


उद्योगी–व्यवसायीको समस्या समाधानमा पहल गरिदिन आग्रह


-
-
भदौ २८ गते, २०७७ - २१:३५

काठमाडौँ । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले उद्योगी–व्यवसायीको समस्या समाधानका लागि पहल गरिदिन प्रमुख प्रतिपक्षी दल काँग्रेस सभापति शेरबहादुर देउवालाई आग्रह गरेको छ । महासङ्घको टोलीले आज पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवालाई भेटेर लामो समयको बन्दाबन्दी र निषेधाज्ञामा बन्द रहेको व्यवसायीका लागि सरकारले राहतका लागि ठोस योजना नल्याएको भन्दै समस्या समधानका लागि पहल गरिदिन आग्रह गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।
महासङ्घका अध्यक्ष नरेश कटुवालले व्यवसाय पूर्ण रुपमा बन्द हुँदा बैंक तथा वित्तिय संस्थाको साँवा, ब्याज, घरभाडा, कामदारलाई पारिश्रमिक दिनसमेत समस्या परेको भन्दै उद्योगी व्यवसायीलाई विशेष राहतको वातावरण मिलाउन पहल गरिदिन आग्रह गरे । उनले बन्दाबन्दीका कारण लामो समयदेखि नेपाली उद्योगी व्यवसायीको सामान केरुङ नाकामा रोकिएको भन्दै उक्त सामान ल्याउनसमेत प्रमुख प्रतिपक्षी दलले पहल गर्नुपर्ने बताए ।
ज्ञापनपत्र बुझ्दै सभापति देउवाले उद्योगी व्यवसायीको जायज मागलाई सरकारले पूरा गर्नुपर्ने बताउँदै त्यसका लागि प्रतिपक्षी दलले पहल गर्ने विश्वास व्यक्त गरेका सभापति देउवाको भनाइ उद्यृत गर्दै भेटमा सहभागि महासङ्घका वरिष्ठ उपाध्यक्ष कुमार कार्कीले राससलाई जानकारी दिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
प्रेस सङ्गठनको भेला माघ ८ गते काठमाडौँमा गर्ने निर्णय
काठमाडौँ । प्रेस सङ्गठन नेपाल केन्द्रीय कमिटीको आज सम्पन्न उपलब्ध सदस्यको बैठकले दोस्रो राष्ट्रिय...बेलायतका राजदूतमा रेग्मी नियुक्त
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्यका लागि नेपाली राजदूतमा पूर्वमुख्य...स्याउमा सुनौलो भविष्य देख्दै मुस्ताङी
गण्डकी । हिमाल पारिको जिल्ला मुस्ताङका किसान यतिखेर स्याउको कलमीमा जुटेका छन् । हिमाली क्षेत्रमा...नेपालमा तीन जनामा नयाँ प्रजातिको कोरोना पुष्टि
काठमाडौँ । नेपालमा तीन जनामा नयाँ प्रजातिको कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । नेपालमा २८ वर्षीया...स्थानीय तहमा वित्तीय पहुँच पुग्दै
बझाङ । बझाङ जिल्लाको एक स्थानीय तह बाहेक बाँकी सबै ८७ स्थानीय तहमा वाणिज्य बैंकको पहुँच पुगेको छ । प्रदेशका...वन सुधार गर्न प्राविधिकको माग
काठमाडौँ । पछिल्लो समय निकै विवादमा रहेको वैज्ञानिक वन परिमार्जन अर्थात् सुधार गरी लागू गर्न वन प्राविधिकले...तनहुँ कालिका मन्दिर परिसरमा चौध बोरा फोहर
तनहुँ । गण्डकी प्रदेश सरकारले धार्मिक पर्यटनको गन्तव्यका रुपमा सूचीकृत गरेको तनहुँ कालिका मन्दिर...भारत–अस्ट्रेलिया टेस्ट क्रिकेट, जितका लागि भारतसामु ३२८ रनको चुनौती
ब्रिस्बेन । अस्ट्रेलिया र भारतबीचको चौथो तथा अन्तिम टेस्ट रोमाञ्चक मोडमा पुगेको छ । चौथो दिनको खेल...सुडान झडपमा ८० भन्दा बढीको मृत्यु
सुडान । सुडानको पश्चिमी डार्फर राज्यको राजधानी एल जेनिनामा सशस्त्र मिलिशियाद्वारा गरिएको आक्रमणमा...बेलकामा व्यावसायिक प्याराग्लाइडिङ शुरु हुँदै
उदउपुर । उदयपुरको बेलका नगरपालिकामा गत वैशाख देखिनै शुरु गर्ने भनिएको व्यावसायिक प्याराग्लाइडिङ...
