Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

केरुङ नाका ८ महिनादेखि अवरुद्ध, १५ सय कन्टेनर अड्किए

रसुवा । चीनसँगको व्यापारको प्रमुख नाका रसुवागढी हुँदै चीनसँग हुने व्यापारमा ८ महिनादेखि जारी विभिन्न अवरोधका कारण १५ सयभन्दा बढी कन्टेनर केरुङमै रोकिएका छन् ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - गत माघमा हिमपातका कारण रोकिएको नाका त्यसपछि कोरोना महामारी सुरु भएपछि ६ महिनासम्म बन्द रहेको थियो । हाल नाका खुले पनि चीनले दैनिक सरदर ५ वटा ट्रकलाई मात्रै नेपाल प्रवेश गर्न दिइरहेको छ । अझ सामान लोड–अनलोड गर्ने एक जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि त दुई सातादेखि रसुवागढी–केरुङ नाका पुनः पूर्ण रूपमा बन्द भएको छ ।

अहिले पनि चिनियाँ पक्षले केरुङ नाकाबाट नेपाली ट्रकचालकलाई प्रवेश दिएको छैन । नाका एकतर्फी रूपमा सञ्चालनमा रहेका कारण निर्यात शून्य नै छ । कोभिडको जोखिम देखाउँदै चिनियाँ पक्षले मितेरी पुलसम्म सामान ल्याएर झारिदिने र त्यहाँबाट नेपाली पक्षले लोड गरेर नेपाल ल्याउनुपर्ने व्यवस्था गरिएको छ । यसरी दिनमा सरदर ५ वटा ट्रक मात्रै पास हुने भएकाले सो नाकामा कन्टेनरको लाइन लागेको हो ।

नेपाली व्यवसायीले अघिल्लो वर्ष नै मगाएका लत्ताकपडा, जुत्ता, मेसिनरी, विद्युतीय सामग्री, कच्चा पदार्थ, फलफूल तथा खाद्यान्नलगायत सामग्रीका कन्टेनर अड्किँदा एकातर्फ ठूलो आर्थिक नोक्सानी व्यहोर्नुपरेको छ भने अर्कातर्फ बजारमा त्यस्ता वस्तुको अभाव देखिन थालेको छ ।

यो वर्षको दशैंलाई मगाइएका मात्रै होइन, अघिल्लो जाडो सिजनकै लागि लोड भएका सामग्रीसमेत केरुङमा अड्किएपछि त्यसलाई छुटाउन नेपाल सरकारले निरन्तर प्रयास गरिरहेको छ । तर, चीनले नेपालमा कोरोनाको उच्च जोखिम रहेको भन्दै नाका पूर्ण रूपमा खोल्न मानेको छैन ।

नाकामा रसुवाका सिडिओ तथा भन्सार प्रमुखदेखि केन्द्रमा वाणिज्य सचिव र परराष्ट्र सचिवसम्मले नाका पूर्ण रूपमा खोलेर अड्किएका सामान छुटाउन चीनसँग आग्रह गरेका छन् ।

‘गत मंसिरदेखिकै सामान अड्किँदा व्यवसायीको अर्बौ रुपैयाँ जोखिममा परेको छ, करोडौंको नोक्सान व्यहोरिसकेका छन्, एक–दुुई सय कन्टेनर स्याउ त बाटोमै कुहिए,’ उनले भने, ‘किनेर ल्याएका सामग्री छोड्न समेत चीनले अटेर गरेको छ, यो व्यापारिक मात्रै होइन, कूटनीतिक हिसाबले पनि उचित होइन ।’

नेपाल–चीन उद्योग वाणिज्य संघका उपाध्यक्ष राष्ट्रभूषण चाकुबजीका अनुसार अहिले खासगरी फलफूल, तरकारी तथा फेन्सीलगायत हलुुका सामग्री मात्रै नेपाल भित्रिरहेको छ ।

‘मानिसले लोड–अनलोड गर्न सक्ने हलुका वस्तु तथा सामग्री मात्रै नेपाल भित्रिरहेको छ, क्रेनले लोड–अनलोड गर्ने मेसिनरी तथा ठूूला उपकरण उतै अड्किएका छन्,’ उनले भने । नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले एक वर्षदेखि केरुङ नाकामा कन्टेनर अड्किएको बताए ।

सरकारले कूटनीतिक पहल गरेर छिटोभन्दा छिटो चीनतर्फको व्यापारलाई सामान्य अवस्थामा जस्तै ल्याउनुपर्ने उनको भनाइ छ । सडक भत्किएका कारण केरुङमा अड्किएका सामग्री तातोपानी खासातर्फबाट ल्याउनसमेत नसकिएको उनीहरूले बताए ।

