Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

प्रतिकिलो १० लाखसम्म पर्ने केशरको व्यावसायिक उत्पादन शुरु

मङ्गलबारे । इलामका केशरको व्यावसायिक उत्पादन शुरु भएको छ । महँगो फूलका रुपमा परिचित केशरको इलामको माईजोगमाई गाउँपालिकामा व्यावसायिक उत्पादन शुरु भएको हो । औषधीय गुण भएको केशर विश्वकै महँगो फूलका रुपमा परिचित छ ।

प्रतिकिलो रु १० लाखसम्म पर्ने केशरको विगत वर्ष यही ठाउँमा परीक्षण उत्पादन भएको थियो । बहुवर्षे वनस्पतिका रुपमा चिनिएको केशरको यस वर्षको उत्पादन शुरु भएको छ । सामूहिक खेती गरी यसको व्यावसायिक उत्पादन थालिएको हो ।

औषधीय गुण भएको केशरबाट सुगन्धित तेलसमेत बनाउन सकिने बताइएको छ । विगत वर्ष उत्पादन भएको केशर स्थानीयस्तरमा नै बिक्री भइसकेको केशर उत्पादक किसान टुण्डु शेर्पाले बताए । उच्च मूल्यको जडीबुटी केशरको परीक्षण उत्पादनपश्चात् दोस्रो वर्ष इलाममा यसको टिपाइ शुरु भइसकेको छ । यतिबेला किसान केशर टिप्न व्यस्त छन् ।

जौवारी मल्टीप्रपोज एग्रिकल्चर एन्ड इन्भाइरोमेन्ट सेन्टरले माईजोगमाई गाउँपालिका–६ को थुम्केडाँडा र जौवारी क्षेत्रमा सामूहिक रुपमा केशरको खेती शुरु गरी विस्तार गरेको थियो । प्रदेश १ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री राम रानाले उच्च पहाडी क्षेत्रमा केशरको विस्तार गर्न जरुरी भएको बताए । उनले खेती हुने जिल्लाका अन्य स्थानमा समेत यसको खेती विस्तार गर्नुपर्नेमा जोड दिए ।

दुर्लभ वनस्पतिका रुपमा परिचित केशर अहिले नेपालको इलाममा मात्र व्यावसायिक खेती हुने गरेको पाइएको छ । उच्च मूल्यको जडीबुटी केशर फुल्न थालेपछि इलाममा किसान उत्साहित भएका छन् । लगातारको वर्षापछि गत सालभन्दा केही कम केशर फुलेको भए पनि माईजोगमाईको थुम्केडाँडामा केशर फुलेको हेर्न सर्वसाधारणदेखि मन्त्रीसम्मको बाक्लो उपस्थिति हुने गरेको छ । विगतभन्दा बढी क्षेत्रफलमा लगाइएकाले उत्पादन र आम्दानी बढ्नेमा किसानहरु ढुक्क छन् ।

थोरै मात्रामा हिउँ पर्ने र तुषारो पर्ने एक हजार ५०० देखि दुई हजार ५०० मिटरको उचाइ केशर खेतीका लागि उपयुक्त मानिन्छ । परीक्षणका रुपमा लगाइएको केशर विस्तारमा प्रदेश र स्थानीय सरकारले अनुसन्धान अगाडि बढाउनुपर्ने प्रदेशसभा सांसद खिनु लङ्वाले बताए । उनले यसको सम्भावना र फाइदाका विषयमा अझ जनचेतना जगाउन आवश्यक रहेको धारणा व्यक्त गरे ।

केशर उत्पादनका लागि धेरै फूलको आवश्यकता पर्दछ । फूलभित्रको रातो लुर्का सङ्कलन गरी सुकाएर बिक्री गर्ने गरिन्छ । करीब डेढ लाख सुगन्धित फूलबाट मात्र एक किलो केशर प्राप्त हुने गर्दछ । गत वर्षदेखि तयारी केशरलाई जौबारी मल्टीप्रपोज एग्रिकल्चर सेन्टरले प्याकेजिङ गरी बिक्री गरेको संस्थाका प्रवद्र्धक वीरबहादुर कट्वालले बताए । उनले अझ खेती विस्तार गर्ने बताउँदै यस क्षेत्रलाई केशर हेर्नकै लागि पर्यटक भित्र्याउन आफूहरु लागि परेको बताए ।

औषधीय गुण भएको केशर मसलाका रुपमा समेत प्रयोग गरिन्छ । यसको चिया, जुस र अन्य पेय पदार्थमा प्रयोग गर्न सकिने भएकाले बजारमा बिक्री गर्न समस्या रहेको छैन । केशरको व्यावसायिक विस्तारका लागि तालीम र अनुसन्धानमूलक कार्यक्रम किसानसम्म पुग्न जरुरी देखिएको छ । विशेष गरेर गर्भवती महिलालाई यसको सेवनले फलदायी हुने बताइएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies