Khabar Dabali Logo
  January 27, Wed

कर्मचारीमा कोरोना देखिएपछि रक्तसञ्चार केन्द्र ‘सिल’

चितवन । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरमा कार्यरत दुई जना कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि केन्द्र ‘सिल’ गरिएको छ । केन्द्रका प्रमुख रमेशकान्त पौडेलका अनुसार चालक र प्राविधिकलाई सङ्क्रमण देखिएको हो । यससँगै आज बिहानदेखि केन्द्र सिल गरिएको उनले जानकारी दिए ।

केन्द्रलाई पूर्णरुपमा निर्मलीकरण र कर्मचारीलाई कन्ट्याक्ट ट्रेसिङ गरेसँगै केन्द्र सञ्चालनमा आउने पौडेलले जानकारी दिए । पौडेलले विश्व स्वास्थ्य सङ्गठन र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशिकालाई पूर्ण पालना गरेर निर्मलीकरण गरिने जानकारी दिए । तत्काल रगत चाहिने बिरामी प्रभावित भएका छन् ।

घुम्ती शिविरबाट २८६ युनिट रगत सङ्कलन

जिल्लामा कोभिड–१९ का कारण रगतको अभाव भएपछि नेपाली युवा उद्यमी मञ्च चितवनले टोलटोलमा मोबाइल क्याम्प खडा गरी २८६ युनिट रगत सङ्कलन गरेको छ । भदौ ८ गतेदेखि आठ दिनमा १७ ठाउँमा रक्तदान कार्यक्रम गरिएको हो ।

मञ्चका द्वितीय उपाध्यक्ष सूर्यभक्त अधिकारीका अनुसार आजलाई रोकेर भोलिदेखि यो अभियानलाई निरन्तरता दिइनेछ । रक्तसञ्चार केन्द्र भरतपुरका दुई कर्मचारीलाई सङ्क्रमण भएपछि एक दिनलाई कार्यक्रम रोकिएको उनले जानकारी दिए । धर्मचोकबाट शुरु भएको अभियानअन्तर्गत गैँडाकोट, गीतानगर, नारायणगढ, सौराहा, शुक्रनगर, जिल्ला प्रहरी कार्यालय चितवन परिसरलगायतका क्षेत्रमा शिविर गरिएको हो । मञ्चका सदस्य अर्जुन रानाभाटका अनुसार गीतानगरको केशरबाग र जिल्ला प्रहरी कार्यालयमा धेरै युनिट रगत सङ्कलन भएको थियो ।

रगतको अभाव भइरहेका बेला थोरै मानिस जम्मा गरेर उच्च सावधानीका साथ गरिएकाले टोलटोलबाट रक्तदानका लागि टेलिफोन आउने गरेको रानाभाटले जानकारी दिए । मञ्चका अध्यक्ष कृष्णप्रसाद सापकोटाले नेपाल सरकारको सङ्क्रमण ऐनभित्र रही सम्पूर्ण कार्य गरिएको जानकारी दिए । मञ्चले चितवन र छिमेकी जिल्लाका आआफ्नो टोलमा संयोजन गरी मिति, समय र टोलको नाम टिपाउन अनुरोध गरेको छ ।

रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलले कोरोना त्रास र जोखिमका कारण रगतको अभाव भइरहेका बेला यो अभियान निकै उपयोगी भएको बताए । उनले भने, “सङ्कटका बेलामा मञ्च सबैका लागि सहयोगी बन्यो ।” यसअघि दैनिक ६० पोकासम्म रगत सङ्कलन हुँदै आए पनि निषेधाज्ञापछि रगत सङ्कलन हुन छाडेको छ । अहिले आकस्मिक बिरामीका लागि रगत पाउने अवस्था नभएको उनले बताए । जिल्लामा तेस्रो साता निषेधाज्ञा जारी छ । पौडेलका अनुसार जिल्लाका अस्पतालमा दैनिक औसत १५० युनिट रगत आवश्यक पर्छ ।

केन्द्रले यसअघि चितवनसँगै नवलपुर, बारा, सर्लाही, रौतहट, मकवानपुरलगायतका जिल्लाबाट रगत सङ्कलन गरेर ल्याउने गर्दथ्यो । अहिले ती जिल्लामा रक्तदान कार्यक्रम भएका छैनन् । रगतको अभावका कारण सुत्केरी र क्यान्सरका बिरामी बढी प्रभावित भएका छन् । बाहिरी जिल्लाबाट आएका बिरामीका आफन्तले यहाँ रक्तदाता जुटाउन मुस्किल पर्ने गरेको छ । कोरोना त्रासका कारण विगतमा रक्तदान गर्नेसमेत अहिले डराएका छन् ।

भदौ १७ गते, २०७७ - १३:५३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रिपब्लीकन सिनेटरहरु ट्रम्पमाथिको महाभियोगको विपक्षमा उभिने संकेत

वासिङ्टन । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको महाभियोग प्रस्तावको विपक्षमा सबैजसो...   
प्रमबाट कोभिड–१९ विरुद्धको खोप अभियान शुभारम्भ: तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क

प्रमबाट कोभिड–१९ विरुद्धको खोप अभियान शुभारम्भ: तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क

काठमाडौँ । ‘स्वास्थ्य समृद्धि र सुरक्षा, कोभिड–१९ खोपले गर्छ रक्षा’ भन्ने नाराका साथ मुलुकभर आजदेखि...   

कृषिमा विदेशी लगानी भित्र्याउने निर्णय फिर्ता लिन आग्रह

काठमाडौँ । कृषिलाई व्यापारीकरण नगरी व्यवस्थित र मर्यादित बनाउन माग गरिएको छ । सरकारले हालै कृषिमा...   

चीनमा कोरोना भाइरसका सङ्क्रमित दिन प्रतिदिन बढ्दै

बेइजिङ । चीनमा कोरोना भाइरसका नयाँ सङ्क्रमतिहरु प्रत्येक दिन जसो भेटिन थालेको यहाँका स्वास्थ्य अधिकारीहरुले...   

जुम्ला आगलागी पीडितलाई राहत र पुनःस्थापना गर्न राष्ट्रपतिबाट ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले जुम्लाको गोठीगाउँमा मङ्गलबार भएको आगलागीबाट दुई दर्जनभन्दा...   

सबै राष्‍ट्रमा खोपको न्यायोचित वितरण समुचित मूल्यमा हुनुपर्छः राष्ट्रपति भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरूद्धको अभियानमा अग्रपङ्क्तिमा रही सेवा...   

सञ्चारकर्मीले पारिश्रमिक नपाएको गुनासो

रसुवा । निजी क्षेत्रका सञ्चार गृहमा काम गर्ने सञ्चारकर्मीले पारिश्रमिक नपाएको गुनासो पोखेका छन्...   

विकासका दृष्टिले रुपन्देहीका कुनै क्षेत्रलाई पछाडी पर्न नदिने अर्थमन्त्री पौडेलको प्रतिबद्धता

रुपन्देही । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकासका दृष्टिले रुपन्देहीका कुनै क्षेत्रलाई पछाडी...   

कृषकका खेतमै धारा जडान कार्यक्रम

झापा । झापाको कूल खेतीयोग्य जमीनमध्ये ५३ प्रतिशत भू–भागमा सिँचाइ सुविधा छ । बाँकी भू–भागमा सिँचाइ...   

भूमाफियाले हत्याएको गुठीको जग्गा २३ वर्षपछि फिर्ता

झापा । भूमाफियाको चलखेलका कारण नक्कली मोही खडा गरी व्यक्तिको स्वामित्वमा गइसकेको झापाको विर्तामोडस्थित...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top