Khabar Dabali Logo
  September 26, Sat

पृथ्वीराजमार्ग ३ दिनदेखि एकतर्फी सञ्चालनमा

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–२ स्थित ऐनापहरा नजिक सुक्खा पहिरो खस्दा अवरुद्ध भएको राजमार्ग तीन दिनदेखि एकतर्फीपमा सञ्चालनमा आएको छ । गत शुक्रबार बिहान सडकभन्दा माथि डाँडाबाट सुक्खा पहिरोसँगै ठूलाठूला ढुङ्गा खसेपछि हटाउन नसक्दा एकतर्फी मात्रै सवारी सञ्चालनमा ल्याइएको हो ।

ठूला ढुङ्गा खसेर सडक अवरुद्ध हुँदा ठूला सवारीलाई आवतजावतमा समस्या भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक विकास थापाले जानकारी दिए । पहिरोले राजमार्ग अवरुद्ध भएलगत्तै दुई डोजर प्रयोग गरेर माटो पन्छाए पनि ढुङ्गा हटाउन नसक्दा समस्या आएको हो । उनले भने, “ढुङ्गा हटाएर दुईतर्फी सवारी साधन सञ्चालनमा ल्याउन पहल भइरहेको छ ।”

अवरुद्ध राजमार्ग एक घण्टाको अवधिमा पहिरो हटाएर एकतर्फी सवारीसाधान सञ्चालन गरिए पनि ढुङ्गा हटाउन नसक्दा दुईतर्फी गर्न कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एवं प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए । वर्षायामको समय उक्त क्षेत्रमा पटक–पटक पहिरो खसेर राजमार्ग अवरुद्ध हुने गरे पनि वर्षा नभएको समयमा समेत सुक्खा पहिरो खस्दा सर्वसाधारणले सहजरूपमा आवतजावत गर्न पाएका छैनन् ।

भदौ १४ गते, २०७७ - १०:३७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाजुराका ‘अर्गानिक’ स्याउ उपभोक्ताको रोजाइमा

बाजुरा । बाजुरा जिल्लामा उत्पादन भएको अर्गानिक (जैविक) स्याउ धनगढीलगायतका शहरी क्षेत्रका उपभोक्ताको...   

बाँकेमा बालविवाहको चुनौती

बाँके । बाँकेमा ‘विहेबारी, बीस वर्षपारि’ भन्ने नाराको व्यावहारिक परिपालना समुदायस्तरमा गराउन सरोकारवाला...   

मौसममा क्रमिक सुधार, पूर्वी क्षेत्रमा भने अहिले पनि वर्षा

काठमाडौँ । काठमाडौँ उपत्यकामा आज बिहानैदेखि मौसम केही सफा देखिए पनि नेपालको पूर्र्वी क्षेत्रमा भने...   

खोलामा नवजात शिशुको शव फेला

कर्णाली । वीरेन्द्रनगरमा खोलामा बगिरहेको अवस्थामा एक नवजात शिशुको शव फेला परेको छ । जिल्ला प्रहरी...   

कछुवा हुर्काउँदै चितवन राष्ट्रिय निकुञ्ज

चितवन । चितवन राष्ट्रिय निकुञ्जले गोहीसँगै कछुवा पनि हुर्काउँदै आएको छ । गोही प्रजनन केन्द्रमा नै...   

कोरोनाबारे भ्रम फैलाउन सामाजिक सञ्जालको महत्वपूर्ण भूमिका रहेको : अध्ययन

सिकागो । कोरोनाभाइरसका बारेमा भ्रम फैलाउन सामाजिक सञ्जालको महत्वपूर्ण भूमिका रहेको एक अध्ययनले देखाएको...   

कोरोनाकाबाट भारतमा एकै दिनमा १,१४१ जनाको मृत्यु

नयाँदिल्ली । भारतमा कोरानाभाइरसबाट सङ्क्रमित भएका मध्ये एकै दिनमा एक हजार १४१ जनाको मृत्यु भएको छ...   

डा केसीको माग वार्ताबाट समाधान गर्न मानव अधिकार आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले डा गोविन्द केसीको मागबारे विमतिका विषय वार्ताको माध्यमबाट...   
मदन पुरस्कारको गरिमा थाम्न सकिन्न कि भन्ने डर छ – बानियाँ

मदन पुरस्कारको गरिमा थाम्न सकिन्न कि भन्ने डर छ – बानियाँ

गलेश्वर । इतिहासका जानकार तथा लेखक चन्द्रप्रकाश बानियाँले तत्कालीन पर्वत राज्यको विषयवस्तुलाई आधार...   
एसओएसले लियो ६ जना टुहुरा बालिकाको जिम्मा

एसओएसले लियो ६ जना टुहुरा बालिकाको जिम्मा

बैतडी । दशरथचन्द नगरपालिका– १० सत्पालीका एकै घरका छ टुहुरा बालिकाको एसओएस बालग्राम अभिभावक बनेको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top