Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

वडा कार्यालयले बनायो वडाध्यक्षका बाबुको सालिक

हेटौंडा । मकवानपुरको थाहा नगरपालिकाको ११ नं. वडा कार्यालयले वडाध्यक्षका बाबुको सालिक बनाएको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - थाहा नगरपालिका–११ नम्बरका वडाध्यक्ष किरणमान बलले वडा कार्यालयमा आफ्नो बुबा अष्टमानको सालिक निर्माण गरेका हुन् । थाहा नगर– ११ टिष्टुङ, नौखण्डेस्थित वडा कार्यालयअगाडि निर्माण गरिएको सालिकको अनावरण समेत गरिएको छ । थाहाको टिष्टुङ क्षेत्रको पहिचानका लागि पूर्व जनप्रतिनिधि समेत रहेका अष्टमानको योगदानको कदर गर्दै सालिक निर्माण गरिएको हो ।

थाहा ११ र १२ नम्बर वडा कार्यालयले संयुक्त रूपमा अष्टमानको सालिक निर्माणका लागि २८ कात्तिक २०७६ मा प्रस्ताव पेस गरेको थियो । प्रस्ताव पेस गरेको करिब एक वर्षमा ११ लाख लागतमा अष्टमानको अर्धकदको सालिक निर्माण गरिएको हो । अष्टमान जनपक्षीय प्रधानपञ्च तथा तत्कालीन टिष्टुङ गाउँ विकास समितिका अध्यक्ष समेत रहेको थाहा नगरपालिका प्रमुख लवशेर विष्टले बताए ।

१४ पुस २००२ मा जन्मिएका अष्टमान ०४३ देखि ०४६ सम्म तत्कालीन टिष्टुङ पञ्चायतको प्रधानपञ्च थिए । बहुदल स्थापनापछि ०४९ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेबाट गाविस अध्यक्षमा निर्वाचित उनी आठ वर्ष भारतीय सेनामा काम गरेर आएकाले गाउँमा ‘लाहुरे’ उपनामबाट परिचित थिए ।

स्पष्ट वक्ता, निडर स्वभाव, अत्याचारविरोधी र विकासको अभियानकर्मीका रूपमा उनले सामाजिक काममा आफूलाई संलग्न गराएको नगर प्रमुख विष्टले बताए । उनकै सक्रियतामा ०४३ सालमा तत्कालीन साना किसान विकास आयोजना कार्यक्रमअन्तर्गत गाउँमा कुटानी–पिसानीको मिल स्थापना भएको थियो । यस्ता विविध कालखण्डमा उनको योगदानको कदर गर्दै सालिक निर्माण गरेको विष्टको दाबी छ ।

सालिक अनावरण गर्दै सांसद विरोध खतिवडाले अष्टमानले दुर्गमको विकासमा अतुलनीय योगदान दिएको बताए  । उनले उनको सालिक निर्माण गर्ने समयमा उनकै छोरा वडाध्यक्ष हुनु संयोग मात्र भए पनि बुबाको योगदानलाई सम्झेर सबैको सहमतिमा निर्माण गरिएको दाबी गरे । टिष्टुङ क्षेत्रलाई हाल प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजनाहरू अघि सारिएको नगर प्रमुख विष्टको भनाइ छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies