Ntc summer Offer
Khabar Dabali २० बैशाख २०८१ बिहीबार | 2nd May, 2024 Thu
NIMB

बलात्कारको डरलाग्दो श्रृंखला

लहान । साथीसँग खेलिरहेकी पाँच वर्षीया बालिकालाई छिमेकी एक किशोरले बोलाए । चिनजानकै दाइले माया गरेर बोलाएपछि ती बालिका चकलेट पाइने आशा राखेर गइन् ।

आजको नागरिक दैनिकमा खबर छ - तर उनलाई के थाहा १७ वर्षीय छिमेकी दाइले आफूलाई बलात्कार गर्लान् भन्ने । तिनै छिमेकी दाइ उनका लागि राक्षस बने । आमा खेतमा गएका बेला अबोध बालिका आफ्नै घरमा बलात्कृत भइन् ।

यो घटना साउन ४ गते दिउँसो सिरहा नगरपालिका-१९ सन्हैठाको सोहर्वा टोलमा भएको हो । खेतबाट आएकी आमा घरभित्रै छोरीलाई रक्ताम्य देखेपछि आत्तिइन् । छोरी पीडाले सहन नसकेर छटपटाइरहेकी थिइन् ।

उनी हतारहतार छोरीलाई लिएर जिल्ला अस्पताल सिरहा पुगिन् । त्यहाँ डाक्टर नभेटेपछि उनी लहान अस्पताल गइन् । प्रारम्भिक उपचारकै क्रममा इलाका प्रहरी कार्यालय लहानका प्रहरीसमक्ष पीडित बालिकाले घटनाको बयान गरिन् ।

लहान अस्पतालमा पर्याप्त उपचार सम्भव नभएपछि बालिकालाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगियो । धरानमा करिब दुई साता उपचारपछि बालिका घर त फर्किन् तर पीडा कम भएन ।

नयाँ मान्छे देख्दा डराउने, छिनछिनमा मुर्छा पर्ने, गुप्तांग दुख्नेलगायत समस्या निको नभएपछि परिवारले फेरि उपचारका लागि जिल्ला अस्पताल सिरहा लगे। त्यहाँ करिब एक साता उपचार गरेपछि पनि बालिकाको स्वास्थ्यमा सुधार आएन । उनलाई थप उपचारका लागि काठमाडौं लग्नुपर्ने भयो । आर्थिक अवस्था कमजोर भएको परिवारका लागि यो सम्भव थिएन। परिवारले उनलाई घरमै राख्योे ।

घटना प्रहरीमा दर्ता भए पनि आरोपित पक्राउ परेका थिएनन् । पीडित परिवारलाई घटना मिलाउन दबाब आउन थाल्यो । उपचारको सम्पूणर् बन्दोबस्ती गर्ने र थप रकम दिने भनेर पीडितलाई बयान फेर्न दाबाब दिइयो । स्थानीय दिलीप सहनीले एम्बुलेन्स खर्चदेखि बाटो खर्चसम्मको बन्दोबस्त मिलाएर भदौ १५ गते थप उपचारका लागि ती बालिकालाई काठमाडौं पठाए । सहनी भन्छन्, ‘बालिकाको घाउ निको हुँदै गए पनि डराउने, मुर्छा पर्ने समस्या भने कम भएको छैन ।’

ओरेक नेपाल सिरहाकी देवकुमारी महरा भन्छिन्, ‘ओरेक नेपाल केन्द्रीय कार्यालयले पीडित बालिकाको सम्पूणर् उपचारखर्च बेहोर्दैछ । अहिले सेफ हाउसमा सुरक्षित बालिकाको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको छ । तर मानसिक स्वास्थ्यमा परेको गम्भीर असर अझै हटेको छैन ।’ आरोपित किशोरको घरको ढोकामा घटना भएदेखि नै ताला झुन्डिएको छ । आरोपितसहित परिवारका सबै सदस्य फरार छन् ।

असोज २ गते कर्जन्हा नगरपालिका-३ मा १९ वर्षीया युवती चिनजानकै पुरुषबाट बलात्कृत भइन् । रातमा सबै सुतिरहेको मौकामा घरमा पसेर छिमेककै २५ वर्षीय युवकले बलात्कार गरे । किशोरी चिच्याउन थालेपछि मुखमा कपडा कोचेर राक्षसी व्यवहार गरियो। आरोपित फरार छन् । पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा जाहेरी दर्ता गराएको छ ।

डिएसपी सन्तुलाल जयसवालका अनुसार प्रहरी अनुसन्धान र पीडितको बयानका आधारमा घटना यथार्थ हो । ‘आरोपित फरार छन्,’ डिएसपी जयसवालले भने, ‘खोजतलास जारी छ ।’ विवाहित ती युवती माइतमा बसेका बेला बलात्कृत भएकी हुन् । पीडक पक्षले किशोरीका माइती पक्षलाई प्रभावमा पारेर बयान बदल्न दबाब दिइरहेको स्थानीय बताउँछन् ।

भदौ १ गते धनुषाधाम-९ सय बिघास्थित दिदीको घरमा बिहे भोज खाएर सबैला नगरपालिका-१२ रघुनाथपुरस्थित घर फर्किरहेकी किशोरीलाई सामूहिक बलात्कार गरियो । आठ जना युवकले आफूलाई बन्धक बनाएको र त्यसमध्ये चारजनाले बलात्कार गरेको बयान किशोरीले प्रहरीमा दिएकी छन् ।

बालात्कारीले भिडियो समेत खिचेको र कसैलाई बताए फेसबुकमा सार्वजनिक गरिदिने धम्कीसमेत दिएको पीडितले बताएकी छन् । प्रहरीले घटनामा संलग्न दुईजनालाई पक्राउ गरे पनि बाँकी फरार छन् । पीडकका अभिभावकले पीडितलाई बयान फेर्न निरन्तर दबाब दिइरहेका छन् ।

यस्तै असोज १३ गते राति करिब ८ बजे महोत्तरीको भंगहा नगरपालिका-९ बस्ने ३५ वर्षीया महिला वडासचिवबाटै बलात्कृत भइन् । हटियाबाट घर फर्किरहेकी ती महिला मुसहरी टोलकै सडकमा बलात्कृत भएकी थिइन् । घटनाबारे प्रहरीमा जाहेरी नगर्न दबाबा आए पनि ती पीडितले मानिनन् ।

राति नै प्रहरीलाई घटनाबारे जानकारी गराउँदै उनी निसाफका लागि अघि बढिन् । प्रहरीले जाहेरीका आधारमा वडासचिव सोही गाउँका ५१ वर्षीय मिथलेश यादवलाई पक्राउ गर्‍यो । प्रहरीले महिलाको स्वास्थ्य परीक्षण गराएर अनुसन्धान थालेको छ ।

पीडकविरुद्ध जबरजस्ती करणी कसुरमा मुद्दा दर्ता गरी १० दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत महोत्तरीबाट म्याद लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक केदार बस्नेतले बताए ।

बलात्कारका परेका उल्लिखित सबै दलित समुदायका हुन् । कमजोर आर्थिक अवस्था भएका उनीहरुको राजनीतिक र सामाजिक हैसियत पनि कमजोर नै छ । आर्थिक, सामाजिक र राजनीतिक रुपमा कमजोर यी पीडितले निसाफका लागि कानुनी पाइला अघि बढाए पनि उनीहरूलाई बयान फेर्न र समाजमै मिल्न दबाब दिने क्रम भने रोकिएको छैन ।

यी पीडितलाई परिवार र समाजमा पुनस्र्थापित हुन सजिलो छैन । समाजले पीडितलाई नै दोषी देख्छ । एक दशकयता बलात्कार पीडितका लागि काम गरिरहेकी महिला अधिकारकर्मी देवकुमारी महराका अनुसार बलात्कृत महिलाले चाहेर पनि पीडा भुल्न सक्दैनन् ।

प्रहरी र वकिललाई घटनाको बयान दिनुपर्छ। न्यायाधीशलाई त्यसबारे जवाफ दिनुपर्छ । विपक्षी वकिलले सोध्ने ‘असंवेदनशील’ प्रश्नको जवाफ दिँदा पीडितले पटकपटक बलात्कृत भएको महसुस गर्नुपर्छ ।

‘मनोपरामर्श वा उपचारपछि पनि पीडितमा घटनाको छाप कुनै न कुनै रूपमा बाँकी नै रहन्छ,’ लैंगिक विज्ञ सुनीलकुमार साह भन्छन्, ‘परिवार, आफन्त र समाजको मायाले मात्र उनीहरूको पीडा कम हुन्छ । तर प्रायः पीडितले समाजको साथ पाउँदैनन् ।

पीडितलाई हेर्ने समाजको दृष्टिकोण परिवर्तन नभएसम्म उसले सामाजिक न्यायको अनुभूति पनि गर्न सक्दैन । यस्ता कतिपय घटनालाई परिवार, समाजमै दबाइन्छ, मिलाइन्छ । मुद्दा चलाए पनि फैसला चाँडै हुँदैन । फैसला भएर पीडक जेलमा पुगे पनि पीडितलाई समाजले स्वीकार गर्दैन ।’

प्रदेश २ प्रहरी कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७४-०७५ मा यस प्रदेशका आठ जिल्लामा एक सय ७० वटा बलात्कारका मुद्दा दर्ता भएका छन् । त्यस्तै २०७५-०७६ मा दुई सय ९६ र २०७६-०७७ मा दुई सय ८५ वटा बलात्कारका मुद्दा दर्ता भएका छन् । चालु आव २०७७-०७८ को हालसम्म ७६ वटा बालात्कार मुद्दा दर्ता भएको तथ्यांक प्रहरीसँग छ । त्रिवर्षीय तथ्यांक केलाउँदा सबैभन्दा बढी बलात्कारका घटना साउन र भदौमा भएको देखिन्छ ।

प्रदेश २ प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता कृष्ण प्रसाईले अधिक बलात्कारका घटना चिनजानकै मानिसबाट भएको बताए । सामाजिक सञ्जालको दुरुपयोग हुँदा पनि बालात्कारका घटना बढेको अध्ययनले देखाएको छ । बलात्कृतमध्ये करिब ६० प्रतिशत २० देखि २५ वर्ष उमेरमुनिका छन् । त्यसमा पनि ११ देखि १५ वर्ष उमेरबीचका धेरै छन् । बलात्कृत हुनेमा आर्थिक अवस्था कमजोर भएका, निमुखा र दलित समुदायका बढी छन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies