Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

कोरोनाको मारमा कुखुरापालन व्यवसाय, पलायन हुने अवस्थामा चितवनका व्यवसायी

चितवन । वर्षाको समय भएका कारण तरकारीको मूल्य आकाशिएको छ तर यहाँ मासुका लागि उत्पादित ब्वायलर कुखुरा भने तरकारीभन्दा पनि सस्तो मूल्यमा बिक्री गर्न किसान बाध्य भएका छन् । तरकारीको मूल्य प्रतिकेजी रु एक सयभन्दा बढी छ । दुई किलोभन्दा बढी तौलको ब्वायलर कुखुरा किसानले रु एक सयमा पनि बिक्री गर्न नसकेको गुनासो गरेका छन् ।

कोभिड–१९ सङ्क्रमणका कारण देशभरका उद्योग व्यवसाय प्रायः ठप्प छन् । धेरै क्षेत्र यसको मारमा परेको छ । राज्यले कृषि र पशुजन्य उत्पादन ओसारपसार र बिक्री–वितरणमा रोक नलगाएको भए पनि ब्वायलर कुखुरा भने बिक्री हुन सकेको छैन । ब्वायलर कुखुरा उचित मूल्यमा बिक्री नहुँदा चितवनका किसान चिन्तित छन् । उनीहरु लागत मूल्यभन्दा निकै सस्तोमा कुखुरा बेच्न बाध्य भएको गुनासो गर्छन् ।

भरतपुर महानगरपालिका–६ इन्द्रपुरीका किसान विष्णु ढकालले बेच्ने अवस्थामा पुगेका कुखुरा लिन आफ्नो फार्ममा व्यवसायी नआएको गुनासो गरे। उनले भने, “कुखुरा पालेको ४५ दिन भयो, रु एक सयमा पनि बिक्री भएको छैन ।” आफ्नो गाउँका कतिपय किसानको ६० दिनसम्म पनि कुखुरा नउठेको उनले बताए । ४० देखि ४५ दिनमा कुखुरा बिक्री गर्ने उपयुक्त समय हो । ढकालले आफ्नो खोरमा एक हजार कुखुरा राखेका छन् । “रु ७० मा खरिद गरेर चल्ला राखेको हो, अहिले कुखुराको मूल्य नै रु एक सयभन्दा बढी छैन”, उनले भने, “दाना, औषधि र श्रमदान खेर गयो ।” “कुखुरा यतिकै फाल्न भएन, यो लटमा कम्तीमा पनि रु तीन लाख घाटा हुने निश्चित भयो”, उनले गुनासो गरे ।

भरतपुरका अर्का कुखुरापालक किसान प्रकाशबाबु खनालले ब्वायलर पालक किसानको अवस्था नाजुक रहेको बताए। “जिउँदो कुखुरा रु एक सयमा पनि बिक्री भएको छैन”, उनले भने, “किसान ऋणमा चुर्लुम्म डुबेका छन् ।” उनले बिचौलियाको बिगबिगी कायमै रहेको भन्दै कुखुरा लगेर भण्डारण गरिरहेको दाबी गरे । “किसानको बजारमा पहुँच छैन, बिचौलियाकै भरमा बेच्नुपर्ने बाध्यता छ, अनि कसरी मूल्य पाइन्छ ?”, उनको प्रश्न छ ।

खनालको खोरमा यतिबेला पाँच हजार ब्वायलर कुखुरा छन् । “हिजो गएको बुधबार मात्रै आफैं रु एक सयमा चार गाडी कुखुरा बेचेँ ।” उनले भने, “रु एक सयमा पनि लैजान आनाकानी भइरहेको छ ।” एक किलो कुखुराको सरदर लागत मूल्य रु दुई सय पर्छ तर लागत मूल्यभन्दा आधा सस्तोमा बेच्नुपर्ने अवस्था आएको उनले बताए । कतिपय किसानले त रु ८० देखि ८५ सम्ममा पनि कुखुरा बेचेको खनालले बताए । “मैले कुखुरा पालेको १० वर्ष भयो, यति सस्तो मूल्यमा बिक्री भएको यो पहिलो पटक होला”, उनले अनुभव सुनाए । हरियो तरकारीको भन्दा पनि सस्तो मूल्य कुुखुरा बिक्री गर्नु परेको उनको भनाइ छ ।

नेपाल कुखुरा पालक किसान सङ्घका केन्द्रीय अध्यक्ष झनक पौडेल ब्वायलर पालक किसान निकै मारमा परेको बताउछन् । उनका अनुसार कोरोनाका कारण शुरुमा लगाइएको लकडाउन खुल्ने समयमा कुखुराको भाउ ह्वात्तै बढ्यो । उनले भने, “चल्ला सस्तो थियो । लकडाउनले घरमै बसिरहेको अवस्था भएकाले धेरै किसानले कुखुरा राखे । अहिले ब्वायलरको उत्पादन बढ्यो । पुनः जिल्ला जिल्लामा गरिएका निषेधाज्ञाले बजार ठप्प भयो । किसानको खोरबाट कुखुरा उठेनन्”, उनले भने ।

लकडाउन खुकुलो भएपछिको एक महिना जिउँदो ब्वायलर कुखुराको मूल्य प्रतिकेजी रु २६० सम्म पुगेको अध्यक्ष पौडेलले जानकारी दिए । मूल्य राम्रो देखेर कतिपय किसानले कुखुरा राखेका कारण अहिले उत्पादन धेरै भएको उनको बुझाइ छ । उनले भने, “मागभन्दा उत्पादन धेरै भएको कारणले गर्दा अहिले आएर मूल्य घट्यो ।” होटल, रेष्टुरेन्ट, पार्टी प्यालेस बन्द भएका, विवाह, व्रतबन्ध लगायतका अन्य उत्सवहरु पनि घरको कोठामा सीमित भएका कारण पनि खपत घटेको अध्यक्ष पौडेलको भनाइ छ ।

चितवनमा मात्रै सङ्घमा आबद्ध दुई हजार ब्वायलर कुखुरा पालक किसान छन् । “सामान्य किसानले थोरै लगानीमा ब्वायलर कुखरा पाल्छन्, उनीहरुलाई बजारको अवस्थाका बारेमा थाहा हुँदैन”, उनले भने, “मारमा पर्ने पनि उनीहरु नै हुन् ।” कुखुरा व्यवसायमा बिचौलियाको राज हुनु किसानमाथि उठ्न नसक्नुको प्रमुख कारण भएको उनको भनाइ छ । किसानको खोरमा सस्तोमा कुखुरा उठाएर व्यवसायीले स्टोर गरेर राखेको पौडेलले बताए । कुखुराको भाउ र बजार नपाउनुमा ५० प्रतिशत कारण लकडाउन र अन्य बिचौलिया लगायतको कारण भएको उनले बताए।

काठमाडौँमा अहिले पनि प्रतिकेजी रु १८० सम्म जिउँदो कुखुरा बिक्री भइरहेको भन्दै उनले चितवनलागायत तराईका जिल्लामा प्रतिकिलो रु एक सय सम्ममा बिक्री हुन पनि गाह्रो भएको बताए । “काठमाडौँ र तराईमा रु ३० सम्म मात्रै फरक हुनुपथ्र्यो”, उनले भने, “यति धरै फरक कसरी भयो ? बुझ्न सकिएको छैन ।” पछिल्लो लकडाउन अघि चितवनलगायत तराईका जिल्लामा जिउँदो कुखुरा प्रतिकेजी रु २६० र काठमाडौँमा रु तीन सय सम्ममा बिक्री भएको उनले जानकारी दिए।

अध्यक्ष पौडेलले भने, “उत्पादक र उपभोक्ताबीच अझै पनि मूल्यमा धरै फरक छ । किसानबाट उठाएका कुखुरा एक सयसम्म नाफा राखेर बेच्न सकिन्छ तर व्यापारीले आफू अनुकूल गर्छन् । पोल्ट्री क्षेत्रमा सरकारी निकायको अनुगमन छैन, व्यावसायीले आफ्नो मनलाग्दी गर्छन् ।” देशभर २० हजारभन्दा बढी ब्वायलर पालक किसान मात्रै रहेको सङ्घको तथ्याङ्क छ ।

सङ्घको पहलले मात्रै समस्याको समाधान हुन नसक्ने भन्दै उनले राज्यले यसतर्फ ध्यान दिनुपर्ने उनले बताए । उनले भने, “ब्वायलरको बजार स्थायित्व छैन । घरबार बेचेर ऋण तिर्न परेपछि धेरै किसान यस क्षेत्रबाट पलायन भएका छन् । साना र मझौला किसान कहिल्यै पनि माथि उठ्ने अवस्था छैन ।”

मासुजन्य वस्तु बिक्री वितरण शहर र बजार खुकुलो भएमा केही मात्रामा किसानले मूल्य पाउने उनको भनाइ छ । अध्यक्ष पौडेलले भने, “सधैँ किसानले मात्रै घाटा खानुपर्ने यो अवस्था कहिले अन्त्य हुन्छ ?” “नेपाली बजारमा खपतको तुलनामा उत्पादन कम छ”, उनले भने, “तर किन किसान पलायन हुनुपर्ने अवस्था आउँछ भन्ने विषयको खोजी सम्बद्ध निकायले गरोस् ।” कुखुरा बजार व्यवस्थापन सङ्घले डेढ वर्षदेखि कुखुराको न्यूनतम मूल्य निर्धारण गर्न छाडेको छ ।

ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष टीकाराम पोखरेलले यो हप्ता मात्रै २५ प्रतिशत चल्ला नष्ट गरको बताए । अघिल्लो हप्ता ५० प्रतिशतसम्म चल्ला नष्ट गरिएको थियो । बिक्री र मूल्य नपाएपछि उनीहरुले चल्ला ह्याच नगरी नष्ट गरेको उनले बताए । कुखुराको कारोबार ह्वात्तै घटेपछि कुखुरा उत्पादन रोक्न चल्ला नष्ट गरिएको उनको भनाइ छ । ब्वायलर कुखुराको मासु बिक्री हुन छाडेपछि चल्लाको मूल्य पनि ह्वात्तै घटेको छ । सङ्घले तोकेको मूल्यभन्दा पनि निकै कममा कारोबार भइरहेको छ । कुखुरा बिक्री नभएपछि चल्लाको माग पनि कम छ ।

अध्यक्ष पोखरेलले भने, “निषेधाज्ञाले सबै ठप्प छ, किसानको खोरबाट कुखुरा उठेको छैन, मासु बिक्री गर्ने पसल खुल्न पाएका छैनन ।” किसानले चल्ला नहालेपछि नष्ट गर्नुको विकल्प नरहेको उहाँको भनाइ छ । “चल्ला लगेर ४५ दिनसम्म दाना खुवाएर पाल्दा रु एक सय पनि पाउन मुस्किल भएपछि कसले कुखुरा पाल्छ ?” उनले भने, “त्यही भएर अहिले चल्लाको बिक्री कम भएको हो । अहिले हामीले रु ३० मा चल्ला बिक्री गरिरहेका छौँ ।” चल्लाको लागत नै ५६ पैसा पर्ने उनले जानकारी दिए ।

उनले भने “लागतभन्दा आधा कममा कारोबार भइरहेको छ ।” देशभर ३२४ ह्याचरी उद्योग छन् । चितवन र नवलपुरमा मात्रै १३० उद्योग छन् । देशभर हप्ताको ३० लाख चल्ला उत्पादन हुने उहाँले जानकारी दिए।

नेपाल कुखुरा बजार व्यवसायी सङ्घका अध्यक्ष हरि लोहनीले बजारमा मासु बिक्री नभएका कारण समस्या भएको बताए। “उत्पादन ह्वात्तै बढ्यो तर बजार ठप्प छ”, उनले भने, “अनि कसरी भाउ पाउँछ ।” होटल रेष्टुरेन्ट बन्द हुँदा खाने मान्छे घेटेका कारण बिक्री कम भएको उनले बताए । किसानको खोर मूल्य न्यूनतम प्रतिकेजी रु ८० देखि एक सय सम्ममा कुखुरा उठाइरहेको लोहनीले बताए। पछिल्लो निषेधाज्ञा अघि जिउँदो कुखुरा प्रतिकेजी रु।२७० सम्म पुगेको थियो । किसानको कुखुरा खोरबाट उठिरहेको तर भाउ भने नपाएको उनले बताए । काठमाडौँमा मासु स्टक गर्न थालिएका कारण पनि कुखुरा बिक्री हुन समस्या नरहेको उनको भनाइ छ ।

सोह्र श्राद्ध शुरु भयो, फेरि मलमासको कुरा छ, दशैँमा पनि अवस्था यस्तै होला जस्तो छ । कुखुराको बजार के हुन्छ भन्ने नै अन्योल छ । कार्तिक नलागेसम्म

ब्वायलर कुखुुराको मूल्यमा समस्या नै भइरहने उहाँको बुझाइ छ । चितवनका किसानले उत्पादन गरेको कुखुरा काठमाडौँ, वीरगञ्ज, बुटवल, पोखरालगायत बजारमा बिक्री हुन्छ ।

आत्मनिर्भर बन्दै गएको पोल्ट्री व्यवसायमा हुने उतारचढावले साना लगानीकर्ताहरु पलायन हुने अवस्था सिर्जना हुँदै गएको छ । विगतमा बर्डफ्लु, भूकम्प लगायतका कारण पनि समय समयमा किसानले समस्या व्यहोर्नु परेको थियो । तर अहिलेको अवस्था त्योभन्दा पनि भयावह बनेको छ । कोरोनाको कहरले मुलुकको अरू क्षेत्र र व्यवसायलाई पनि मारमा पारेकै छ । तर यहाँका कुखुरापालक किसानहरु भने देशको अरु क्षेत्रभन्दा यो व्यवसायलाई बढी मार परेको बताइरहेका छन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies