Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

कोरोनाका सक्रिय सङ्क्रमित थपिए पनि गम्भीर सङ्क्रमण भने छैन !

कञ्चनपुर । यहाँ कोरोना भाइरसका सक्रिय केश थपिँदै जान थाले पनि गम्भीर सङ्क्रमण कुनै पनि व्यक्तिमा भएको पाइएको छैन । कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएका सबै व्यक्ति बिना लक्षणका रहेका छन् ।

शुक्लाफाँटा नगरपालिकामा आज आयोजित कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले कोरोना भाइरसको जोखिमलाई न्यूनीकरण गर्नका लागि उच्च सतर्कताका साथ निगरानी राख्ने काम भइरहेको बताए । “हालसम्म कोरोना सङ्क्रमित व्यक्तिमा जोखिमयुक्त अवस्था देखिएको छैन”, उनले भने, “कुनै पनि व्यक्तिलाई अक्सिजन दिनुपरेको छैन, भेन्टिलेटरमा राख्नुपरेको छैन, यस्तो अवस्थालाई जोखिमयुक्त भन्न सकिदैन, हतार नगरौ, धैर्य गरौँ, कोरोनाको समयमा रचनात्मक कार्य गरेर समय व्यतित गरौँ ।”

कोरोना भाइरसको सङ्क्रमणभन्दा बढी मानसिक समस्या बढी देखिन थालेकाले सकारात्मक सोचका साथ आफैँले आफैँलाई सुरक्षित गर्ने र सेल्फ क्वारेन्टिनमा बस्नु उत्तम उपाय भएको उनले बताए ।

“राज्यकोषबाट सुविधा पाउनेले तोकिएको जिम्मेवारी निर्वाह गर्नु पर्दछ, यस्तो विषम परिस्थितिमा जो जिम्मेवारीबाट पछि हट्छ त्यो अपराधी हो, डराएर जिम्मेवारीबाट कसैले भाग्नु हुँदैन”, उनले भने। स्थानीय तहले तत्काल क्वारेन्टिन र आइसोलेसन सञ्चालन गर्नुपर्नेमा जोड दिँदै उनले होम क्वारेन्टिनमा सुरक्षित तरिकाले बस्न नहुने भएपछि सबैको पायक पर्ने ठाउँमा क्वारेन्टिनको व्यवस्था गर्नुपर्ने बताए ।

कार्यक्रमका सहभागीहरुले भारतलगायतका क्षेत्रबाट आउने व्यक्तिलाई सिधैँ घर पठाइन थालेपछि जोखिम बढेको गुनासो गरेपछि प्रमुख जिल्ला अधिकारी खतिवडाले पहिलाझै स्थानीय तहलाई खबर गरेर मात्रै सीमा क्षेत्र हुँदै आउनेको विवरण उपलब्ध गराइने बताए । साँझ ७ः०० बजेदेखि बिहान ७ः०० बजेसम्म गरिएको निषेधाज्ञालाई अझै कडा पारिने उनको भनाइ थियो ।

स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारले जिल्लामा आजसम्म ६७० कोरोना सङ्क्रमित निको भई घर फिर्ता भएको बताए । अझै सक्रिय केशको सङ्ख्या ४९ रहेको उनले जानकारी गराए । उनका अनुसार ५०९ जनाको पिसीआर परीक्षणको नतिजा आउन बाँकी छ । होम क्वारेन्टिनले जोखिम बढाएकाले प्रत्येक स्थानीय तहले क्वारेन्टिन बनाइ सञ्चालनमा ल्याउनुपर्नेमा उनले जोड दिए ।

उनले भने, “भारतबाट फर्केका व्यक्तिलाई १४ दिन क्वारेन्टिनमा राखेर पिसीआर परीक्षणपछि नतिजाका आधारमा घर जाने व्यवस्था गरिनुपर्छ ।” समुदायमा कोरोनाको सङ्क्रमण नभएको चर्चा गर्दै उनले बेलडाँडी गाँउपालिकाका ट्राभल हिस्ट्री नभएका वृद्ध दम्पतीमा कोरोनाको सङ्क्रमण देखिएकाले त्यसको अध्ययनमा लागेको बताए ।

जिल्लामा कोरोना भाइरसको सङ्क्रमणको अवस्था भयाबहरूपमा नरहेको उनको भनाइ थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मुकुन्द मारासैनीले बन्दाबन्दी भएयता हालसम्म पश्चिमी सीमानाका गड्डाचौकी हुँदै भारतबाट आएका ३४ जिल्लाका एक हजार २० बढी व्यक्ति सम्बन्धित स्थानीय तहमा पठाइएको बताए । कोरोना सङ्क्रमण भएका व्यक्तिलाई सकारात्मकरूपमा हेर्ने परिपाटीको विकास गर्नुपर्नेमा जोड दिँदै उनले सामाजिक वातावरण सहज बनाए सङ्क्रमित व्यक्तिले मानसिक समस्या झेल्नु नपर्ने बताए ।

सशस्त्र प्रहरी बल शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले अवैधरूपमा सीमा क्षेत्र भएर आउनेलाई रोक्नका लागि भरमग्दुर प्रयत्न गरिएको बताए । उनका अनुसार सीमा क्षेत्रमा हाल १५ सशस्त्र प्रहरीका बिओपी राखिएका छन् । बढाएर २१ पु¥याउने लक्ष्य राखिएको छ ।

नगर प्रमुख दिलबहादुर ऐरले कोरोनाको जोखिम न्यूनीकरणका लागि क्वारेन्टिनको व्यवस्था गर्ने र नगर क्षेत्रभित्रका बजार व्यवस्थित गर्नका लागि काम अगाडि बढाइने बताए । कोभिड–१९ का सक्रिय केश बढ्न थालेकाले नगरवासीले सजगता अपनाउनुपर्ने उनको जोड थियो ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies