Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

कोरोना सङ्क्रमित महिलाको शव उठेन

सप्तरी । कोरोना सङ्क्रमणबाट आइतबार दिउँसो मृत्यु भएकी सप्तरीको विष्णुपुर गाउँपालिका–३ की ६२ वर्षीया महिलाको शव अझै उठ्न सकेको छैन ।

रुघाखोकी र ज्वरो लागेपछि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल भर्ना भएकी महिलाको आइतबार दिउँसो सङ्क्रमण रिपोर्ट पोजेटिभ आएको केही घण्टामा नै मृत्यु भएको थियो ।

सम्बन्धित स्थानीय तहले शव लैजान नसक्दा रातभरि शव आइसोलेशन केन्द्रमा नै रहेको कोभिड–१९ व्यवस्थापन संयोजकसमेत रहेका गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा रणजीतकुमार झाले बताए ।

शुक्रबार अस्पताल भर्ना भएकी महिलाको आइतबार रिपोर्ट पोजेटिभ आएपछि आइसोलेशन केन्द्र पुर्याएलगत्तै साँझ ५ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । शव व्यवस्थापन नहुँदा मृतकका परिवारका सदस्य र गाउँले अस्पताल परिसरमा बसेका छन् । उनीहरुले व्यवस्थापन गर्न नसक्ने भए शव जिम्मा दिन माग गरेका छन् ।

कोभिड– १९ का कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन कार्यविधि– २०७६ मा शवलाई चाँँडोभन्दा चाँडो अन्तिम संस्कार गर्ने स्थलमा पुर्याउनुपर्ने उल्लेख छ । कोरोना सङ्क्रमितको मृत्यु भएमा नेपाली सेनाले सम्बन्धित स्थानीय तहको भौतिक सहयोगमा व्यवस्थापन गर्दै आएको छ । यसअघि मृत्यु भएका शवको व्यवस्थापन अन्य स्थानीय तहमा नगर्न दबाब दिँदै स्थानीय तहका प्रमुखले आआफ्नो स्थानीय तहमा गर्नुपर्ने भन्दै आवाज उठाएपछि शवको व्यवस्थापन आफ्नै पालिका क्षेत्रमा गरिँदै आएको छ ।

शव व्यवस्थापनका लागि खाल्डो खन्न आवश्यकपर्ने गाउँपालिकाको जेसिभी सर्भिसिङमा भएकाले शव व्यवस्थापन गर्न समस्या भएको विष्णुपुर गाउँपालिकाका अध्यक्ष लीलाम्बर यादवले बताए । अन्य स्थानीय तहसँग माग्दा पनि जेसिभी उपलब्ध नभएकाले आज शव व्यवस्थापनको प्रयास भइरहेको बताएका अध्यक्ष यादवले मृतककै गाउँ मुसहरनियामा शव व्यवस्थापन गरिने जानकारी दिए ।

सप्तरीमा योसँगै मृत्यु हुनेको सङ्ख्या दुई महिलासहित १० जना पुगेको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies