Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

कानून मन्त्रालयका कर्मचारीमा संक्रमण, थाहा पाउनुहोस् आज कुन प्रदेशमा कति संक्रमित थपिए ?

काठमाडौं । प्रदेश नं १ मा पछिल्लो २४ घण्टाका अवधिमा ९५ जना कोरोनाबाट सङ्क्रमित भएका छन् । तिनमा ३० महिला र ६५ पुरुष छन् । सङ्क्रमितमा मोरङमा ४४, सुनसरीमा २८, झापामा १२, संखुवासभामा छ, धनकुटा र तेह्रथुममा दुईदुई तथा प्रदेश बाहिरका एक जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा पछिल्लो २४ घण्टामा ३३ जना कोरोनाबाट सङ्क्रमित भएका छन् । तीमध्ये १३ महिला र २० पुरुष छन् । मोरङको सुन्दरहरैंचामा तीन पुरुष, लेटाङमा दुई महिला र एक पुरुष, कटहरीमा दुई पुरुष, ग्रामथान र पथरीशनिश्चरेमा एक पुरुष र बूढीगङ्गामा एक महिलामा सङ्क्रमण देखिएको हो ।

यस्तै सुनसरीको धरानमा चार महिला र १७ पुरुष, इटहरीमा एक महिला र दुई पुरुष, बर्जु, भोक्राहा नरसिंह र स्थानीय तह नखुलेका एकएक पुरुष र देवानगञ्जमा एक महिला, झापाको कमल गाउँपालिकामा दुई महिला र चार पुरुष, बिर्तामोडमा चार महिला र एक पुरुष, अर्जुनधारामा एक पुरुष, संखुवासभाको खाँदबारीमा पाँच पुरुष र मादीमा एक पुरुष, धनकुटाको शहीदभूमिमा एक पुरुष, धनकुटा नगरपालिकामा एक महिला, तेह्रथुमको म्याङ्लुङमा एक महिला र एक पुरुष तथा प्रदेश बाहिरका एक पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

प्रदेश नं १ मा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार ६८० पुगेको छ । हालसम्ममा प्रदेशमा एक हजार ७४७ जना कोरोनाबाट मुक्त भएर घर फर्किसकेका छन् । पछिल्लो २४ घण्टाका अवधिमा एक हजार ७९० जनाको पिसिआर परीक्षण भई कुल ९३ हजार २९८ जनाको परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।

जनजीवन सहज बनाउन सुझाव
बन्दाबन्दी र निषेधाज्ञाले कोरोना रोकथाम एवं नियन्त्रण हुन नसक्ने सञ्चारकर्मीले सुझाव दिएका छन् । प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आज यहाँ आयोजित छलफलमा सञ्चारकर्मीले जनजीवनलाई सहज एवं सरल बनाउन कोरोना भाइरसका बारेमा नागरिकलाई सचेत र सजग बनाउनु नै उत्तम उपाय हो भन्दै उद्योग, व्यापार, व्यवसाय बन्द गरेर कोरोनाको रोकथाम एवं नियन्त्रण गर्न नसकिने बताए ।

सो अवसरमा आन्तरिक मामिलामन्त्री हिक्मतकुमार कार्कीले नागरिकले सरकारी सेवा पाउनबाट बञ्चित हुन नहुने बताउँदै बन्दाबन्दी र निषेधाज्ञाका विकल्पका बारेमा सुझाव दिन आग्रह गरे । उनले तत्काल सरकारी वा निजी विद्यालयहरु सञ्चालन नहुने जनाउँदै जनजीवन सहज एवं सरल बनाउन सरकारले आवश्यक योजना बनाउने जानकारी र्दिए।

आन्तरिक मामिला मन्त्रालयका निमित्त सचिव कमलबहादुर थापाले सञ्चारकर्मीलाई सार्वजनिक खरीद ऐनअनुसार नै विज्ञापन दिइएको जानकारी दिए ।

जनकपुर –प्रदेश नं २ मा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु हुनाका साथै २५२ जना नयाँ सङ्क्रमित थपिएका छन् । सो अवधिमा सप्तरी जिल्लामा एक जनाको मृत्यु भएको छ । यससमेत गरी प्रदेशमा अहिलेसम्ममा ९६ जनाको मृत्यु भइसकेको छ ।

