Ntc summer Offer
Khabar Dabali २८ बैशाख २०८१ शुक्रबार | 10th May, 2024 Fri
NIMB

भारतसँगको सम्बन्धको समस्याको प्रमुुख जरो पत्ता लगाउनुपर्छ : प्रवक्ता श्रेष्ठ

काठमाडौं । चिसीएको नेपाल–भारतबीचको सम्बन्ध सुधार्न कूटनीतिक पहलमार्फत उच्चस्तरीय वार्ता गर्न विज्ञहरुले सुझाएका छन् । उनीहरुले नेपाल–भारत सिमानामा रहेको नेपालको भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानीबाट भारतीय सैनिक फिर्ता पठाउनुपर्ने र दुई देशबीचमा भएको समस्यालाई कूटनीतिक पहलमार्फत समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।

“मित्रराष्ट्र भारतसँगको सम्बन्धको समस्याको प्रमुुख जरो पत्ता लगाउनुपर्छ, उच्च कूटनीतिक पहलमार्फत दुई देशमा देखिएका समस्याको समाधान गर्न जरुरी छ, पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले भने, “सार्वभौमसत्ताको सिद्धान्त, पारस्परिक लाभ र साझा हितका निम्ति दुवै देशको हितअनुकूल काम गर्नुपर्छ ।” उनका अनुसार देशमा कुनै पनि प्रकारको बाह्य हस्तक्षेप सैह्य हुँदैन । नेपाललाई हेर्ने भारतको दृष्टिकोण सार्वभौमसत्ता मुलुकको रूपमा हुनसकेको छैन ।

“इतिहासदेखि लादिएका सीमाको समस्या छ, नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्न बन्द गर्नुपर्छ, दुवै देशको आवश्यक चासोलाई मिलेर समाधान गर्नुपर्छ”, नेकपाका प्रवक्तासमेत रहनुभएका श्रेष्ठले भने, “सन् १९५० को सन्धिले दुई देशको सम्बन्धलाई परिभाषित गर्न खोजे पनि सार्वभौमसत्ता सम्पन्न देशबीच असमान, कुन्ठित खालको छ, त्यो १९५० सन्धिलाई खारेज गरी नयाँ तरिकाले अघि बढनुपर्छ ।” उहाँले नेपालाई हेर्ने भारतको दृष्टिकोण, नीति, निर्णयमा समस्या रहेको स्पष्ट पारे ।

नेपाल–भारत सिमानामा रहेको भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानीको समस्या समाधानका सरकारले संविधान संशोधन गरिसकेको छ । नेपालले दुई देशबीचको समस्या समाधानका लागि पटक–पटक कूटनीतिक नोटसमेत भारतलाई पठाइसकेको छ ।

पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता डा मिनेन्द्र रिजालले नेपाल–भारत सम्बन्धमा अतिक्रमित भूभाग कसरी फिर्ता गर्ने भन्ने विषय मुख्य भएको बताए। उनले चीनको उपस्थित नेपालमा हुनुलाई भारतले अन्यथा लिन नहुने भन्दै दुवै छिमेकी मुलुकमा नेपालको उचितकै सम्मान रहेको बताए।

पूर्व अर्थ तथा पराराष्ट्रमन्त्री डा प्रकाशचन्द्र लोहनीले नेपालले आफ्नो राष्ट्रिय स्वार्थलाई ध्यानमा राखेर भारतसँगको सम्बन्धलाई अगाडि बढाउनुपर्ने बताए । “नेपालको सरकार र राज्य बलियो हुनुपर्छ, नेपालले भारत र चीनसँगको सम्बन्धमा दुवैलाई विश्वास दिलाएर लैजान सक्नुपर्छ”, उनले भने।

भारतका लागि नेपाल सबैभन्दा ठूलो बजार भएकाले उसले नेपाललाई सुविधा दिएको उल्लेख गर्दै उनले भने “नेपालको कमजोरीलाई लिएर भारतले खेल्ने काम गर्नुहुँदैन, अवरोधहरु हटाउनुपर्छ । नेपालले आफ्नो भूमि गुम्न नदिने तरिकाले अडान र बलियो भएर जानुपर्छ, सरकार बलियो र नेपालीमा एकता बलियो हुनुपर्छ ।”

“नेपाल आन्तरिक रूपमा बलियो हुन जरुरी छ, भारतलाई देशमा प्रयोग गर्ने कुनै पनि ठाउँ दिन हँुदैन, प्रशासन, गुप्तचर खटाउने काम गरेको छ”, पूर्वसचिव तथा पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले भने, “नेपाल आन्तरिकरूपमा बलियो हुनुपर्छ र भारतलाई नेपालको कुनै पनि विषयमा प्रवेश गर्नबाट रोक्नुपर्छ ।”

अर्थविद् डा गोविन्दबहादुर थापाले भने, “व्यापारिक कारोवार, दुईतीन वर्षअघि पनि आएको थियो । स्वार्थ राखेर नेपालको लोकतान्त्रिककारणको आन्दोलनमा सहयोग ग¥यो । नून, तेल, ग्यास, खाद्य सामग्री भारत र तेस्रो मुलुकबाट पनि भारत हुँदै आउँछ । स्थायी किसिमको सम्बन्ध भारतसँग हामीले प्रयास गरेकै छैन ।” उहाँले लिम्पियाधुरा, कालापानी र लिपुलेकको बारेमा भारतीय मिडियामा वास्तविकता नबुझीकन प्रसार भएकाले समस्या पैदा भएको त्यसको स्थायी समाधान खोज्नुपर्ने बताए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies