Khabar Dabali Logo
  October 26, Mon

साराङघाटको क्रसर उद्योग बन्द गर्न निर्देशन

तनहुँ । जिल्ला समन्वय समिति तनहुँले अवैध गिटी क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको छ । जिल्लाको बन्दिपुर गाउँपालिका–६ सराङघाटमा सञ्चालन हुँदै आएको नमूना ग्रिड एण्ड क्रसर उद्योग बन्द गर्न समितिले निर्देशन दिएको हो ।

जिल्ला समन्वय समितिले यस अघि बन्द गर्न निर्देशन दिएपनि अटेर गरी सञ्चालन गर्दै आएकोले बन्द गर्न निर्देशन दिएको हो । समितिका प्रमुख शान्तिरमण वाग्लेको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । उद्योगले गण्डकी प्रदेशले जारी गरेको कार्यविधिको व्यवस्था अनुसार वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृति नलिई उद्योग सञ्चालन गरेको भन्दै बन्द गर्न निर्देशन दिएको हो । बन्दीपुर गाउँपालिकाबाट उद्योगसम्बन्धी विवरण माग गरिएपनि त्यसमा वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृत भएको पत्र प्राप्त नभएको भन्दै शर्त पुरा नहुँदासम्मका लागि उद्योग सञ्चालनमा रोक लगाउन बन्दीपुर गाउँपालिकालाई पत्र पठाउने निर्णय गरेको छ ।

त्यसैगरी उक्त समितिले व्यास नगरपालिका क्षेत्रभित्रका मादी नदीका विभिन्न ठाउँबाट ठेक्कापट्टा नहुँदै ढुङ्गा, गिटी, बालुवा उत्खनन्, सङ्कलन तथा ओसारपसार कार्य तीब्र भएको भन्दै उत्खननलाई बन्द गर्न निर्देशन दिएको छ ।

आवश्यक प्रक्रिया पुरा नगरिकन उत्खनन् भएको देखिएकोले तत्काल रोक्न व्यास नगरपालिकामा लेखी पठाउने निर्णय गरिएको पनि उल्लेख गरेको छ । बैठकले मादी नदी नियन्त्रणका लागि जलश्रोत तथा सिञ्चाई विकास डिभिजन कार्यालयलाई व्यास नगरपालिकाको सिफारिस पाएपछि काम अघि बढाउन दिने निर्णय गरेको छ ।

अशोज १७ गते, २०७७ - ०९:५४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोरोनाबाट संक्रमित भएका अध्यक्ष थापा अस्पतालबाट डिस्चार्ज

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा आज चाबहिलस्थित ॐ अस्पतालबाट डिस्चार्ज...   

यती एअरलाइन्सको दशैँ अफर, एक जोडीलाई दुईतर्फी फ्रि टिकट

काठमाडौं । यती एयरलाइन्सले बडादशैँको अवसरमा आफ्ना यात्रुका लागि आकर्षक अफर ल्याएको छ । एयरलाइन्सको...   

दशैँको भीडले थप सङ्क्रमणको जोखिम

महोत्तरी । बडादशैं पर्वमा जताततै मेला र उत्सवसँगै मिथिलाक्षेत्रमा देखिने भीडभाडले कोभिड–१९ सङ्क्रमणको...   

खर्च व्यहोर्न नसक्ने कोरोना सङ्क्रमितको उपचार निःशुल्क गर्न मन्त्रालयको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपचार खर्च व्यहोर्न नसक्ने कोभिड–१९ सङ्क्रमितको...   

प्रेमिका विवादमा भारतीय नागरिकको हत्या

भक्तपुर । भक्तपुर नगरपालिका १ ईँटापाकोस्थित मेटल कारखानामा कार्यरत ३५ वर्षीय भारतीय नागरिक शाहीव...   

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ सय ४७ पुग्यो

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या...   

थप २ हजार ८५६ मा कोरोना संक्रमण, ३ हजार ३ सय ३६ डिस्चार्ज

काठमाडौँ । पछिल्लो २४ घन्टामा नेपालमा थप २ हजार ८ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य...   

कांग्रेसले यस वर्ष चियापान समारोह नगर्ने

काठमाडौं । नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमामा आयोजना गरिँदै आएको चियापान तथा शुभकामना...   

प्रशासनको निर्देशनलाई अटेर गर्दै क्रसर उद्योग पुनःसञ्चालन

सर्लाही । जिल्ला प्रशासन कार्यालयले दिएको निर्देशनलाई अटेर गर्दै क्रसर उद्योग पुनःसञ्चालन भएको छ...   

विश्वमा कोरोना सङक्रमितको संख्या चार करोड २९ लाख नाघ्यो

वासिङ्टन । विश्वमा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या चार करोड २९ लाख नाघेको जोन्स हप्किन्स...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top