Khabar Dabali Logo
  September 19, Sat

पूर्व एमाले–माओवादी गुट द्वन्द्वमा पिल्सिए घिसिङ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको चार वर्षे कार्यकाल आइतबार सकिएको थियो । सोमबारको मन्त्रिपरिषद् बैठकले घिसिङलाई सोही पदमा पुनर्नियुक्ति गर्ने विषय बिहानैदेखि चर्चामा थियो । तर उक्त बैठकमा त्यो अजेन्डाले प्रवेशै पाएन ।

आजको नागरिक दैनिकमा खबर छ – मन्त्रालय स्रोतका अनुसार ऊर्जामन्त्री वर्षमान पुनले घिसिङको पुनर्नियुक्तिको अजेन्डा आइतरबार नै तयार पारेर पठाएका थिए । तर प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसलाई बैठकमा प्रवेशै गराएनन् । एक मन्त्रीका अनुसार पुनले बैठकमा ‘प्रधानमन्त्री ज्यू, मेरो अजेन्डा’ भन्ना साथ ओलीले ‘पछि’ भनेर जवाफ दिएका थिए ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र एकीकरणपछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा सोहीअनुसार विभिन्न गुट छन् । त्यस्ता गुटको अन्तरद्वन्द्वको भुंग्रोमा घिसिङ पुनर्नियुक्तिको विषय पिल्सिन पुगेको नेकपाका एक नेताको बुझाइ छ ।

सोमबार बिहान र साँझ नेकपाका दुई नेताले सामाजिक सञ्जालमा अभिव्यक्त गरेको मतले पनि उनको बुझाइलाई पुष्टि गर्छ । मन्त्रिपरिषद्को बैठक बस्ने दिन सोमबार बिहान नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले कुलमानको पुनर्नियुक्ति हुनेमा आफू विश्वस्त रहेको भन्दै ट्वीट गरेका थिए । सचिवालय सदस्यसमेत रहेका श्रेष्ठको उक्त ट्वीटलाई अर्थपूर्ण रूपमा लिइएको थियो ।

साँझपख प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले घिसिङकै विषयमा प्रवक्ता श्रेष्ठलाई कटाक्ष गर्दै फेसबुकमा लामो स्टाटस लेखे । ‘एक अवधि पूरा गरेर हिजो (आइतबार) बिदा भएका व्यक्तिका पक्षमा पार्टीका प्रवक्ताको यस खुला लबिङले कतै । कुम्लो बोकी ठिमीतिर’ जस्तो पो भयो कि ?’

नेकपाभित्र घिसिङलाई तत्कालीन माओवादी केन्द्र समूहनिकट मानिन्छ । उनलाई विद्युत् प्राधिकरणको नेतृत्वमा सोही पार्टीको प्रतिनिधित्व गर्ने तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माले ल्याएका थिए ।

खुला प्रतिस्पर्धामार्फत उनलाई नेतृत्वमा चयन गरिएको थियो । २०७३ भदौ २९ गते बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशकमा नियुक्त गरेको थियो भने उनले २०७३ भदौ ३१ गते पदभार ग्रहण गरेका थिए । कतिपयले घिसिङलाई नेकपा अध्यक्ष पुष्पकमल दाहालनिकट पनि मान्ने गरेका छन् ।

घिसिङ नेतृत्वमा आएपछि दैनिक १४ घन्टा लामो लोडसेडिङबाट जनताले मुक्ति पाए । यसैकारण उनको चौतर्फी प्रशंसा हुने गरेको छ । उनको चुलिएको प्रशंसाले सरकारलाई नै अप्ठ्यारोमा पारेको प्रधानमन्त्री निकटहरूको बुझाइ छ ।

कार्यकाल सकिने समयमा उनलाई पुनर्नियुक्ति दिन माग गर्दै सडकमा प्रदर्शनसमेत हुन थालेका छन् । ‘सरकारी स्रोतसाधन प्रयोग गरेर आफू हिरो हुने तर त्यसको जस सरकारले नपाउने स्थिति आयो,’ नेकपाका एक नेताले भने, ‘यसैले उहाँबारे पार्टीभित्रै असन्तुष्टि देखिन्छ ।’

भदौ ३१ गते, २०७७ - ०७:५४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

असोज ५ देखि पूर्ण क्षमतामै आन्तरिक उडान सुचारु हुने

काठमाडौं । असोज ५ देखि बायु सेवा कम्पनीहरूले पूर्ण क्षमतामा उडान सुचारु गर्ने भएका छन्। आजको अन्नपूर्ण...   

उपराष्ट्रपतिद्वारा संविधान कार्यान्वयनको बाँकी काम यथाशक्य पूरा हुने विश्वास व्यक्त

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले जननिर्वाचित संविधानसभाद्वारा जारी संविधान कार्यान्वयनको...   

बुटवलमा काेराना संक्रमित ६९ बर्षीय वृद्धको मृत्यु

रुपन्देही । बुटवलमा थप एक काेराना संक्रमित ६९ बर्षीय वृद्धको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका...   

कोरोना संक्रमण बढ्दै, तर परीक्षण घटाउँदै सरकार

एकै दिन देशभर दुई हजार २० जनामा संक्रमण काठमाडौं । कोरोना भाइरस संक्रमणको दर तीव्र रूपमा बढिरहेका...   

रेल आइपुग्यो, कहिले चल्ने टुङ्गो छैन

जनकपुर । शुक्रबार १२ बजेसम्म रेल आउने हल्लाले बिहान ९ बजेदेखि नै जनकपुरस्थित रेल्वे स्टेसनमा सर्वसाधारणको...   

कोभिड संकटमा पनि नेपालमा अझै १० हजार विदेशी

काठमाडौं । कोरोना महामारीबीच पनि नेपालमा अझै ठूलो संख्यामा विदेशी नागरिक बस्दै आएको अध्यागमन विभागले...   

अधिकृतसम्मको सरुवा रोक्का

काठमाडौं । सरकारले कार्यालय सहयोगीदेखि अधिकृतसम्मको सरुवाका सबै प्रक्रिया रोक्का गरेको छ । यही आगामी...   

भारतसँग सम्झौता भएको १० वर्षमा आयो रेल

जनकपुर । भारतको जयनगरबाट ओहोरदोहोर गर्ने गरी नयाँ रेल जनकपुर आइपुगेको छ । १० वर्षअघि भएको सम्झौताअनुसार...   

उन्मुक्तिले बलात्कारीको मनोबल बढायो

सप्तरी । सप्तरी र सिरहामा साउन र भदौमा सिरहामा मात्र बलात्कारका नौ घटना भए । जसमा ११ प्रतिवादीमध्ये...   

ललितपुरमा कोरोना संक्रमित ६६ वर्षीया वृद्ध महिलाको मृत्यु

काठमाडौं । ललितपुरमा कोरोना संक्रमित ६६ वर्षीय वृद्ध महिलाको मृत्यु भएको छ। उनी गत ३० भदौदेखि ललितपुरको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top