Khabar Dabali Logo
  September 27, Sun

अस्पतालमा दुई महिनादेखि बन्धक दम्पती मुक्त, झुपडीमा फर्कियो खुसी 

सप्तरी । लड्न आँटेको फुसको जीर्ण झुप्रो । झुप्रोमा न ढोका न खाट । हप्तौँदेखि चुलो नबलेको भान्सा । चारैतिर झार ढपक्क उम्रेको र आँगनमा घास भरिभराऊ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ – कसैको घरको अवस्था यसभन्दा कहालीलाग्दो सायदै हुन्छ । तैपनि घर पुग्दा शिवचन्द्र सदा र उनकी पत्नी मिलियादेवीको मुहारमा खुसी थियो र नयाँ जीवन पाएको हर्ष ।

छिमेकीको कुटाइबाट घाइते भई अस्पताल भर्ना भएका र बिल तिर्न नसकेपछि अस्पतालले बन्धन बनाएका शिवचन्द्र सदा र उनकी पत्नी मिलियादेवीको बुधबार उद्धार भयो । अन्यायमा परेको दम्पती नै बन्धक भएको समाचार प्रकाशित भएसँगै उनीहरु मुक्त भएका हुन् ।

एम्बुलेन्स चढेर ५७ औं दिनमा घर पुग्दा उनीहरूले हर्षका आँसु झारे । शिवचन्द्र र उनकी श्रीमती धेरैबेर भक्कानिए । उनको घर–आँगनमा जम्मा भएका अरू हेरेकोहेरै भए । सन्नाटा नै छायो । तर, दम्पती घर पुग्दा छिमेकका केही केटाकेटी आँगनमा रहेको घाँस सफा गर्दै थिए ।

निरन्तरको झरीले बाँसको टाटीमा माटोले लिपेर बनाएको जीर्ण घरमा पुगेपछि दम्पतीले छोराछोरी खोजे । तर, केटाकेटी घरमा केही खानेकुरा नभएर मावली गएका थिए ।

छिमेकी रामपरी सदाका अनुसार मामाघरकी हजुरआमाले तीन नातिनातिनालाई लिएर गएकी थिइन् । बा–आमा घाइते भएर अस्पताल गएपछि उनका छोराछोरीले छिमेकीकहाँ मागेर पेट पालेका थिए । छिमेकीले समेत खान दिन छाडेपछि उनीहरू हजुरआमासँग मावली गएका थिए ।

छिमेकीबाट छोराछोरीको सबै हालखबर बुझेपछि थकित शिवचन्द्र आराम चाहन्थे, पुग्नेबित्तिकै बाँसको भाटाले बनाएको खाटमा पल्टे । छिमेकी भेला भएर पछिल्लो हालखबर बुझ्दै थिए । तर, के–कसो भयो भनेर कसैले सबै जान्न चाहेनन् । सबै छिमेकी घटनाबाट जानकार नै थिए । घरमा खानेपानीको कल थिएन । मिलियादेवी छिमेकीको घरमा नुहाउन गइन् ।

ठूलो संघर्ष जितेर सदादम्पती घर त पुगे । तर, मनभरि चिन्ता र भय छ । घरमा खानलाई एक मुठी अन्न छैन, के खाएर ज्यान पाल्ने ? यो चिन्ता त छ नै । फेरि पापी छिमेकीको आक्रमण हुने कि भन्ने भय पनि उत्तिकै छ । केहीबेरको आरामपछि शिवचन्द्रले भने, ‘अस्पतालबाट त जसोतसो आइयो, अब के खाएर बाँच्ने ?’

एकैछिन टोलाएपछि शिवचन्द्रको आँखाबाट फेरि आँशु झर्‍यो । उनको आँखाले छोराछोरीको अनुहार हेर्न खोजेका थिए । तल मुन्टो लगाएर भने, ‘केटाकेटीको मावली सीमावर्ती भारतीय गाउँ लालपुर छ । अब तिनीहरूलाई कसरी घर फर्काउने ? घरमा सुरक्षा हुन्छ कि हुँदैन, डरैडर छ ।’

सप्तरीको महुली गाउँका शिवचन्द्र सदा र उनकी पत्नी मिलियादेवीलाई गत ५ साउनमा छिमेकीले निर्घात कुटेका थिए । बाँसको भाटाले प्रहार गर्दा शिवचन्द्रको टाउको फुटेको थियो । उनकी श्रीमती पनि गम्भीर घाइते भएकी थिइन् ।

घाइते दम्पतीलाई उपचारका लागि विराटनगरस्थित गोल्डेन हस्पिटल लगिएको थियो । तर, उपचारमा एक लाख ९० हजारको बिल आयो । गरिब सदादम्पती यो बिल तिर्न सक्ने अवस्थामा थिएनन् । बिल नतिरेपछि अस्पतालले बन्धन बनायो । विपन्न र बेखर्ची सदादम्पती अन्य बिरामीका आफन्तले दिएको खाना खाएर अस्पतालमा दिन कटाइरहेका थिए ।

अशोज १ गते, २०७७ - ०९:३१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मान्छे मार्ने बाघ पाँच घण्टाको प्रयासपछि नियन्त्रणमा

चितवन । चितवन राष्ट्रिय निकुञ्जले नरभक्षी बाघ नियन्त्रणमा लिएको छ । भरतपुर महानगरपालिका–१३ बेलसहर...   

अछाममा कोरोना संक्रमित पुरुषको मृत्यु

डडेल्धुरा । अछाममा कोरोना संक्रमित एक जना पुरुषको मृत्यु भएको छ। शनिबार  जिल्लाको बान्नीगढी जयगढ...   

कांग्रेस किचलो चर्कंदै

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अनिश्चित बन्दै गएका बेला सभापति शेरबहादुर देउवा र इतर...   

मन्त्रिपरिषद् पुर्नगठन गृहकार्य अन्तिम चरणमा

काठमाडौं । सत्तारूढ नेकपा सचिवालय बैठक, स्थायी कमिटी र विवाद समाधान गर्न गठित उच्चस्तरीय समितिको सुझावअनुसार...   
पाँच वर्षमा तीन करोड नागरिकको स्वास्थ्य बिमा गर्ने लक्ष्य, तर सात वर्षमा जम्मा १० प्रतिशत मात्रै समेटिए

पाँच वर्षमा तीन करोड नागरिकको स्वास्थ्य बिमा गर्ने लक्ष्य, तर सात वर्षमा जम्मा १० प्रतिशत मात्रै समेटिए

काठमाडौं । पाँच वर्षमा मुलुकका सबै नागरिकको स्वास्थ्य बिमा गर्ने महत्वाकांक्षी लक्ष्यसहित सुरु गरिएको...   

सिंगो गाउँ नै पहिरोको जोखिममा, २६ घर भत्किए

अर्घाखाँची। अर्घाखाँचीको शितगंगा नगरपालिका–१२ को कोठिया मैदान भासिएपछि गाउँले त्रासमा छन् । आजको...   

निजीले घटाएनन् पीसीआर शुल्क, १३ दिनमै उठाए साढे ३ करोड बढी

काठमाडौं । सरकारको कमजोरीको फाइदा उठाउँदै काठमाडौं उपत्यकाका आठ वटा निजी प्रयोगशालाले १३ दिनमा साढे...   
विकास निर्माणका कामले गति लियो

विकास निर्माणका कामले गति लियो

काठमाडौं । सरकारले कोरोना महामारीको अवधिमा सीमित जनशक्तिकै भरमा भए पनि विकास निर्माणका काम धमाधम...   
बालिका बलात्कार–हत्या प्रकरण : कारबाही माग गर्दै विद्यार्थीको प्रदर्शन

बालिका बलात्कार–हत्या प्रकरण : कारबाही माग गर्दै विद्यार्थीको प्रदर्शन

बझाङ । बालिका हत्या घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै बझाङ सदरमुकाम चैनपुरमा...   

देशभर कोरोना संक्रमित ७१ हजार नाघे, मृत्यु हुनेको संख्या ४६७ पुग्यो

काठमाडौं । देशभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७१ हजार नाघेको छ । आजको नयाँ पत्रिका दैनिकमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top