सोही अवधिमा धनुषाबाट ६३ , महोत्तरीबाट १९, सर्लाहीबाट ३०, रौतहटबाट ४६, बाराबाट २५ र पर्साबाट ६९ गरी २५२ नयाँ सङ्क्रमित थपिएको समाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशमा अब सङ्क्रमितको सङ्ख्या १० हजार ८०८ पुगेको छ । तीमध्ये आज १८३ जना उपचार गराई निको भएर घर फर्केका छन् । उपचार गराइ निको भएर घर फर्केनेको सङ्ख्या पाँच हजार २५४ पुगेको छ ।

प्रदेशमा १९६ क्वारेन्टिन रहेकामा घटेर १७७ कायम भएको छ । सो क्वारेन्टिनमा ५५५ जना बसेका छन् । होम क्वारेन्टिनमा एक हजार ६६२ , आइसोलेशनमा एक हजार २५ र होम आइसोलेशनमा चार हजार ४३३ जना रहेको सो मन्त्रालयले जनाएको छ ।

गण्डकी– पोखरा महानगरपालिकाका १० वटा वडामा आज अपराह्न थप २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले आज अपराह्न तेस्रो विज्ञप्तिमार्फत कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको परीक्षणका क्रममा महानगरका २९ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको हो ।

पोखरा महानगरका १, ५, ८, १०, १२, १३, १४, १६, २७ र ३० नं वडाका २१ देखि ५२ वर्ष उमेर समूहका महिला तथा पुरुषमा संक्रमण पुष्टि भएको हो ।

त्यसै गरी तनहुँ, व्यास –१ र ४ का २९ वर्षीया दुई महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या दुई हजार ३०८ पुगेको छ ।

व्यवसाय सञ्चालनको वातावरण बनाउन आग्रह
रुपन्देही– यहाँका उद्योगी व्यवसायीले निर्बाधरुपमा व्यापारव्यवसाय सञ्चालनको वातावरण बनाउन सरकारसँग माग गरेका छन् । उनीहरुले कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन गरिएको बन्दाबन्दीले मुलुकको अर्थतन्त्र ध्वस्त हुनाको साथै निजी क्षेत्रको लगानीसमेत धाराशायी भएकाले विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले लागु गरेको स्वास्थ्य मापदण्ड पालना गर्नेगरी व्यापार यवसाय सञ्चालन गर्ने वातावरण बनाइदिन सरकारसँग माग गरेका हुन् ।

बुटवल उद्योग वाणिज्य संघ, सिद्धार्थ उद्योग वाणिज्य संघ, तिलोत्तमा उद्योग वाणिज्य संघ, सैनामैना उद्योग वाणिज्य संघ र देवदह उद्योग वाणिज्य संघले आज संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गरी यही भदौ २० गतेपछि व्यवसाय सञ्चालनको वातावरण बनाउन जिल्ला प्रशासन कार्यालय रुपन्देही र जिल्लाका १६ वटै स्थानीय तहलाई आग्रह गरेका छन् ।
यस्तै रुपन्देही उद्योग संघले पनि सुरक्षा सतर्कता अपनाएर उद्योग व्यसाय खोल्ने अनुमति दिन माग गरेको छ ।

कानून मन्त्रालयका कर्मचारीमा संक्रमण
कर्णाली– कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका कर्मचारीमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । मन्त्रालयमा कार्यरत एक कार्यालय सहयोगी, तीन सशस्त्र प्रहरी तथा एकएक चालक र नेपाल प्रहरीका गरी छ जनामा कोरोना संक्रमण देखिएको हो ।

सुरक्षाकर्मी तथा कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि मन्त्रालयले अत्यावश्यकबाहेकका सबै सेवा प्रवाह बन्द गरेको छ । आन्तरिक मामिलामन्त्री नरेश भण्डारीले मन्त्रालयका एक कर्मचारी, निवास र मन्त्रालयका पाँच सुरक्षाकर्मीमा संक्रमण देखिएपछि आफू होम आइसोलेशनमा बसेको बताए । अब मन्त्रालयका बाँकी कर्मचारीको स्वाब लिएर सामान्यावस्था भएपछि प्रवाह हुने सेवालाई नियमित गरिने उनको भनाइ थियो ।

कर्णाली प्रदेश सरकारका प्रवक्ता विमला केसीले संक्रमितको कन्ट्याक्टमा रहेका अन्य कर्मचारी तथा सुरक्षाकर्मीको ट्रेसिङ भइरहेको बताए । मन्त्रालयका अन्य कर्मचारी पनि आइसोलेशनमा रहेको जनाइएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies