Khabar Dabali Logo
  January 21, Thu

रापती खोलामा पुल शिलान्यास

मकवानपुर । हेटौँडा उपमहानगरपालिका–११ नवलपुर र वडा नं १२ पदमपोखरीलाई जोड्न रापतीखोलामा पक्की पुल निर्माण हुने भएको छ । दुई सय १५ मिटर लम्बाइ र ११ मिटर चौडाइ रहेको सो पुल बनाउन प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले रु २६ करोड ४१ लाख ८७ हजार विनियोजन गरेको छ । करिब दुई वर्षभित्र पुल निर्माण सम्पन्न हुने हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले जानकारी दिए ।

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आज पुलको शिलान्यास गर्दै प्रदेश सरकारले राष्ट्रिय गौरवको आयोजना अगाडि बढाउन, शहरीकरणको विकास गर्न र विकासका पूर्वाधारलाई समानुपातिक रुपमा वितरण गर्न प्राथमिता दिएको जानकारी दिए । उनले अनियमितता गर्र्नेलाई कारवाहीको दायरामा ल्याइएको पनि बताए ।

सो अवसरमा भौतिक पूर्वाधारमन्त्री रामेश्वर फुयाँलले प्रदेश सरकारले प्रदेशभित्रका जिल्लामा जनताको चाहनानुसार खानेपानी, पक्की पुल, सडक र विद्युतीकरण विस्तारका लागि विभिन्न योजना कार्यान्वयनको तहमा उतारेकोे जानकारी दिए ।

उनले काठमाडौँ, चितवन, हेटौँडा, ललितपुर, भक्तपुर, धादिङ, नुवाकोट, सिन्धुलीलगायत शहरमा विद्युतीय सवारी साधन सञ्चालनमा निजी क्षेत्रलाई सहभागी गराउन सरकारले प्रक्रिया थालनी गरिसकेको र केही महिनाभित्रै सङ्घीय राजधानी काठमाडौँबाट हेटौँडा जोड्ने विद्युतीय सेवा सञ्चालन हुने बताए । भौतिक पूर्वाधार तथा यातायात निर्देशनालयका निमित निर्देशक डा सहदेव भण्डारी, उपमहानगरपालिका–११ र १२ का वडाध्यक्ष क्रमशः गोकर्ण पराजुली र ललित घलान तथा समाजसेवी ललिता गोम्बाले स्थानीय जनसहभागिताका आधारमा विकास निर्माण अगाडि बढाउँदा दीर्घकालीन लाभ प्राप्त हुने बताए ।

मंसिर १८ गते, २०७७ - १२:२६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अमेरिका पठाइदिन्छु भन्दै १५ लाख ठगी गर्ने अभियुक्त पक्राउ

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष हुँ भनी अमेरिका पठाइदिन्छु भन्दै १५ लाख रुपैयाँ ठगी...   

प्रदेश नं १ : कृषिमा उल्लेखनीय प्रगति

विराटनगर । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले एक वर्षका अवधिमा उल्लेखनीय प्रगति हासिल गरेको...   
निःशुल्क महाप्रस्थान यान सञ्चालनमा ल्याइने

निःशुल्क महाप्रस्थान यान सञ्चालनमा ल्याइने

कैलाली । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व केन्द्रिय सदस्य तथा धनगढीका व्यवसायी गोपाल हमालको...   

चालू आर्थिक वर्षको ६ महिनामा साढे छ खर्बको आयात

काठमाडौँ । चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो छ महिनामा विदेशी वस्तुको आयातमा कमी आउँदा निर्यातमा वृद्धि...   
एनआईबीएल बैंकको ३४ औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न

एनआईबीएल बैंकको ३४ औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न

काठमाडौँ । नेपालइन्भेष्टमेण्ट बैंक लिमिटेड (एनआईबीएल)ले आर्थिक वर्ष २०७६/७७ का लागि आफ्नो ३४ औं वार्षिक...   

जुलुसमा निर्धारित नारा मात्र लगाउन नेकपाको निर्देशिका जारी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा हुने...   

हुम्लामा २ दिनदेखि हवाई उडान अवरुद्ध

सिमकोट । हुम्लामा दुई दिनदेखि हवाई उडान अवरुद्ध भएको छ । तराईमा चलेको बाक्लो हुस्सु र सिमकोटमा चलेको...   
जलवायु परिवर्तन प्रभावको कारण बालबालिकामा बढ्दो कुपोषण

जलवायु परिवर्तन प्रभावको कारण बालबालिकामा बढ्दो कुपोषण

पेरिस । गरीबी र सरसफाई जस्ता परम्परागत कारणहरूले भन्दा बढी जलवायु परिवर्तनको प्रभावले गम्भीर बाल...   

भारतीय प्रधानमन्त्री मोदी, मुख्यमन्त्रीहरुले दोस्रो चरणमा खोप लगाउने

नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र राज्यका मुख्यमन्त्रीहरुले दोस्रो चरणमा कोभिड–१९...   

बाइडेन अमेरिकाको राष्ट्रपति भएकोमा विश्वका नेताहरुबाट बधाई

पेरिस । संयुक्तराज्य अमेरिकाको राष्ट्रपतिमा जो बाइडेनले बुधबार शपथ लिएसँगै विश्वका नेताहरुले उनको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top