Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

पूर्वपश्चिम राजमार्गमा सवारी रोकेर रकम माग्ने छ युवा पक्राउ

परासी । पूर्वपश्चिम राजमार्गमा सवारी साधन रोकेर रकम मागेको अभियोगमा नवलपरासी (बर्दघाट सुस्तापश्चिम) प्रहरीले छ युवालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा बर्दघाट–४ का २४ वर्षीय कमल राना र मनिष कुँवर, २३ वर्षीय सञ्जय सुनार, २९ वर्षीय सुजनमान श्रेष्ठ, ३१ वर्षीय निर्मल खरेल र ३० वर्षीय सुजन तिमिल्सिना रहेको जिल्ला प्रहरी कार्यालय परासीका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिए।

बर्दघाट नगरपालिका–४ स्थित राजमार्गमा समूहमा रहेका युवाले गाडी रोकेर जबर्जस्ती रकम असुली गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् । सो समूहले लमजुङबाट रुपन्देहीको खैरेनीतर्फ कुखुरा लिएर आउँदै गरेको प्रदेश ०३–००१ च ०२२० नम्बरको जिपलाई रोकी भेटेरेनरी बिल देखाउन भन्दै गाडीको साँचो खोसेर रकम माग गरेको थियो । साथै गाडीमा रहेका केही कुखुरामा क्षति पु¥याइएको प्रहरीले जनाएको छ ।
७ जुवाडे पक्राउ

धरान– लक्ष्मी पूजाको राति जुवा खेल्दै गरेका सात जनालाई नगदसहित सुनसरी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सनुसरीका प्रहरी उपरीक्षक कमल थापाका अनुसार पक्राउ पर्नेमा इटहरी–२० का ४१ वर्षीय दिलकुमार पुरी, २९ वर्षीय मुकेश बस्नेत, ४४ वर्षीय नवीन गुरुङ, ३४ वर्षीय धनबहादुर पुरी, ४४ वर्षीय भक्तबहादुर पुरी, ४९ वर्षीय नारायण पुरी, ३१ वर्षीय हरिराम बानियाँ र ३१ वर्षीय विष्णु बाँस्तोला रहेका छन् ।

इटहरी–२० तहरामा रहेको रुद्राक्ष पार्टी प्यालेसमा सोमबार राति २ बजे तास खेलिरहेका अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । उनीहरुको साथबाट तास, रु दुई लाख ८० हजार २५५ बरामद गरिएको उपरीक्षक थापाले जानकारी दिए । मङ्गलबारसम्म तिहारको बिदा परेकाले बुधबार उनीहरुलाई अदालतमा उपस्थित गराइने जनाइएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies