Khabar Dabali Logo
  October 23, Fri

पर्याप्त सुरक्षाकर्मी नहुँदा बालसुधारगृहमा सुरक्षा चुनौती थपिँदै

विरगञ्ज । पर्याप्त सुरक्षाकर्मी नहुँदा बाल सुधार गृहमा सुरक्षा चुनौती र कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएको छ । वीरगञ्ज महानगरपालिका–४ बिर्तास्थित सवा कट्ठा जग्गामा २०७५ सालमा स्थापना भएको बाल सुधार गृहमा अहिले कोठाको अभाव रहेका छन् । कोठा अभावका कारण एउटै कोठामा सातदेखि आठजना नाबालक बस्ने गरेकाले कोरोना सङ्क्रमण जोखिमको सम्भावना बढेर गएको कार्यालय प्रमुख टीकाकृष्ण काफ्लेले राससलाई बताए ।

उनले व्यापक सुरक्षा र कोठाको अभावमा नाबालक थुनुवाहरु छतबाट हामफालेर भाग्ने समस्या एकातिर रहेको छ भने अर्कोतिर एउटै कोठामा धेरै बालक बस्ने गरेकाले कोरोनाको उच्च जोखिम पनि बढेर गएको बताए । कानूनी विवादमा परी १० वर्षभन्दा बढी र १८ वर्ष मुनिका ४४ जना बाल अभियुक्त सो गृहमा छन् । त्यसमध्ये अधिकांश ज्यान मुद्दा, सवारी ज्यान मुद्दा, जबर्जस्ती करणी, लागुऔषध, चोरी, डकैतीजस्ता जघन्य मुद्दाका बाल अपराधी पुर्पक्षका लागि थुनामा छन् ।

सोही गृहमा एसिड काण्डका अभियुक्त पनि रहेका छन । विसं २०७६ भदौ २० गते वीरगञ्जको बिर्तास्थित गणेशमान चौक नजीक दुई नाबालकले विद्यालय गइरहेको अवस्थामा मुस्कान खातुनको मुहारमा तेजाब प्रहार गरेको थियो ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अध्यादेशमार्फत एसिड प्रहार गर्नेलाई २० वर्षसम्मको कैद सजाय हुने गरी अध्यादेश ल्याएको छ । सो गृहमा पुस्तकालय बाहेक अन्य सुविधा नभए पनि पढ्न चाहने बाल अपराधीलाई भने पढाइ, पुस्तकको व्यवस्था तथा परीक्षा दिने व्यवस्थासमेत सुधार गृह प्रशासनले गर्दै आएको छ । यसैबीच, एडभोकेसी फोरम नेपाल प्रदेश नं २ जनकपुरधामले बाल सुधार गृहमा कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि रु एक लाख २० हजार मूल्य बराबरको विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

प्रदेश नं २ का संयोजक राजकुमार महासेठले बालसुधारगृह भनेको एक किसिमको कारागार नै हो जुन राज्यको नियन्त्रणमा रहेको छ । उक्त सामग्रीबाट सुधारगृहमा रहेका बालकलाई कोरोना सङ्क्रमित हुनबाट जोगाउने छन् भन्ने विश्वास व्यक्त गरे ।

अशोज २० गते, २०७७ - १४:१५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पेट्रोलमा मिसावट गरेको पाइएपछि वीरेन्द्रनगरस्थित एक पेट्रोल पम्प सिल

कर्णाली । पेट्रोलमा डिजेल मिसावट गरी बिक्री गरेको पाइएपछि वीरेन्द्रनगरस्थित एक पम्प सिल गरिएको छ...   

बेवारिसे सालको काठ बरामद

स्याङ्जा । चापाकोट नगरपालिका १ खोलेगाउँस्थित भित्री सडकको जंगलमा बेवारिसे अवस्थामा भेटिएको सालको...   

मृत्यु संस्कारका लागि सामुदायिक वनले दाउरा व्यवस्थापन गर्ने

टिकापुर । कैलालीको टीकापुरका सञ्जय विकका बुवाको गत साउन २५ गते निधन भयो । बुवाको निधनपछि मृत्यु संस्कारका...   

नागरिकको भीड बढ्न थालेपछि शक्तिपीठ र मन्दिरलाई निषेधित क्षेत्र घोषणा

डोटी । जिल्ला प्रशासन कार्यालय डोटीले जिल्लाका शक्तिपीठ र मन्दिरहरुलाई निषेधित क्षेत्र घोषणा गरेको...   

बिमका पहिरोपीडितको पुनःस्थापनाका लागि जग्गा व्यवस्थापन

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ बिमका पहिरोपीडितको पुनःस्थापनाका लागि जग्गा व्यवस्थापन...   

अलपत्र अवस्थामा रहेका ११ बालबालिकाको उद्धार

सिमकोट । काठमाडौंको एक बालगृहमा अलपत्र अवस्थामा रहेका ११ बालबालिकालाई उद्धार गरिएको छ । काठमाडौंको...   

मोटरसाइकलको ठक्करबाट ६९ वर्षीया थारुको मृत्यु

राँझा । बाँकेको राप्तीसोनारी गाउँपालिकामा आज अपराह्न मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको...   

भियतनाममा बाढीबाट ९० जनाको मृत्यु

हनोइ । गएको कम्तीमा पनि दुई हप्तायतादेखि भियतनाममा जारी रहेको बाढी र पहिरोका कारण कम्तीमा पनि ९० जनाको...   

चीनको अर्थतन्त्रमा तिब्र सुधार, कोरोनाभाइरस नियन्त्रणमा उल्लेखनीय सफलता

बेइजिङ । विश्वकै दोस्रो ठूलो अर्थतन्त्र रहेको चीनमा कोरोनाभाइरस महामारी नियन्त्रणमा उल्लेखनीय सफलता...   

विश्वमा कोरोना सङक्रमितको संख्या करिब ४ करोड, ११ लाख १३ हजारको मृत्यु

वासिङ्टन । विश्व कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या करिब चार करोड पुगेको जोन्स हप्किन्स विश्वविद्यालयले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top