Khabar Dabali Logo
  September 26, Sat

गोरखामा निषेधाज्ञा सोमबारदेखि हटाइने

गोरखा । गोरखामा भदौ १ गतेदेखि जारी निषेधाज्ञा हटाउने निर्णय गरिएको छ । आज बसेको कोभिड–१९ को रोकथाम नियन्त्रण र न्यूनीकरणका लागि गठित जिल्लास्तरीय कमाण्ड पोष्टको बैठकले जारी निधेषाज्ञा हटाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जानकारी दिए ।

बैठकले जिल्लाभित्र आन्तरिकरुपमा व्यक्तिगत प्रयोजनका लागि निजी सवारी साधन सञ्चालन गर्न दिने निर्णय पनि भएको उनले बताए । “जिल्ला भित्रै निजी सवारी साधन आफ्नै प्रयोजनका लागि चल्न पाउनेछन्”, उनले भने, “तर त्यस्ता सवारी साधनमा चालकसहित तीन जनाभन्दा बढी यात्रु चढ्न पाइने छैन ।”

त्यस्तै जिल्लाभित्र होटल, ब्यूटीपार्लर, शैलुन, जिमखानाबाहेकका पेशा व्यवसाय स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने सोमबारदेखि सञ्चालन गर्न दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिए । प्रजिअ भट्टराईले जिल्लाभित्र सार्वजनिक यातायात भने तत्काल सञ्चालन गर्न दिने अवस्था नरहेको बताए ।

जिल्लाभित्र अत्यधिक भीडभाड हुने सरकारी तथा निजी सङ्घसंस्थालाई भने तालिका बनाएर खुल्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भट्टराई बताए । “मालपोत, जिल्ला प्रशासन कार्यालयलगायत केही सरकारी कार्यालय र निजी सङ्घसंस्था कुन बार, कसरी सञ्चालन गर्ने भन्ने योजना बनाउँदै छौँ”, उनले भने, “मापदण्ड बनाएर कहिले, कुन बार के सेवा दिने भन्ने छुट्याएर सञ्चालन गर्दैछौँ ।”

छिमेकी जिल्ला तनहुँ, चितवन र धादिङमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि गोरखा जिल्ला यही भदौ १ गतेदेखि १४ गतेसम्म निषेधाज्ञा गरी गरिएको थियो ।

भदौ १४ गते, २०७७ - १९:१४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बीपी प्रतिष्ठानमा एक कोरोना संक्रमितको मृत्यु, धरानमा मृत्यु हुनेको सङ्ख्या १४ पुग्याे

धरान । कोरोना सङ्क्रमणबाट यहाँ एक पुरुषको मृत्यु भएको छ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान...   

ब्राजिलमा कोरोनाबाट १ लाख ४० हजारभन्दा बढीको मृत्यु

ब्राजिल । ब्राजिलमा कोरोनाको महामारी रोकिने संकेत अझै देखिएको छैन । यहाँ प्रत्येक दिन हजारौँको संख्यामा...   

चितवन मेडिकल कजेलमा उपचार हुँदाहुँदै एक संक्रमितको मृत्यु

चितवन । जिल्लामा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कजेलमा उपचाररत हेटौँडा...   
सैनिक विमान दुर्घटनामा २५ जनाको मृत्यु

सैनिक विमान दुर्घटनामा २५ जनाको मृत्यु

किभ । युक्रेनमा भएको सैनिक विमान दुर्घटनामा परी कम्तीमा पनि २५ जनाको ज्यान गएको बताइएको छ । युक्रेनका...   

चितवनमा स्क्रबटाइफस र डेङ्गुका बिरामी ह्वात्तै बढे

चितवन । कोरोना सङ्क्रमणका बेला यहाँ स्क्रबटाइफस र डेङ्गुका बिरामी बढेका छन् । भरतपुर अस्पतालमा दुई...   

प्रदेशसभा बैठक दुई महिनादेखि स्थगित

कर्णाली । कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण लामो समयदेखि कर्णाली प्रदेशसभाको बैठक बस्न सकेको...   

बिर्तामोडमा माइक्रोको ठक्करबाट पैदलयात्री लिम्बूको मृत्यु

झापा । झापाको बिर्तामोड नगरपालिकामा माइक्रो बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । शुक्रबार...   

झापाको कारागारमा सयौं कैदिलाई कोरोना, कैदीबन्दी त्रसित

झापा । झापा कारागारमा सात जना कैदीबन्दीलाई एकैपटक कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि त्रास फैलिएको...   

हालसम्म ७६ हजार ९६७ नेपाली स्वदेश फर्किए, सबैभन्दा बढि कुन देशबाट फर्किए ?

काठमाडौं । कोभिड–१९ विश्वव्यापी सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिले विदेशमा अप्ठेरोमा परेका ७६...   

भरतपुरको टिकौली जंगलमा ट्रकको ठक्करबाट दुर्घटनामा पुरन गिरीको मृत्यु

चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १२ टिकौली जङ्गलमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top