Ntc summer Offer
Khabar Dabali २० बैशाख २०८१ बिहीबार | 2nd May, 2024 Thu
NIMB

नवजात शिशुसहित सुत्केरी तीन दिनदेखि प्रहरी हिरासतमा

‘रगत बग्न रोकिएको छैन, चिसोमा बच्चालाई केही हुन्छ कि भन्ने डर लागेको छ’

गुल्मी । तम्घासको चिसो, झन् त्यसैमा सिरेटो चल्न थालेको छ । बिहान–बेलुका मात्रै होइन, दिउँसो पनि हातखुट्टाका औंला चलाउन मुस्किल हुन्छन् । मुटु काँप्ने चिसोमा गुल्मीको धुर्कोट गाउँपालिका–७ वाग्लाकी २८ वर्षीया रमिता भुसाल भने तीन दिनदेखि २९ दिने शिशुसहित जिल्ला प्रहरी कार्यालयको हिरासतमा कष्टकर दैनिकी गुजारी रहेकी छन् ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - सोमबार मध्याह्न जिल्ला प्रहरी कार्यालय परिसरमा शिशुलाई घामले सेक्दै गरेकी उनले अनाहकमा दुःख पाएको बताइन् । ‘मेरो त केही चिन्ता थिएन, यसलाई केही हुन्छ कि भन्ने डर लागेको छ,’ रमिताले शिशुलाई घाम सेक्दै भनिन्, ‘यस्तो चिसो छ, मलाई नै गाह्रो भएको छ । न्याना लुगाकपडा छैनन्, यसलाई के पो हुने हो ।’

उनले तीन दिनदेखि २९ दिने शिशुसहित प्रहरी हिरासतमा बस्नुको कारण भने बहुविवाहको उजुरी हो । साढे दुई वर्षअघि उनको वाग्लाका ३३ वर्षीय मनिराम घिमिरेसँग बिहे भएको थियो । उनलाई मनिरामको दोस्रो बिहे हो भन्ने पनि थाहा थिएन । ‘अहिलेसम्म उहाँको बिहे भएको हो भन्ने थाहा थिएन, प्रहरीले पक्राउ गरेपछि मात्रै बिहे गरेको रहेछ भन्ने थाहा पाएँ,’ रमिताले सुनाइन् ।

२१ कात्तिक बिहान, ४ बजे । बुटवलस्थित उनको कोठा कसैले ढकढकायो । उनी शिशुलाई काखी च्यापेर सुतिरहेकी थिइन् । ‘कसले ढोका ढकढकायो भनेर खोलेको त प्रहरी पो रहेछन्,’ रमिताले भनिन्, ‘दुवै जना हामीसँगै जानुपर्छ, हिँड्नुस भनेर बिहान ४ बजे नै ल्याए ।’

उनी २५ असोजमा सुत्केरी भएकी थिइन् । रगत बग्न पनि रोकिएको थिएन । कतिवेला त हिँडडुल गर्न पनि गाह्रो हुने गरेको थियो । बिहानै प्रहरी आएर पक्राउ गरेपछि भने उनको सातोपुत्लो गयो । ‘म त के गर्ने, के नगर्ने भन्ने पनि सोच्न सकिनँ । प्रहरीले ल्याएपछि खुरुखुरु आएँ,’ रमिताले दुखेसो गरिन्, ‘लुगाकपडा पनि ल्याउन दिएनन् । जस्तो लुगा लगाएकी थिएँ, त्यसमै आए ।’ प्रहरीले उनी र उनका श्रीमान् मनिरामलाई पक्राउ गरेर ल्याएको हो ।

बुटवलबाट तम्घास करिब डेढ सय किलोमिटर छ । गाडीमा ६ घन्टा लाग्छ । प्रहरीको गाडीले पाँच घन्टामा तम्घास पुर्‍यायो । ‘उसै पनि कमजोर थिएँ, बच्चालाई बोकेर यति टाढा गाडीमा आउँदा झन् शरीरै थिलथिलो भयो,’ उनले भनिन् ।

पाँच घन्टा गाडीको यात्राले उनलाई अर्को समस्या थपिएको छ, रगत झन्झन् बग्न थालेको छ । ‘बुटवल छँदा त अलिअलि बग्थ्यो, अहिले त झन्झन् रगत बन्न थालेको छ,’ प्रहरी हिरासतमा रहेकी रमिताले पीडा सुनाइन्, ‘रगत बग्न रोकिएको छैन, जिउ दुख्छ । मेरो त केही चिन्ता थिएन, चिसोमा बच्चालाई केही हुन्छ कि भन्ने डर लागेको छ ।’

यस्तोवेला पोसिलो खानेकुरा खानुपर्ने हो । तर, उनले भने प्रहरी हिरासतमै खाना खानुपरिरहेको छ । उनका आफन्तले बाहिरबाट खाना त ल्याउँछन्, तर होटेलको खाना खानै डर लाग्ने गरेको उनले सुनाइन् । उनले राति पनि निद्रा नलाग्ने गरेको बताइन् । ‘राति होहल्ला हुन्छ, रक्सी खाएर पक्राउ परेकाहरू पल्लो कोठामा कराइराख्छन् । होहल्लाले बच्चा सुत्दैन,’ उनी भन्छिन् । उनका पति मनिराम र उनलाई छुट्टाछुट्टै कोठामा राखिएको छ ।

हुन पनि जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षको एउटै भवनमा दुइटा कोठा छन् । एउटामा पुरुष र अर्कोमा महिलालाई राख्ने गरिएको छ । पुरुष हिरासत कक्ष भरिभराउ हुने गरेको छ । प्रहरीले मध्यराति समेत पक्राउ गरेर ल्याएकाहरूलाई त्यही हिरासत कक्षमा राख्ने गरेको छ ।

मनिरामकी जेठी श्रीमतीले दिएको उजुरीका आधारमा दुवैजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रमुख एसपी प्रविणलाल श्रेष्ठले बताए । ‘जेठी श्रीमतीले दिएको उजुरीका आधारमा बुटवलबाट गिरफ्तार गरिएको हो ।

आमाका कारण बच्चालाई अन्याय भएको हामीलाई पनि महसुस भएको छ,’ एसपी श्रेष्ठले भने, ‘कानुनको प्रक्रिया नै त्यस्तै छ । छिटोभन्दा छिटो अदालत पेस गर्ने योजनामा छौँ ।’ अहिले छाड्न नमिल्ने र धरौटीमा छाड्ने या जेल पठाउने अदालतको विषय भएको एसपी श्रेष्ठको भनाइ छ ।

रमितका परिवारजनले भने प्रहरीले अन्याय गरेको गुनासो गरेका छन् । सुत्केरीलाई कसैको जिम्मेवारीमा राखेर स्याहार–सुसार गर्न पाउनुपर्ने माग गरेका छन् । ‘हामीले छाड्नुस भनेका छैनौँ । हिरासतभन्दा बाहिर तम्घासमै बरु प्रहरीकै निगरानीमा राखेर स्याहारसुसार गर्न दिनुस् भन्दै आएका छौँ,’ रमिताका जेठाजु यमलाल घिमिरेले भने, ‘भाग्ने पनि होइन, भनेको वेला प्रहरीमा उपस्थित गराउँछौँ भनेकै छौँ, तर मानेका छैनन् ।’

गुल्मीका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले यस विषयले आफू पनि चिन्तित भएको बताए । यो जिल्ला प्रशासन कार्यालयको विषय नभएकाले केही भन्न गाह्रो भएको बताउँदै प्रजिअ शर्माले भने, ‘यो प्रहरी र अदालतको विषय भयो, आमा र बच्चाको स्वास्थ्यको ध्यान राख्नुहोला भनेको छु ।’

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies