


कास्कीमा पाडापाडी र बाच्छी हुर्काउन कृषकलाई अनुदान वितरण गर्न रु ४० लाख बजेट विनियोजन


-
-
भदौ १८ गते, २०७७ - १३:५९

कास्की । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कास्कीले गाई भैँसीका बाच्छी/पाडी हुर्काउने कृषकलाई अनुदान दिने भएको छ । जिल्लामा गत वर्ष पहिलोपटक १०० वटाबाट शुरुआत गरिएको यस कार्यक्रमअन्तर्गत यस वर्ष ४०० वटालाई अनुदान वितरण गर्न रु ४० लाख बजेट विनियोजन गरिएको विज्ञ केन्द्रका प्रमुख एवं वरिष्ठ पशु विकास अधिकृत डा शोभा आचार्यले बताए । केन्द्रले कृषकलाई प्रतिपाडी बाच्छी रु १० हजारका दरले अनुदान दिने गरेको छ ।
प्रोत्साहन रकम लिनका लागि कृषकले कृत्रिम गर्भाधानबाट जन्मेको प्रमाणसहित कम्तीमा एक वर्ष उमेरको कोरली बाच्छी तथा पाडी भएको भनी प्राविधिकले प्रमाणित गरेपछि अनुदानका लागि आवेदन दिन सक्नेछन् ।
पाडी÷बाच्छी हुर्काउन लागत बढ्दा कृषकले झन्झट मान्ने र शुरुमै गोठबाट हटाउने गरेकाले उनीहरुलाई प्रोत्साहन कार्यक्रम ल्याएर त्यसबापत अनुदान दिएर बाहिरबाट गाईभैँसी आयात गर्नुपर्ने अवस्थाको अन्त्य गर्ने लक्ष्य रहेको कार्यालय प्रमुख आचार्यले बताए ।
प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले यस कार्यक्रमका लागि गत वर्ष रु १० लाख बजेट विनियोजन गरेको थियो । गत वर्ष जिल्लाको माछापुच्छ«े गाउँपालिका र डिसिआइपी हर्ड (गाई÷भैँसी वंश सुधार) कार्यक्रम लागू भएका फार्ममा यो कार्यक्रम सञ्चालन गरिएको थियो ।
“उन्नत नश्लका पाडी बाच्छी हुर्काउँदै उत्पादनयोग्य बनाएर विदेशबाट गाईभैँसी आयात गनुपर्ने बाध्यताको अन्त्यका लागि प्रोत्साहन कार्यक्रम ल्याएका हौँ, गत वर्षको कार्यक्रम कार्यान्वयन सफल भयो, चालु वर्ष यसलाई थप व्यवस्थित गरी सञ्चालन गर्दछौँ”, आचार्यले भने ।
आर्थिक वर्ष २०७६/०७७ मा पाडापाडी तथा बाच्छी हुर्काउने ९३ जना कृषकका १०० पाडी÷बाच्छीलाई रु १० हजारका दरले अनुदान वितरण गरिएको थियो । स्वदेशमै गाई भैँसीमा आत्मनिर्भर बन्दै स्रोतको रुपमा विकास गर्ने लक्ष्य सरकारको छ ।
विज्ञ केन्द्रले गत वर्ष ६३ वटा पशुपक्षी मोडल फार्मलाई रु एक करोड ९३ लाख ९७ हजार नगद अनुदान प्रदान गरेको छ । त्यसैगरी फ्रेस हाउस सुधार कार्यक्रमअन्तर्गत नौ वटा पसललाई रु दुई लाखका दरले रु १८ लाख तथा डेरी पसल सुधार कार्यक्रममा तीन पसललाई रु एक लाखका दरले सहयोग उपलब्ध गराइएको जनाइएको छ ।
पशु आनुवंशिक स्रोत संरक्षण कार्यक्रमअन्तर्गत स्थानीय जातका पारकोटे र लिमे भैँसी संरक्षणका लागि २० कृषकलाई भकारो सुधार सहयोग, तालीम तथा खोप सेवा प्रदान गरिएको बताइन्छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भारतमा गणतन्त्र दिवसका दिन किसानहरुको ट्याक्टर र्याली
नयाँदिल्ली । भारतका किसानहरुले गणतन्त्र दिवसका अवसरमा ट्याक्टर र्याली प्रदर्शन गरेका छन् । कृषि...अमेरिका प्रवेश गर्न कोरोना रिपोर्ट नेगेटिभ चाहिने
वासिङ्टन । अमेरिका उडान गर्न चाहने यात्रुहरुले कोरोना नेगेटिभ भएको रिपोर्ट देखाउनु पर्ने भएको छ । त्यस्तो...चीन र न्यूजील्यान्डबीच स्वतन्त्र व्यापार सम्झौता
बेइजिङ । चीन र न्यूजील्यान्डबीच १२ वर्षअघि सम्पन्न स्वतन्त्र व्यापार सम्झौतालाई पुनः अद्यावधिक गरी...ट्रम्पद्वारा फ्लोरिडामा “पूर्व राष्ट्रपतिको कार्यालय” स्थापना
पाल्म बिच । अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो गृहराज्य फ्लोरिडामा “पूर्व राष्ट्रपतिको...सडक सञ्जालमा जोडिए दैलेख र कालीकोट
मान्म । दैलेखको भैरवी गाउँपालिका र कालीकोटको शुभकालिका गाउँपालिका सडक सञ्जालमा जोडिएका छन् । दैलेखको...पत्रकार महासङ्घका ६ पूर्वाध्यक्ष पुरस्कृत
दमौली । नेपाल पत्रकार महासङ्घ तनहुँका ६ पूर्वाध्यक्ष पुरस्कृत भएका छन् । शाखाको आज आयोजित बाह्रौँ...भारततर्फ बेच्न लगिरहेको सात वर्षीया बालिकाको उद्धार, दुई दलाल पक्राउ
जनकपुरधाम । ललाइफकाई भारततर्फ लगिरहेका अवस्थामा सात वर्षीया बालिकालाई धनुषाको सीमावर्ती जटही नाकाबाट...छापावाला सुनको मुल्यमा वृद्धि, चाँदीको मूल्यमा भने सामान्य गिरावट
काठमाडौँ । स्थानीय बजारमा आज पहेंलो धातुको मूल्यमा सामान्य वृद्धि भएको छ । छापावाला सुन तोलामा रु...काभ्रेपलाञ्चोक मदन भण्डारी विश्वविद्यालयलाई निजी जग्गा अधिग्रहणको प्रक्रिया
काभ्रेपलाञ्चोक । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका लागि काभ्रेपलाञ्चोकको पाँचखाल...प्रदेश नं १ का ३५ हजार स्वास्थ्यकर्मीलाई कोरोना विरुद्धको खोप लगाइने
मोरङ । प्रदेश नं १ मा बिरामीको सेवामा अग्रभागमा खटिने स्वास्थ्यकर्मी र सफाइ कर्मचारी गरी ३५ हजारलाई...
