


गौतमबुद्ध कप क्रिकेट प्रतियोगिता आजदेखि शुरु


-
-
मंसिर २७ गते, २०७७ - १९:४०

भरतपुर । चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा आजदेखि गौतमबुद्ध कप–२०२० क्रिकेट प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा टिम नारायणीले विजयी शुरुआत गरेको छ ।
वाग्मती टिमलाई सुपरओभरमा पराजित गर्दै नारायणीले विजयी शुरुआत गरेको हो । सुपरओभरमा नारायणीले दिएको २६ रनको लक्ष्य पछ्याएको वाग्मतीले २० रन मात्र बनाउन सक्यो । यसअघि वाग्मती र नारायणीले समान ११७ रन बनाएपछि खेल सुपरओभरमा धकेलिएको थियो ।
वाग्मती प्रदेश क्रिकेट सङ्घको आयोजना तथा चितवन क्रिकेट सङ्घको संयोजनमा प्रतियोगिता शुरु भएको हो । प्रतियोगितामा तीन टिम वाग्मती, नारायणी र राप्तीको सहभागिता रहेको चितवन क्रिकेट सङ्घका अध्यक्ष कैलाश प्रधानले जानकारी दिए ।
वाग्मतीको कप्तानमा राष्ट्रिय टोलीका कप्तानसमेत रहेका ज्ञानेन्द्र मल्लले रहेका थिए । यस्तै नारायणीको कप्तान सुवास खकुरेल रहेका छन् । यसअघि पूर्व राष्ट्रिय कप्तान पारस खड्काले कप्तानी गर्ने भनिएकामा पारसलाई कोरोना पुष्टि भएपछि सुवासले कप्तानी सम्हालेका हुन् । राप्तीको कप्तानमा विनोद भण्डारी रहेका छन् ।
प्रतियोगिताको दोस्रो खेलमा भोलि वाग्मती र राप्ती भिड्नेछन् भने तेस्रो खेलमा राप्ती र नारायणी भिड्नेछन् । शीर्ष दुईमा रहने टोली फाइनलमा प्रवेश गर्नेछ । फाइनल खेल मङ्सिर ३० गते हुने आयोजकले जनाएको छ । प्रतियोगिताको वाग्मती प्रदेश खेलकूद परिषद्को सदस्यसचिव सूर्य भण्डारीले उद्घाटन गरेका थिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
ट्रम्प विरुद्धको महाभियोग सुनुवाईमा ढिलाई गर्न रिपब्लीकनको आग्रह
वासिङट्न । अमेरिकी माथिल्लो सदन सिनेटमा रिपब्लीकन पार्टीका नेता मिच म्याक्कोनेलले पूर्व राष्ट्रपति...व्यावसायिकरुपमा च्याउ र सिस्नुखेतीप्रति युवा वर्ग आकर्षित
वाग्मती । मकवानपुर जिल्लामा व्यावसायिकरुपमा च्याउ र सिस्नुखेतीप्रति युवा वर्ग आकर्षित भएका छन् ।...कृषकलाई एक लाख जडीबुटीको बिरुवा वितरण गरिने
भोजपुर । नाङ्गा डाँडापाखालाई हरियालीसँगै आयमूलक बनाउनका लागि एक लाख जडीबुटीको बिरुवा वितरण गरिने...भारतमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १ लाख ५३ हजार नाघ्यो
नयाँदिल्ली । भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण १६३ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु...श्रीलङ्काद्धारा कोरोनाका कारण बन्द सीमा सबै देशका लागि खुला
कोलम्बो । श्रीलङ्काले कोभिड १९को असरका कारण बन्द गरेको आफ्नो देशको सीमा अन्तर्राष्ट्रिय रुपमा नै...भरतपुर अस्पतालमा विशिष्टीकृत बहिरङ्ग सेवा
चितवन । राजधानीबाहिरका १९ जिल्लाका बिरामीको उपचार गर्ने थलो भरतपुर अस्पतालमा विशिष्टीकृत बहिरङ्ग...डेढ वर्षीय बालकको डुबेर मृत्यु
रौतहट । दुर्गाभगवती नगरपालिका १ कोईरी टोल बस्ने अनन्त महतोको डेढ वर्षीय छोरा छपुकुमार महतोको घर अगाडि...आफ्नै आमाको हत्या गरेको अभियोगमा ३३ वर्षीय प्रेम पक्राउ
तनहुँ । आफ्नै आमा ७२ वर्षीया लक्ष्मी दरैको हत्या गरेको अभियोगमा ब्यास नगरपालिका ११ दरैपधेरो बस्ने...शुक्लाफाँटाका काउलीले बजारमा मूल्य पाएन
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ का काउली खेतीमा संलग्न किसान यज्ञराज गौतमले आठ कट्ठा जग्गामा...नेपालमै चिनिँदैन अर्थोडक्स चिया
इलाम । नेपालको पहाडी क्षेत्रमा उत्पादित अर्थोडक्स चिया विश्वभर उच्च गुणस्तरीय मानिन्छ । विश्वबजारमा...

प्रतिकृया लेख्नुहोस्:
- आंशिक प्राध्यापकलाई करारमा नियुक्ति दिइँदै, आन्तरिक स्रोतबाट पारिश्रमिक पाउने
- पक्ष र विपक्षमा शक्तिको प्रदर्शनले देश मुठभेडतर्फ जाने खतरा बढ्यो : अध्यक्ष थापा
- भीरबाट लडेर वडा सदस्यको मृत्यु, गाउँपालिका उपाध्यक्ष भुजेललाई पितृशोक
- भारतमा कोरोना सङ्क्रमितको संख्या एक करोड ६ लाख ५४ हजार भन्दा बढी
- चीनमा कोरोनाका नयाँ सङ्क्रमितहरु भेटिने क्रम जारी