‘अन्तर्राष्ट्रिय नाकाबाट जम्मा चार–पाँच वटा कन्टेनर मात्रै नेपाल पठाइँदै आएको छ, यही गतिमा कन्टेनर छाडिने हो भने त अड्किएका कन्टेनर नेपाल आइपुुग्न अर्को एक वर्ष लाग्नेछ,’ कटुवालले भने, ‘केरुङमा चीनले सहजीकरण गरेको छैन, तातोपानीबाट ल्याउन बाटो अवरुद्ध छ, सरकारले ध्यान नदिँदा चीनतर्फको व्यापार सामस्यामा रहेको देखिन्छ ।’

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले कोभिड–१९ को जोखिम तथा बाढीपहिरोका कारण सडक भत्किँदा रसुवागढी–केरुङ नाका पूर्ण रूपमा सञ्चालनमा आउन नसकेको बताए ।

यद्यपि, नेपाल सरकारले कूटनीतिक पहल गरेर ती कन्टेनर छुटाउने काम गरिरहेको उनको भनाइ छ । ‘निकै लामो प्रयासपछि नाका सञ्चालनमा ल्याउन सकियो, तर पूर्ण रूपमा चल्न सकेको छैन,’ उनले भने, ‘अहिले चिनियाँ पक्षले दैनिक ५ देखि १० वटा ट्रक मात्रै छाडिरहेका छन्, त्यसैले त्यहाँ कन्टेनर थुप्रिएका हुन्, अब क्रमशः यो संख्या बढ्दै जानेछ, हामी निरन्तर संवादमा छौं, प्रयास जारी छ ।’

संक्रमितको रिपोर्ट नेगेटिभ आउँदा पनि नाका खोलिएन
रसुवागढी नाकामा सामग्री लोड–अनलोडमा काम गर्ने एकजना कर्मचारीमा कोरोना भाइरसको संक्रमण भेटिएपछि झण्डै दुुई सातादेखि रसुवागढी–केरुङ नाका बन्द छ । एक जना नेपाली कामदारमा कोरोना संक्रमण देखिएपछि १६ भदौदेखि नाका पूर्ण रूपमा बन्द अवस्थामा रहेको रसुवा भन्सार कार्यालयका भन्सार प्रमुख पुण्यविक्रम खड्काले बताए ।

‘संक्रमण देखिएका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ गरेर एक सयजनाको पिसिआर टेस्ट गर्दा नेगेटिभ आएको तथा पछिल्लो टेस्टमा ती व्यक्तिको पनि रिपोर्ट नेगेटिभ आएको छ,’ उनले भने, ‘रिपोर्ट नेगेटिभ आएलगत्तै हामीले नेपाली व्यवसायीले मगाएका सयौँ कन्टेनर सामग्री केरुङमा अड्किएका छन्, अब नाका खोल्नुपर्छ, पूर्ण रूपमा चलाउनु पर्छ भनेर चिनियाँ पक्षलाई भनेका छौँ, तर उहाँहरू अलि सकारात्मक देखिनु भएको छैन ।’

तातोपानी नाका बन्द अवस्थामै
माघ पहिलो साताबाट बन्द रसुवा र तातोपानी नाका चैतको अन्तिम साताबाट सञ्चालनमा आएका थिए । तर, बाढी पहिरो तथा कोभिडका कारण पूूर्ण रूपमा सञ्चालन हुन सकेका छैनन् । बाढी पहिरोका कारण सडक अवरुद्ध भएपछि तातोपानी नाकाबाट हुने व्यापार गत २५ असारदेखि बन्दजस्तै रहेको तातोपानी भन्सार प्रमुख लालबहादुर खत्रीले बताए ।

चीनबाट हुने १५५ आयात १५ मा झर्‍यो
नेपालको कुल आयात व्यापारमा १५.२ प्रतिशत र निर्यात व्यापारमा १.२ प्रतिशत हिस्सा चीनको छ । साउन महिनामा चीनबाट ११ अर्ब १७ करोड रुपैयाँबराबरको सामग्री आयात भएको छ । यस अवधिमा चीनतर्फको निर्यात भने ५ करोड ६० लाखबराबर मात्रै भएको भन्सार विभागको तथ्यांक छ ।

साउन महिनामा केरुङ नाका हुँदै ९७ करोड ७५ लाख रुपैयाँबराबरको सामग्री आयात भएको छ । जुन कुल आयातको १.१४ प्रतिशतबराबर हो । तातोपानी नाका भएर भने १५ करोड २ लाख रुपैयाँबराबरको सामग्री भित्रिएको छ । जुुन कुल आयातको ०.१८ प्रतिशत बराबर हो ।

गत आवमा चीनबाट नेपालमा १ खर्ब ८१ अर्ब रुपैयाँको सामग्री भित्रिएको थियो । तर, नेपालले भने १ अर्ब १९ करोड रुपैयाँको मात्रै निर्यात गर्न सक्यो । उक्त आवमा रसुवा नाका भएर २६ अर्ब ४६ करोडको सामग्री भित्रिएको थियो । यो चीनबाट हुने कुल आयातको १५ प्रतिशत हो । त्यस्तै, तातोपानी नाकाबाट कुल आयातको ५ प्रतिशत हुन आउने ९ अर्ब ५३ करोडको सामग्री भित्रिएको थियो ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies