Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा

खबरडबली संवाददाता

काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम तथा रोजगारसँग सम्बन्धित ‘श्रमदान’ योजना घोषणा गरेको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री डोलप्रसाद अर्यालले नेपाली श्रमिकका समस्या समाधान र श्रम बजारमा सुधार ल्याउने उद्देश्यसहित ‘श्रमदान’ अभियानको सुरुआत गरे । 

मन्त्री अर्यालले श्रमदान मन्त्रालयको वृहत र व्यवहारिक योजना भएको बताए। श्रमिकको समस्या समाधान गर्न ल्याएको उक्त योजनाअन्र्तगत विभिन्न सातवटा कार्यक्रम छन् । श्रमदान योजनामा ‘सेकेन्ड इनिङ्स’, रोजगार बैंक, समता, कनेक्ट, साथ, कल सेन्टर, पेसागत यात्राको सहयात्रीलगायत कार्यक्रम समावेश छन् । यी कार्यक्रम एकसाथ नभएर क्रमशः कार्यान्वयन गर्दैजाने मन्त्री अर्यालले बताए । “यो योजना मात्र होइन, अभियान पनि हो”, उनले भने–“यसले नेपाली नागरिकको श्रम र रोजगारसम्बन्धी बहुआयामिक आवश्यकताको एकद्वार प्रणालीद्वारा सम्बोधन गर्ने उद्देश्य राखेको छ ।” 

श्रमदानको पहिलो चरणमा सात क्षेत्रसँग सम्बन्धित कार्यक्रम समावेश गरिएका छन । इन्दे्रणीका सात रङ्गसँग मेल खाने गरी प्रत्येक कार्यक्रमलाई एक विशेष रङ्गसँग जोडिएको मन्त्री अर्यालले बताए । कार्यक्रम नेपाली श्रमिकको सीप, दक्षतामा विकास, उनीहरुको मानसिक स्वास्थ्यसम्बन्धी समस्या समाधान, विशेष आवश्यकता रहेको वर्ग तथा समुदायको हकमा खास सुविधा प्रदान गर्नेदेखि कानुनी रुपमा सुरक्षित बनाउन श्रम कानुनको ज्ञान बढाउन केन्द्रित रहेको उनको भनाइ थियो । 

मन्त्रालयले दुई महिनाको अध्ययनपछि तयार भएको उक्त योजनाबाट रोजगारीकोे अवसरलाई व्यापक बनाउनेदेखि श्रम बजारमा प्रतिस्पर्धी हुन आवश्यक कौशलको विकास तथा पेसागत उन्नतिका लागि चाहिने स्रोत र साधान प्रदान गर्ने  छ । मन्त्री अर्यालले पहिलो चरणमा २४ सै घण्टा टेलिफोन सेवा उपलब्ध गराउने, गुनासो सुन्ने निकायमा केन्द्रीत फोकल पर्सन तोक्ने र मिसकलाई कल ब्याग गर्ने काम हुने जानकारी दिए। उनका अनुसार दोस्रोचरणमा श्रमदान एपको विकास गर्ने काम भइरहेको छ । 

विदेशमा आधारित सीआइपी लाइन टेलिफोन सेवा र आइभीआर सेवाकोसमेत तयारी भइरहेको मन्त्री अर्यालले बर्ताए। विभिन्न सामाजिक सञ्जालमार्फत प्राप्त जिज्ञासा, गुनासो र समस्यालाई तत्काल समाधान प्रक्रियामा लैजान संयन्त्रको निर्माण भएको उनले बताए। मन्त्रालयले यसअघि नै श्रमदान कल सेन्टरको उद्घाटन गरिसकेको छ । मन्त्रालयका अनुसार जिज्ञासा, गुनासो र समस्यालाई निःशुल्क कल ११४१ मा फोन गरेर जानकारी दिन सकिनेछ । यस्तै अर्को फोन नम्बर ९८५१३४७२२२ मार्फतसमेत समस्याबारे जानकारी गराउन सकिने मन्त्रालयले जनाएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका मापदण्ड

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०ले आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचन र फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट...

प्रचण्डले सरकारलाई चेतावनी: कुनै तर्क वा बहानामा मिति सार्ने दुस्साहस नगर्नुहोला

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई कुनै पनि बहानामा निर्वाचनको मिति सार्न नहुने च...

काठमाडौँ आइपुगे रवि लामिछाने, विमानस्थलमा भव्य स्वागत

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परी हालै धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शनिबार चितवनबाट काठमाडौँ ...

खुला मञ्च खुला गर्न सरकार र महानगरलाई प्रचण्डको आग्रह

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुला मञ्च खुला गर्न सरकार र महानगरपालिकालाई आग्रह गरेका छन्। पार्टीको बागमत...

यस्तो देखियो नेकपाको शक्ति प्रदर्शन (फोटोफिचर)

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को एकता सन्देशसभा काठमाडौंमा जारी छ । शनिबार काठमाडौँको भृकुटीमण्डपमा सभा आयोजना भएको हो ।  सभालाई नेकपा ...

राम्रोलाई राम्रो भन्नुस्, नराम्रोलाई आलोचना गर्नुहोस्, हामी स्वीकार्छौं: माधव नेपाल

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले आफ्नो पार्टी इमानदारीताका साथ अघि बढेको दाबी गरेका छन् र देश विकासका लागि एकपटक आफ्न...

ओलीको अभिव्यक्तिप्रति नेतृ रिमाको आपत्ति, देश कुनै व्यक्तिको कुटि होइन, खुल्न र ठप्प पार्नलाई

चितवन। उज्यालो नेपाल पार्टीकी नेतृ रिमा विश्वकर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले “जाँचबुझ आयोगमा बोलाउँदा देश ठप्प पार्छौं” भन्ने अभिव्यक्तिप्रति आ...

देशका लागि जुनसुकै त्याग गर्न तयार छु : रवि लामिछाने

अन्तिममा मिल्नुपर्नेहरू हामी मिलेरै छाड्छौं, सबै साथीहरू संवादमै हुनुहुन्छ

नेकपाको र्‍यालीसहित काठमाडौंमा प्रदर्शन, एकता सन्देश सभा सुरु

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय एकता सन्देश सभा सुरु हुनुअघि र्‍यालीसहित प्रदर्शन गरेको छ। विभिन्न स्...

कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला

काठमाडौँ। नेकपा एमालेका नेता ईश्वर पोखरेल समूहको भेला काठमाडौंमा सुरु भएको छ। काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा उक्त समूहको भेला सुरु भएको ह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending