Khabar Dabali Logo
  October 24, Sat

सम्झनाका हत्या अभियुक्त सार्वजनिक : प्रमाण बोले पनि आरोपित बोलेनन्

आरोपितका बुवा वीरबहादुरले आफ्ना छोराले अपराध गरेको भए फाँसीको सजाय दिन सकिने भए पनि दिनुपर्ने बताए ।

बझाङ । बझाङ प्रहरीले सम्झना कामीका हत्या आरोपीलाई सार्वजनिक गरेको छ । सम्झनाकोे हत्या आरोपमा प्रहरीले २० वर्षीय राजेन्द्र बोहरालाई आज सार्वजनिक गरेको हो ।

यही असोज ७ गते मष्टा गाउँपालिका –२ खिकालाकी १२ वर्षीया कामीको हत्या भएको थियो । गोठमा गाईवस्तुलाई घाँस हाल्न हिँडेकी कामीको शव स्थानीय शिव मन्दिरभित्र अर्धनग्नावस्थामा फेला परेको थियो । अभियुक्त बोहराविरुद्ध अर्की एक बालिकामाथि पनि जबर्जस्ती करणी गरेको जाहेरी परेको छ । सोही ठाउँकी १३ वर्षीयालाई जबर्जस्ती करणी गरेको जाहेरी परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयले आज गरेको पत्रकार सम्मेलनमा प्रहरी नायब उपरीक्षक रुपक खड्काले बोहराले बलात्कारपछि हत्या गरेको सबै प्रमाण रहेको जिकिर गरे । अभियुक्त बोहराले भने सो विषयमा मुख खोलेका छैनन् । आरोपितका बुवा वीरबहादुरले आफ्ना छोराले अपराध गरेको भए फाँसीको सजाय दिन सकिने भए पनि दिनुपर्ने बताए ।

अशोज १३ गते, २०७७ - २०:४९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अर्थमन्त्री पौडेलका प्रेस सल्लाहकारमा केसी

अर्थमन्त्री पौडेलका प्रेस सल्लाहकारमा केसी

काठमाडौ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलका प्रेस सल्लाहकारमा पत्रकार भुवन केसी नियुक्त भएको छन्...   

तीन लाख नक्कली नोटसहित एक जना पक्राउ

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले रु तीन लाख २१ हजार नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ ।...   

गुह्येश्वरी गर्भगृहको दुई किलो सुन गायब !

काठमाडौं । गुह्येश्वरी मन्दिरमा १७३.५ तोला सुन अनियमितता भएको तथ्य फेला परेको छ । पशुपति क्षेत्र विकास...   

फूलपाती भित्र्याउने पर्व स्थगित

मकवानपुर । कोरोना सङ्क्रमण फैलिएसँगै वागमती प्रदेशको राजधानी हेटौँडामा फूलपाती भित्र्याउने कार्य...   
उपराष्ट्रपति पुनद्वारा चाडपर्व खर्च कोरोना उपचार कोषमा प्रदान

उपराष्ट्रपति पुनद्वारा चाडपर्व खर्च कोरोना उपचार कोषमा प्रदान

काठमाडाै‌ । उपराष्ट्रपति नन्दबहादुर पुनले चाडपर्व खर्चवापत आफूलाई प्राप्त रकम ‘कोरोना भाइरस संक्रमण...   

प्रदेश २ सरकारले कोरोनाको उपचार निःशुल्क गर्ने

धनुषा । प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले कोरोना महामारीको उपचार प्रदेश २ का सरकारले...   
सात महिनापछि नेपाल एयरलाइन्सको ताप्लेजुङ उडान

सात महिनापछि नेपाल एयरलाइन्सको ताप्लेजुङ उडान

फुङ्लिङ । ताप्लेजुङको विमानस्थल सुकेटारमा नेपाल एयरलाइन्सले सात महिनापछि पहिलो पटक आजदेखि उडान...   

मानव तस्करमा परेका २४ जनालाई उद्धार

काठमाडाै‌ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण शाखाले...   

विश्वमा कोरोना सङक्रमितको संख्या चार करोड नाघ्यो

वासिङ्टन । विश्वमा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या चार करोड नाघेको जोन्स हप्किन्स विश्व...   
अफगानिस्तानको जलालावादमा भागदौडमा परी १२ जना महिलाको मृत्यु

अफगानिस्तानको जलालावादमा भागदौडमा परी १२ जना महिलाको मृत्यु

जलालावाद । अफगानिस्तानको जलालावादमा आज अपरान्ह भएको भागदौडमा परेर कम्तीमा पनि बाह्र जना महिलाको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top