


फेरि मौसम बदली, विभिन्न प्रदेशका केही ठाउँमा भारी वर्षा


-
-
भदौ १६ गते, २०७७ - १७:४७

काठमाडौं । दुई दिन केही सफा भएको नेपालको मौसम आजदेखि पुनः बदली भएर ठाउँठाउँमा वर्षा हुन थालेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार र आइतबार मौसम अधिकांश क्षेत्रमा सफा भए पनि आजदेखि तीन दिन बदली हुनेछ । मौसमविद् समिर श्रेष्ठले अहिले मुलुकका विभिन्न क्षेत्रमा पानी परिरहेको जानकारी दिए ।
मनसुन न्यून चापीय रेखा नेपालको पूर्व र मध्य क्षेत्रको अलि नजिक आएकाले धेरैजसो स्थानमा मौसम बदली छ । श्रेष्ठका अनुसार प्रदेश १ र २ मा हल्का पानी परिरहेको । आज मौसम पश्चिमतिर पनि सर्ने क्रममा रहेकाले वाग्मती प्रदेशमा पनि बदली भएर ठाउँठाउँमा पानी परिरहेको छ ।
वाग्मती र गण्डकीसहित प्रदेश १, २ र ५ का केही स्थानमा आज र बुधबार भारी वर्षाको सम्भावना छ । पश्चिम सर्ने क्रममा बुधबार कर्णाली र सुदूरपश्चिममा पनि असर गर्ने श्रेष्ठले बताए । “थोरै ठाउँमा भारी वर्षा हुन्छ, हल्का पानी भने मुलुकका अधिकांश ठाउँमा पर्छ”, मौसमविद् श्रेष्ठले भने ।
प्राप्त विवरणअनुसार आज प्रदेश १ का ताप्लेजुङ र धनकुटा तथा वाग्मती प्रदेशका रसुवा र काठमाडौँमा पानी परेको छ । गोरखाको बारपाक स्टेशनले सबैभन्दा बढी पानी परेको देखाएको छ । आज प्रदेश नं ५ को पूर्वी भूभाग नवलपुर बर्दघाट क्षेत्रमा पानी परेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा बुधबार मौसम बदली भई समग्रमा तीन दिन धेरै स्थानमा पानी पर्ने सम्भावना छ । पछिल्लो केही दिन खासै पानी नपरेकाले माटोमा पानी सोस्ने क्षमता वृद्धि भएको तर भारी वर्षा भयो भने जोखिम कायमै रहेको जनाइएको छ ।
अहिले मनसुन सक्रिय नै छ । मुख्यतः सेप्टेम्बर २३ देखि मनसुन हराउँदै जाने तर नेपालमा एकै पटक मनसुन घट्ने नभई पाकिस्तानबाट विस्तारै फर्किँदै जाने हुन्छ । त्यसपछि मात्रै नेपालबाट हट्छ । “पछिल्ला केही वर्षको अवस्था हेर्दा अक्टोबर पहिलो हप्तासम्म मनसुन सक्रिय भएको देखिन्छ”, मौसमविद् श्रेष्ठले भने, “यसपाली पनि सेप्टेम्बरमा मनसुन सकिने सम्भावना कम छ ।” यसपाली नेपालमा औसत मनसुन रहे पनि मनसुनपूर्व नै भारी वर्षा हुँदा जमिन गलेकाले पहिराका ठूलो घटना हुन पुग्यो । यसबाट जनधनको ठूलो क्षति भएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पूर्वजनमुक्ति सेनालाई प्रधानमन्त्रीको आश्वासन : अब विगतमा जस्तो धोका पाउनुहुने छैन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व जनमुक्ति सेनाका समस्या राजनीतिक रुपमा समाधान हुने...जनताका घरदैलामा जान थापाको आग्रह
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा अहिले देखापरेको संवैधानिक...प्रचण्ड–माधव समूहको नेकपा स्थायी कमिटीको बैठक आइतबार बस्ने
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहको स्थायी कमिटीको बैठक आइतबार बस्ने...प्रधानमन्त्री कप क्रिकेट : लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले हरायो
काठमाडौं । चौथो संस्करणको प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेटमा लुम्बिनी प्रदेशले सुदूरपश्चिम...मलेशियाबाट १८ जना नेपालीको शव ल्याइयो
काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० को वाइड बडी ए३३० जहाजले मलेशियाबाट...रेलमार्गमा टिकटक बनाउँदा एक युवाको मृत्यु
इस्लामबाद । पाकिस्तानमा रेलको ठक्करबाट एक युवाको मृत्यु भएको प्रहरी स्रोतले शनिबार जानकारी दिएको...राष्ट्रपति बाइडेनका चुनौती, तीन दिनभित्र ३० वटा कार्यकारी आदेशमा हस्ताक्षर
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले गत बुधबार अर्थात् जनवरी २० मा अमेरिकाको ४६औं राष्ट्रपतिका...कर्मचारीको राजीनामा र अवकाशपत्रको स्वीकृत स्थानीय तहबाटै
काठमाडौं । सरकारले स्थानीय तहका कर्मचारीको राजीनामा र अनिवार्य अवकाशपत्रको स्वीकृत स्थानीय तहैबाट...आजदेखि कोरोना खोप सातवटै प्रदेशमा पठाइँदै
काठमाडौं । कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ आजदेखि सातवटै प्रदेशमा पठाउन थालिएको छ । भारत सरकारले...कोरोना भाइरसको नयाँ प्रजाति पहिलेको भन्दा धेरै खतरनाक : प्रधानमन्त्री जोनसन
लन्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोना भाइरसको नयाँ प्रजातिको सङ्क्रमण पहिलेको भन्दा...
