Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

कोरोना संक्रमित निजामती कर्मचारीलाई १४ दिन बिदा

काठमाडौं । सरकारले कोरोना संक्रमित निजामती कर्मचारीलाई बिदा दिने भएको छ । कोरोना संक्रमित भएपछि सामान्यतया १४ दिन आइसोलेसन (एकान्तबास) बस्नुपर्ने स्वास्थ्य सुरक्षाको मापदण्डअनुसार सरकारले १४ दिन नै बिदा दिन लागिएको हो ।

आजको नेपाल समाचार पत्र दैनिकमा खबर छ - मन्त्रिपरिषद्ले पारित गरेपछि कोरोना संक्रमित निजामती कर्मचारीलाई १४ दिन बिदा दिने प्रस्ताव कार्यान्वयनमा आउनेछ । सोसम्बन्धी प्रस्ताव संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वीकृतिका लागि हालै मन्त्रिपरिषद्मा पठाएको प्रवक्ता वसन्त अधिकारीले जानकारी दिए ।

कोरोना संक्रमित कर्मचारीहरुले कार्यालय प्रमुख वा सो सम्बन्धमा अख्तियार प्राप्त शाखा वा निकायबाट बिदा स्वीकृति गराउँदै आएका छन् । निजामती कर्मचारीले वर्षमा १२ दिन बिरामी बिदा पाउने प्रावधान रहेको छ । कोरोना संक्रमण भएको अवस्थामा सो बिदा अपुग रहेकाले बिदा थप गर्नुपर्ने कर्मचारीको मागअनुसार सो प्रस्ताव तयार गरिएको हो ।

कोरोना संक्रमित कर्मचारीहरु आइसोलेसनमा बसिसकेपछि महिनौं दिनसम्म रिपोर्ट नेगेटिभ नआएको भन्दै घर बिदामा बस्ने कर्मचारीको संख्या निकै रहेको छ । मन्त्रालयका अनुसार अहिले १ हजार ५ सयको हाराहारीमा निजामती कर्मचारी कोरोना भाइरसबाट संंक्रमित भइसकेका छन् ।

संघीय मामिलाका कर्मचारीका अनुसार कोरोना परीक्षण रिपोर्ट नआएको भन्दै घर बिदामा बस्ने कारणले मन्त्रालयको काम प्रभावित भएको गुनासो आउने गरेको छ ।

रिपोर्ट नेगेटिभ नआउँदासम्म बाहिरसमेत निस्किन नहुने स्वास्थ्यको मापदण्डअनुसार त्यस्ता कर्मचारीले कार्यालयमा जाने नहुने भएकाले थप बिदा दिनुपर्ने पनि कर्मचारीहरुको माग रहेको छ । पहिलो पटक रिपोर्ट पोजेटिभ देखिएसँगै नेगेटिभ आएको तीन दिनपछि मात्रै कार्यालयमा जाने अवस्थामा रहेकाले रिपोर्टका आधारमा बिदाको निर्णय गर्नुपर्ने कर्मचारीहरु बताउँछन् ।

कोरोना महामारीले गर्दा अहिले बढी भीडभाड हुने मालपोत कार्यालय, जिल्ला प्रशासन कार्यालय, राजस्व कार्यालयलगायतले आंशिक वा कामको प्रकृति र क्षेत्रअनुसार दिन तोकेर सेवा प्रवाह गर्दै आएको छ ।

तर अधिकांशं स्थानीय तह र सेवाको एकाइका रुपमा रहेको वडा कार्यालयहरु कतै आंशिकरुपमा खुल्ने त कतै स्वास्थ्य र विपद्को कामबाहेक अन्य सेवाहरुको प्रवाह बन्द गरिएको छ ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानीय तहहरुमा जनप्रतिनिधि र कर्मचारीहरु कोरोना संक्रमित भएका कारण सेवा प्रवाह राम्ररी हुन नसकेको पाइएको छ । यसअघि लकडाउनको अवधिमा कर्मचारीलाई सार्वजनिक बिदाको सुविधा दिने निर्णय मन्त्रिपरिषद्ले गरेको थियो ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies