Khabar Dabali Logo
  September 22, Tue

बाराकी ५५ वर्षीया कोरोना संक्रमित महिला मृत्यु

पर्सा । पर्सामा काेराेना भाइरस (काेभिड-१९ ) बाट एक महिलाकाे मृत्यु भएको छ। नारायणी अस्पताल वीरगञ्जमा उपचाररत बाराको जीतपुर सिमरा उपमहानगरपालिका १४ डुमरवाना निवासी ५५ वर्षीया महिलाको साेमबार बेलुकी सवा ७ बजे मृत्यु भएको हो।

उनलाई हिजो विहान सवा ११ बजे अस्पताल लगिएको थियो। अस्पतालका सूचना अधिकारी डाक्टर अतुलेस कुमार चौरसियाका अनुसार कोरोना रिपोर्ट पोजेटिभ आएको केही समयमै उनको मृत्यु भएको हाे ।

यसैबीच, नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप २६ जना कोरोना संक्रमित थपिएका छन्।

रौतहटका २३ र बाराका ३ जनामा संक्रमण पुष्टि भएको हो। रौतहटका संक्रमितमध्ये गरुडास्थित राष्ट्रिय बाणिज्य बैंक र सिभिल बैंकमा कार्यरत ४र४ जना कर्मचारी रहेका प्रयोगशालाले जनाएको छ।

२ जना सशस्त्र प्रहरी र इलाका प्रहरी कार्यालय गरुडामा कार्यरत एक जनपद प्रहरीमा पनि संक्रमण पुष्टि भएको छ। पर्सामा भने संक्रमित थपिएका छैनन्।

भदौ ३० गते, २०७७ - ०८:५१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्धारित समयमै क्लिन फिड लागू गर्ने

काठमाडौँ । सरकारले आउँदो कात्तिक ८ गतेभित्रै विदेशी टेलिभिजन च्यानलहरूमा क्लिन फिड लागू गर्ने भएको...   

चाडपर्व नजिकिँदै गर्दा आकाशियो तरकारीको भाउ

काठमाडौँ । चाडपर्व नजिकिँदै गर्दा बजारमा प्याज, आलुसहित हरियो तरकारीको पनि भाउ आकाशिएको छ । थोकको...   

केरुङमा रोकिए ११ लाख सिरिन्ज, बीसीजी खोप प्रभावित हुन सक्ने

काठमाडौं । चीनले केरुङ र तातोपानी नाका बन्द गरेपछि बालबालिकालाई दिइने बीसीजी खोपमा प्रयोग हुने ११...   
राजश्व छली गर्नेहरु फेरि सक्रिय

राजश्व छली गर्नेहरु फेरि सक्रिय

काठमाडौं । लामो समयको लकडाउन खुलेसँगै पुनः राजस्व छली गर्नेहरू सक्रिय हुन थालेका छन् । आजको राजधानी...   
अब विदेशको कमाइ मोबाइलबाटै घर पठाउन सकिने

अब विदेशको कमाइ मोबाइलबाटै घर पठाउन सकिने

काठमाडौं। वैदेशिक रोजगारीमा रहेका नेपालीले मोबाइलबाटै आफूले कमाएको रकम आफन्तलाई पठाउन सक्ने व्यवस्था...   

परीक्षामा जुट्न थाले विश्वविद्यालय

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण कायमै रहे पनि त्यसबाट जोगिँदै विश्वविद्यालयहरूले परीक्षा...   

आजको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सानो प्रयत्नले ठूलो काम बन्नेछ । धर्म तथा अध्यात्मतिर ध्यान जाने हुँनाले...   
कर्णालीमा कहालीलाग्दो जीवन

कर्णालीमा कहालीलाग्दो जीवन

राष्ट्रिय अनुपातमा कर्णालीको औसत आयु ६ वर्ष र प्रतिव्यक्ति आय आधा कम कर्णाली। चिकित्सा शिक्षा सुधारसहितका...   

दोलखा पहिरो : पुनर्निर्माण प्राधिकरणको नजर पुगेन, पहिरोले गाउँ नै बगायो

भीर फाटेर झरेको पहिरोबाट २६ परिवार पूर्ण विस्थापित, २४७ परिवार प्रभावित दोलखा। दोलखा कालिञ्चोक गाउँपालिका–५...   
कोरोनाका कारण लघुवित्तमा भाका नाघेका ऋणी ६४३ प्रतिशतले बढे

कोरोनाका कारण लघुवित्तमा भाका नाघेका ऋणी ६४३ प्रतिशतले बढे

फागुनयता मात्रै भाका नाघेका ऋणीहरूको संख्या १ लाख ६८ हजारबाट बढेर १२ लाख ५६ हजार काठमाडौं । लघुवित्त...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top