Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

जनप्रतिनिधिले जनतामा सही सन्देश प्रवाह गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जनप्रतिनिधिले सही सूचना एवं सन्देश प्रवाह गरेपछि मात्र जनतामा जागरण आउने धारणा व्यक्त गरेका थिए ।

“अन्य रोगजस्तो यसको खोप, औषधिको विकास भइसकेको छै, यस्तो अवस्थामा व्यक्ति स्वयं सचेत रहेर आफू र समाजलाई सुरक्षित राख्नु नै विकल्प हो,” उनले भने, “जनप्रतिनिधि जनतामाझ जाँदा यसबाट सुरक्षित रहन भौतिक दूरी कायम गर्ने, साबुन पानीले हात धुने, मास्क लगाउने र स्यानिटाइजरको प्रयोग गर्नेबारे जनतालाई सूचना प्रवाह गर्नुपर्दछ ।” स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतका कर्मचारी र सञ्चार जगतको प्रयासबाट मात्र कोभिड १९ नियन्त्रण सम्भव नहुने हुँदा जनप्रतिनिधिसमेत यस अभियानमा जोडिनुपर्ने उनको भनाइ थियो ।

कर्णाली प्रदेशसभा सचिवालयद्वारा आज सुर्खेतमा आयोजित ‘कोभिड–१९ जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदको भूमिका’ विषयक कार्यक्रममा उनले अध्यक्ष तिमिल्सेनाले कोभिड–१९ बाट सुरक्षित रहेर जीवनपद्धति चलाउनुको विकल्प नभएको बताएका थिए। आफू सुरक्षित रहेमात्र अरुलाई रोकथाम गर्न सकिने बताए ।

प्रदेशसभाका सभामुख राजबहादुर शाहीले कोभिड १९ ले बहुआयामिक दुष्प्रभाव छाडे पनि यसका शिक्षालाई ग्रहण गर्नुपर्ने विचार व्यक्त गर्दै गलत सूचना प्रवाहले महामारी झन् फैलिन सक्ने हुँदा जनप्रतिनिधिले विशेष ख्याल गर्नुपर्नेमा जोड दिए। प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले कोभिड १९ विरुद्धको प्रतिकार्यमा कर्णालीले अन्य प्रदेशभन्दा अब्बल कार्य गरेको दाबी गरे । उनले स्वास्थ्य संस्थाको भौतिक संरचना निर्माण, जनशक्ति व्यवस्थापन, परीक्षण र उपचार प्रणालीमा उल्लेख्य सुधार गरेको जानकारी दिए। “एक्सरेसम्म नभएका जिल्लामा आइसियु र भेन्टिलेटर जडान गरेका छौं, स्थानीय तहसम्म अक्सिजन प्लान्ट राख्दैछौं,” मन्त्री रावलले भने, “समयमै स्वास्थ्य संरचनामा सुधार गर्दा कोभिड १९ लाई सामान्य अवस्थामा फर्काउन सहज भएका छौं ।”

कार्यक्रममा विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालयका जोखिम तथा संकट सञ्चार विज्ञ डा सुनुर बर्माले कोभिड १९ का सन्दर्भमा जोखिम सञ्चार तथा समुदायको संलग्नताका महत्व तथा निर्वाचित पदाधिकारीको भूमिकासम्बन्धी अन्तर्राष्ट्रिय अनुभव र स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा रवीन खड्काले सो प्रदेशको वर्तमान अवस्थाबारे प्रस्तुतिकरण गरेका थिए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies