


ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख २० हजार भन्दा बढी


-
-
भदौ १५ गते, २०७७ - ११:०९

ब्राजिल । कोरोना भाइरससँग लडिरहेको ब्राजिलमा गएको २४ घन्टाभित्र १६ हजार जनाभन्दा बढीको संख्यामा सङ्क्रमितहरु भेटिएका छन् ।
प्राप्त समाचारअनुसार यहाँ पछिल्लो २४ घण्टामा मात्र १६ हजार १५८ जना कोभिड १९ का सङ्क्रमित भेटिएका बताइएको हो । तर अधिकारीहरुले यो संख्या भने पहिलेको भन्दा कम भएको पनि बताएका छन् ।
त्यसैगरी यहाँ गएको २४ घन्टामा ३६० जनाको मृत्यु भएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ ३६० जनाको गएको २४ घन्टामा नै निधन भएको हो ।
यहाँ यस अघिका दिनहरुको तुलनामा सङ्क्रमितको संख्यामा भने कमी आएको बताइएको छ । प्राप्त समाचारमा यहाँ अघिल्लो हप्तामा दिनमा ५० हजार जना सम्ममा पनि सङ्क्रमण देखिएको थियो ।
तर त्यो संक्रमणको संख्या घटेर १६ हजारमा आएको देखिएको छ । सङ्क्रमितको संख्याका साथै मृत्युमा पनि कमी आएको पनि सो मन्त्रालयले जानकारी दिएको छ ।
सो मन्त्रालयले दिएको जानकारीअनुसार ब्राजिलमा मृत्यु हुने संक्रमितको संख्या १ लाख २० हजार ८०० पुगेको छ ।
यहाँ सङ्क्रमित संख्या लाखौँ पुगेका छ । प्राप्त पछिल्लो समाचारअनुसार यहाँ ३८ लाख ६२ हजार ३११ जनामा सङ्क्रमण भएको पाइएको छ ।
शनिबार मात्र पनि यहाँ ४० हजारजना भन्दा बढी सङ्क्रमित भेटिएका थिए । त्यस्तै मृत्युको संख्या ७०० भन्दा पनि बढी थियो । त्यसको तुलनामा आइतबार कम देखिएको बताइएको छ ।
यहाँका ३० लाखभन्दा बढी नागरिक भने निको भएर घर फर्किएका छन् । यहाँ संयुक्त राज्य अमेरिकापछि धेरै संक्रमित देखिएका बताइएको ।
ब्रालिज लामो समयदेखि नै अमेरिकापछि सबैभन्दा बढी संक्रमित हुने देशको सूचीमा रहेको छ । अमेरिकामा कोरोना भाइरसका करिब ६० लाख मानिस सङ्क्रमित पाइएका छन् ।
पछिल्लो समाचारमा अमेरिकामा मात्र कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि १ लाख ८३ हजार पुगेको बताइएको छ । अमेरिकामा संक्रमण र मृत्युको संख्या दिनप्रतिदिन बढिरहेको देखिएको छ । एएनआई

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बजारमा सुनको मूल्य बढ्यो, तोलामा कति पुग्यो ?
काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । छापावाल सुन बुधबारको तुलनामा ६०० रुपैयाँ...काठमाडौँ महानगरपालिकाद्वारा तीन विधेयक पारित
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको आठौँ अधिवेशनले तीन वटा विधेयक पारित गरेको छ । पारित भएका विधेयकमा...चितवनमा छ महिनाको अवधिमा २१६ दुर्घटना
चितवन । जिल्लामा चालु आर्थिक वर्षको छ महिनामा २१६ वटा दुर्घटना भएको छ । ती दुर्घटनामा परी ५८ जनाको मृत्यु...दिल्लीद्वारा सन्दीप लामिछानेलाई फुकुवा, अब अन्य टोलीबाट खेल्ने बाटो खुल्यो
आगामी संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) का लागि नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई दिल्ली...अमेरिकाको ४६औं राष्ट्रपतिमा जो बाइडेनले लिए सपथ, ट्रम्प फ्लोरिडामा
वासिङटन । अमेरिकाको ४६औं राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले क्यापिटोल हिलमा बुधबार आयोजित समारोहमा...तनहुँ जलविद्युत् आयोजना : प्याकेज २ मा एक अर्ब खर्च
तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको...वडास्तरीय प्रदर्शनमा घरघरबाट सहभागिता जनाउन सभापति देउवाको आग्रह
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनविरुद्ध पार्टीले छ हजार...फरक मत, असहमति वा असन्तुष्टिलाई सम्मान गर्नुपर्दछ : मुख्यमन्त्री पौडेल
हेटाैडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले फरक मत, असहमति वा असन्तुष्टिलाई सम्मान गरिने...प्रधानमन्त्रीको भाषणबारे न्यायाधीशले भने : तपाईं प्रभावित हुुनुहुन्न भने हामीपनि हुन्नौं
काठमाडौं । संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा प्रभावित हुनेगरी प्रधानमन्त्री केपी...ओखलढुङ्गामा मध्यावधि निर्वाचनको तयारी थालियो
ओखलढुङ्गा । यहाँ मध्यावधि निर्वाचनको तयारी थालिएको छ । सरकारले पुस ५ गते सङ्घीय संसद् विघटन गरी आगामी...

प्रतिकृया लेख्नुहोस्:
- दिल्लीद्वारा सन्दीप लामिछानेलाई फुकुवा, अब अन्य टोलीबाट खेल्ने बाटो खुल्यो
- निर्वाचन चहलपहल : भोजपुरका आधा दर्जन मतदानस्थल परिवर्तन, ६ वटा केन्द्र थप
- अमेरिकाको ४६औं राष्ट्रपतिमा जो बाइडेनले लिए सपथ, ट्रम्प फ्लोरिडामा
- तनहुँ जलविद्युत् आयोजना : प्याकेज २ मा एक अर्ब खर्च
- फरक मत, असहमति वा असन्तुष्टिलाई सम्मान गर्नुपर्दछ : मुख्यमन्त्री पौडेल