्यु

काठमाडौँ । धादिङ, बेनिघाटरोराङ गाउँपालिका ५ बादरेमोडस्थित सडकमा बा.८४ प १५७१ नम्बरको मोटरसाइकल र प्रदेश...   

प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा पक्राउ

झापा । शिवसताक्षी नगरपालिका १ धरमपुरस्थित डिउटीमा खटिएको प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा...   
गोदावरी राष्ट्रिय वनस्पति उद्यानः खरेटो र चैत्यफूलको संरक्षण

गोदावरी राष्ट्रिय वनस्पति उद्यानः खरेटो र चैत्यफूलको संरक्षण

ललितपुर । कोरोना भाइरस सङ्क्रमण महामारीका कारण ललितपुरको गोदावरीस्थित राष्ट्रिय वनस्पति उद्यानलाई...   

चार जोडीले जिते ‘बञ्जी कपल च्यालेन्ज’

पोखरा । पोखरा– २४ हेम्जास्थित हाइग्राउण्ड एडभेन्चर्सले दुई साताअघि शुरु गरेको ‘कपल बञ्जी च्यालेन्ज’...   
भारतमा गणतन्त्र दिवसका दिन किसानहरुको ट्याक्टर र्याली

भारतमा गणतन्त्र दिवसका दिन किसानहरुको ट्याक्टर र्याली

नयाँदिल्ली । भारतका किसानहरुले गणतन्त्र दिवसका अवसरमा ट्याक्टर र्याली प्रदर्शन गरेका छन् । कृषि...   

अमेरिका प्रवेश गर्न कोरोना रिपोर्ट नेगेटिभ चाहिने

वासिङ्टन । अमेरिका उडान गर्न चाहने यात्रुहरुले कोरोना नेगेटिभ भएको रिपोर्ट देखाउनु पर्ने भएको छ । त्यस्तो...   
चीन र न्यूजील्यान्डबीच स्वतन्त्र व्यापार सम्झौता

चीन र न्यूजील्यान्डबीच स्वतन्त्र व्यापार सम्झौता

बेइजिङ । चीन र न्यूजील्यान्डबीच १२ वर्षअघि सम्पन्न स्वतन्त्र व्यापार सम्झौतालाई पुनः अद्यावधिक गरी...   

ट्रम्पद्वारा फ्लोरिडामा “पूर्व राष्ट्रपतिको कार्यालय” स्थापना

पाल्म बिच । अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो गृहराज्य फ्लोरिडामा “पूर्व राष्ट्रपतिको...   

सडक सञ्जालमा जोडिए दैलेख र कालीकोट

मान्म । दैलेखको भैरवी गाउँपालिका र कालीकोटको शुभकालिका गाउँपालिका सडक सञ्जालमा जोडिएका छन् । दैलेखको...   
पत्रकार महासङ्घका ६ पूर्वाध्यक्ष पुरस्कृत

पत्रकार महासङ्घका ६ पूर्वाध्यक्ष पुरस्कृत

दमौली । नेपाल पत्रकार महासङ्घ तनहुँका ६ पूर्वाध्यक्ष पुरस्कृत भएका छन् । शाखाको आज आयोजित बाह्रौँ...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top