काठमाडौं । नेपाल पर्यटन बोर्डले चाडपर्वको सन्दर्भलाई लक्ष्य गर्दै चाडपर्व फोटो प्रतियोगिता आयोजना गरेको छ । चाडपर्वका समयमा विगतका दिनमा जस्तो रमाइलोसँग समय बिताउन नपाएको क्षणमा पनि केही सकारात्मकता र केही सिर्जनशिलता समिश्रण गराई चाडपर्वको रौनक अनुभूति गराउने उद्देश्यका साथ चाडपर्व फोटो प्रतियोगिता आयोजना गरिएको बोर्डले जनाएको छ ।
प्रतियोगितामा नेपालको कुनै पनि चाड वा गतिविधि तथा केही पनि सान्दर्भिक तस्बिर अनलाइनबाट पठाउन सकिनेछ । सहभागीले आगामी मङ्सिर १० गतेसम्म फोटो पठाइसक्नुपर्नेछ । उत्कृष्ट पाँच सहभागीले जनही रु दश हजार नगद पुरस्कार प्राप्त गर्ने बोर्डले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले विगतका फोटो प्रतियोगितामा देखिएको उत्साहजनक सहभागिताका कारण यसपटकको फोटो प्रतियोगितालाई फोटो सिरिज प्रतियोगिताका रुपमा गरिएको बताए ।
सहभागी हुन प्रत्येक सहभागीले कम्तीमा सात भिन्नाभिन्नै फोटो पठाउनु पर्नेछ । यसले नेपाली चाडपर्वको विराटतालाई अनुभुति गराई फोटोमार्फत देशको पर्यटन प्रवद्र्धन गर्ने साझा अभियानलाई बृहत् बनाउने अपेक्षा गरिएको छ ।
पर्यटन बोर्डले चार वर्षअघिदेखि फोटोका माध्यमबाट देशको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ नियमित ह्यास फोटो नेपाल प्रदर्शनी गर्दै आएको थियो । फोटो नेपाल फेब्रुअरी २०१६ मा टोनी हेगनको फोटो प्रदर्शनीसँगै शुरु भएको थियो । बोर्डका अनुसार देश चिनाउने फोटो प्रदर्शनी चार वर्षदेखि निरन्तररुपमा भइरहेको छ । यस अभियानलाई अझ व्यापक बनाउन फोटो नेपाल डट ट्राभल शुरु गरिएको हो । हाल यसमा ११ हजार बढी सदस्यका २५ हजार फोटो सङ्गृहीत छन् ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: