Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

आईसीयू र भेन्टिलेटरमा बिरामीको संख्या बढ्दो

काठमाडौं। देशभर कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि आईसीयू र भेन्टिलेटरमा उपचाररत बिरामीको संख्या बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार ८३ जना भेन्टिलेटरमा र ३ सय ८० जना कोरोना संक्रमित आईसीयूमा उपचाररत छन् ।

आजको राजधानी दैनिकमा खबर छ - आईसीयूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बाग्मती प्रदेशमा १ सय ६९ जना छन् भने ४४ जना भेन्टिलेटरमा उपचाररत छन् । लुम्बिनी प्रदेशमा ६० जना आईसीयू र ६ जना भेन्टिलेटरमा, प्रदेश १ मा ४३ जना आईसीयू र १२ जना भेन्टिलेटरमा र प्रदेश २ मा आठ जना आईसीयू र दुई जना भेन्टिलेटरमा उपचाररत छन् । यस्तै सुदूरपश्चिममा ८ जना आईसीयू र २ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ८९ जना आईसीयू र १७ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ३ जना आईसीयूमा उपचाररत छन् ।

शुक्रबार काठमाडौं उपत्यकामा १ हजार ३ सय ३८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ३०, ललितपुरमा १ सय ८७ र भक्तपुरमा १ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोनाको आशंकामा हालसम्म १५ लाख १७ हजार ३४३ जनाको पीसीआर परीक्षण गरिएको छ । शुक्रबार देशभर २ हजार ९ सय ९ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । देशभर कोरोना संक्रमितको कुल संख्या १ लाख ८८ हजार ८ सय ८३ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभर ४ हजार ५ सय जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या हालसम्म १ लाख ५२ हजार ९ सय आठ पुगेको छ । देशभर ३४ हजार ९ सय ५ जना सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा १८ जना संक्रमितको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ हजार ७० पुगेको छ ।

शुक्रबारसम्म २८ हजार ९ सय ९३ जना होम आइसोलेसनमा रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै बाग्मती प्रदेशमा १८ हजार ४ सय ८६ जना होम आइसोलेसनमा छन् । यस्तै, प्रदेश १ मा ४ हजार ५ सय ७०, प्रदेश २ मा ९ सय ८६, लुम्बिनी प्रदेशमा २ हजार २ सय ९, सुदूरपश्चिम प्रदेशमा ७ सय २२, गण्डकी प्रदेशमा १ हजार ७ सय १० र कर्णाली प्रदेशमा ३ सय १० जना होम आइसोलेसनमा छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ९०५ जना रहेकामा काठमाडौंमा मात्रै १५ हजार १ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको तथ्यांक अनुसार हालसम्म काठमाडौंमा ६९ हजार ४७९ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ४५ हजार २१६ जना निको भएका छन् भने सक्रिय संक्रमितको संख्या १५ हजार १ रहेको छ । यस्तै काठमाडौंमा हालसम्म २ सय ६२ जनाको कोभिड–१९ संक्रमणबाट मृत्यु भएको छ ।

यस्तै, ललितपुरमा हालसम्म ९ हजार ८५० जनामा संक्रमण पुष्टि भएकामा ७ हजार ५५८ जना निको भएका छन् भने २ हजार २२६ जना सक्रिय संक्रमित रहेका छन् । ६६ जनाको मृत्यु भएको छ । यसैगरी भक्तपुरमा १ हजार २४२ जना सक्रिय संक्रमित रहेका छन् ।

हालसम्म भक्तपुरमा ६ हजार ३५३ जनामा संक्रमण पुष्टि भएको छ भने त्यसमध्ये ५ हजार ४२ जना निको भएका छन् । ६९ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार शुक्रबार मात्रै काठमाडौं उपत्यकामा ५७० महिला र ७६८ पुरुष गरी १ हजार ३९८ जनामा संक्रमण पुष्टि भएको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies