Khabar Dabali Logo
  October 22, Thu

महामारीकोविरूद्ध ‘एकजुट’ हुनुपर्नेमा भेनेजुएला, क्युवाद्वारा जोड

संयुक्त राष्ट्रसंघ । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले सोमबार संयुक्त राष्ट्रसंघको महासभाको सम्बोधनमा विश्व कोरोनाभाइरस महामारीकोविरूद्ध ‘एकजुट’ हुनुपर्नेमा जोड दिए।

संयुक्त राष्ट्रसंघका अन्वेषकहरूले मानवतासम्बन्धी अपराधको अभियोग लगाएका मदुरोले भिडियोमा रेकर्डमार्फत् पठाइएको सम्वोधनमा ‘आधिपत्य’ र ‘साम्राज्यवादी विचार’ विरुद्ध लड्न पनि उक्त अवसरमा आग्रह गरे ।

उहाँले विश्वको स्वास्थ्य संगठनमा हस्तक्षेप अस्वीकार्य भन्दै कुनै देशको स्पष्ट नाम नदिई भन्नुभयो, “भेनेजुएलाले बहुपक्षीय विश्वलाई समर्थन गर्छ र अन्तर्राष्ट्रिय कानून लागू गर्ने र विश्वको जनतालाई कसरी जोगाउने व्यवस्था गर्ने भन्ने नयाँ राष्ट्रसंघीय प्रणालीको समर्थन गर्छ ।”

“यो अपमान गर्ने, डब्ल्यूएचओलाई धम्की दिने समय होइन, अब यसको पक्षमा एकजुट हुने समय आएको छ,“ उनले भने ।

“विश्वले ७५ वर्ष अघि फासिवादलाई पराजित गरेको थियो । साम्राज्यवादी विचारको पक्षमा वर्चस्व खोज्नेहरुविरूद्ध पनि विश्वले जित्नेछ, र यो नव–फासीवादलाई हराउन सक्षम हुनेछ,” मदुरोले सम्बोधनमा भने । भेनेजुयलाको निर्वाचनमा विपक्षी समूहलाई सहभागिता नगराएको र निर्वाचन आफ्नो पक्षमा पार्न व्यापक धाँधली गरेको दावी गर्दै मदुरोलाई राष्ट्रपतिका रूपमा अमेरिका लगायत विश्वका करिब ५० मुलुकहरूले वैधानिकता दिएका छैनन् ।

मदुरो बुधवार संयुक्त राष्ट्रसंघको वार्षिक साधारण सभामा अर्को सम्वोधन गर्नेछन्। मदुरोले सन् २०१८ पछि महासभामा भौतिक रूपमा उपस्थित भएका थिएनन्।

क्युवाका विदेश मन्त्री ब्रुनो रोड्रिग्ज पर्रिलाले पनि आफ्नो सम्वोधनमा संयुक्त राष्ट्रसंघको ७५ औं सभामा बहुपक्षीयता र अन्तर्राष्ट्रिय कानूनलाई सबैभन्दा ठूलो विश्वव्यापी शक्तिले खतरामा पारेको बताए।

“संयुक्त राज्य अमेरिकाको गैरजिम्मेवारपूर्ण व्यवहार अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि सबैभन्दा ठूलो खतरा हो,” उनले भने।

“यस्तो देखिन्छ कि ९अमेरिका० यस ग्रह र यसका बासिन्दाहरूसँग युद्धमा छ,” रोड्रिग्ज पर्रिलाले क्युवामा वाशिंगटनले लगाएको “आर्थिक, व्यावसायिक र वित्तीय नाकाबन्दी” को विरोध गरे ।

अशोज ६ गते, २०७७ - १४:१३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपराष्ट्रपति पुनद्वारा चाडपर्व खर्च कोरोना उपचार कोषमा

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले चाडपर्व खर्चवापत आफूलाई प्राप्त रकम ‘कोरोना भाइरस संक्रमण...   

प्रदेश २ सरकारले कोरोनाको उपचार निःशुल्क गर्ने

धनुषा । प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले कोरोना महामारीको उपचार प्रदेश २ का सरकारले...   

काठमाडौं उपत्यकामा मात्रै ३ हजार १०७ जनामा कोरोना, मृत्यु हुनेको संख्या ७९१ पुग्यो

काठमाडौं । बुधबार काठमाडौ उपत्यकामा मात्रै ३ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य...   

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक, मंसिर ९ देखि हुने

काठमाडौं । कोरोना भाइरसका कारण सरेको कक्षा १२ को परीक्षा आगामी मंसिर ९ गतेदेखि हुने भएको छ। राष्ट्रिय...   

देशभर सक्रिय संक्रमितको संख्या ४४ हजार ४७६ नाघ्यो, निको हुनेको संख्या एक लाख नजिक

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा थप ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो संख्या अहिलेसम्मकै...   

बुधबार थपिए अहिलेसम्मकै धेरै कोरोना संक्रमित, २६ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा थप ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो संख्या अहिलेसम्मकै...   

अनिश्चितकालका लागि हुम्ला जिल्ला अस्पताल बन्द

हुम्ला । जिल्ला अस्पताल हुम्लाका एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला अस्पताल...   

नेप्सेमा दोहोरो अङ्कको वृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक...   

ललितपुरका चार हजार बढीले राहत बुझे

ललितपुर । कोरोना महामारीले दिनानुदिन उत्पन्न गरेको भयाभह अवस्थामा दक्षिण ललितपुरका चार हजार बढीले...   
गृह मन्त्रालयकाे नाम लिएर भ्रामक सूचना प्रवाह भएपछि दूरसञ्चारले दियाे कारवाहीकाे चेतावनी

गृह मन्त्रालयकाे नाम लिएर भ्रामक सूचना प्रवाह भएपछि दूरसञ्चारले दियाे कारवाहीकाे चेतावनी

काठमाडौँ । मोबाइल सेवा प्रदायक कम्पनीको नेटवर्क प्रयोग गरेर गलत तथा भ्रामक सन्देश ग्राहकलाई सम्प्रेषण...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top