Khabar Dabali Logo
  October 30, Fri

समुुदायमा कोरोना फैलदै गएपछि पठनपाठन स्थगित

प्युठान । प्युठानको नौबहिनी गाउँपालिकाले शिक्षण सिकाइका क्रियाकलाप स्थगन गरेको छ । समुदायमा कारोना भाइरसको सङ्क्रमण दर बढ्दै गएपछि नौबहिनीका विद्यालयका पठनपाठन कार्य स्थगन गरिएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७ ले विद्यार्थीको पुहँचको आधारमा वर्गीकरण गरी पठनपाठनको विकल्पहरु प्रदान गरेको छ । कुनै पनि वैकल्पिक शिक्षण सिकाइ माध्यमको पहुँचको अभावमा रहेका विद्यार्थीलाई विद्यालयमै पठनपाठन गरिरहेको भए पनि कोरोनाको जोमिख बढ्दै गएपछि पठनपाठन क्रियाकलाप स्थगन गरिएको पालिकाले जनाएको छ ।

विद्यालयमा शिक्षण सिकाइका अभ्यास भइरहेको अवस्थामा गाउँपालिकास्तरमा कोरोना सङ्क्रमण फैलिएपछि नौबहिनी गाउँपालिकास्तरीय विपद् व्यवस्थापन समितिको बैठकले आजदेखि विद्यालय बन्द गर्ने निर्णय गरेको हो । समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएपछि जोखिम न्यूनीकरणका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको नौबहिनी गाउँपालिकाका अध्यक्ष शिव रिजालले जानकारी दिए। नौबहिनी गाउँपालिकामा १५ सक्रिय कोरोना सङ्क्रमित रहेका छन् । उनका अनुसार सङ्क्रमितहरु यसअघि समुदायमा घुलमिल भएका व्यक्ति रहेकाले अवस्था जोखिम रहेको छ ।

जिल्लास्तरीय विपद् व्यवस्थापन समितिको अनुमति र निर्णयबिना धमाधम विद्यालयले पठनपाठन शुरु गरेका थिए । सरकारले वैकल्पिक शिक्षाबाट शिक्षण गराउन अनलाइन, रेडियो, टेलिभिजन, भिडियो, अडियो, नोट आदिबाट गराउन सकिने भनिए पनि प्रविधिमा विद्यार्थीको पहुँच कमी हुने भएका कारण नौबहिनीमा असोज १ गतेदेखि विद्यालयमै पठनपाठन शुरु गरिएको थियो ।

अशोज २५ गते, २०७७ - ०८:३५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोभिड अस्पतालमा लापरवाहीको कारण बिरामीको मृत्यु भएपछि आकस्मिक अनुगमन

धरान । विपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान, धरानले सञ्चालन गरेको कोभिड–१९ अस्पतालमा लापारवाही...   

बाघको आक्रमणबाट बच्न दिगो उपाय खोज्न प्रशासन र जनप्रतिनिधि अग्रसर

बर्दिया । मानव र वन्यजन्तु द्वन्द्वबाट हुने मानवीय क्षति न्यूनीकरणका लागि दिगो समाधानका उपाय खोज्न...   
प्रधानमन्त्रीसँग रअ प्रमुखले गरेको भेटवार्ताबारे विवरण सार्वजनिक गर्न पूर्व राजदूतको आग्रह

प्रधानमन्त्रीसँग रअ प्रमुखले गरेको भेटवार्ताबारे विवरण सार्वजनिक गर्न पूर्व राजदूतको आग्रह

कपिलवस्तु । नेपाली काँग्रेसका नेता एवं भारतका लागि पूर्व नेपाली राजदूत दीपकुमार उपाध्यायले प्रधानमन्त्री...   

सहकारीमार्फत तोकिएको मूल्यमा धान किन्दा किसानलाई राहत हुने

काठमाडौँ । सरकारले यसवर्ष समयमै धानको न्यूनतम् समर्थन मूल्य तोकेकाले किसानलाई राहत हुने भएको छ । सरकारले...   

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ सय नाघ्यो, १ लाख २४ हजार ८६२ निकाे भए

काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ९ सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या...   

काठमाडौं उपत्यकामा मात्रै १६१५ संक्रमित थपिए

काठमाडौं । बिहिबार काठमाडौं उपत्यकामा १६१५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा...   

बिहिबार थप २ हजार ३६४ जनामा कोरोना पुष्टि, ३ हजार ३८ जना निको भए

काठमाडौँ । पछिल्लो २४ घण्टामा बिहीबार थप २ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा...   

भारतको देहरादूनमा कुटिएका नेपालीको उद्धार गर्न कांग्रेसको आग्रह

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भारतको देहरादूनमा अध्ययनरत नेपाली विद्यार्थी...   

नेपालगञ्जमा २९ लाखसहित १० जना जुवाडे पक्राउ

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले गएराति नेपालगञ्जमा जुवाको खालमा छापा मारी रु २९ लाखसहित १०...   

राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण आजदेखि शुरु

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले आजदेखि प्रशिक्षण शुरु गर्दैछ । बङ्गलादेशसँगको मैत्रीपूर्ण...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top