Khabar Dabali Logo
  October 21, Wed

शुक्लाफाँटा निकुञ्जबाट १ करोड राजस्व सङ्कलन

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले आव २०७६/७७ मा रु एक करोड ३४ हजार ७८५ राजस्व सङ्कलन गरेको छ । अघिल्लो वर्षको तुलनामा निकुञ्ज कार्यालयले रु १४ लाख ११ हजार ४३७ बढी राजस्व सङ्कलन गरेको हो । निकुञ्ज कार्यालयले आव २०७५/७६ मा ८६ लाख २३ हजार ३४७ राजस्व सङ्कलन गरेको थियो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मण पौड्यालका अनुसार निकुञ्ज कार्यालयले २०७६/७७ मा काठ दाउरा बिक्री वितरणबाट रु ३५ लाख ८९ हजार ६६६ राजस्व सङ्कलन गरेको छ । यसैगरी पर्यापर्यटनबाट रु आठ लाख दुई हजार ६८७, दण्ड जरिवानाबाट रु २४ लाख ६० हजार १८९ र अन्य शिर्षकबाट रु ३१ लाख ८२ हजार २४३राजस्व सङ्कलन गरेको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आव २०७६/७७ मा एक हजार ७७५ जना पर्यटकले भ्रमण गरेका छन् । यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा चार हजार २९४ले घटी हो । आव २०७५/७६ मा छ हजार ६९ जना पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए । कोरोना महामारीको सङ्क्रमण र जोखिमका कारणले चैत, वैशाख र जेठमा बन्दाबन्दीको अवस्था रहेकाले पर्यटकीय गतिविधिमा कमी आएको निकुञ्ज कार्यालयका प्रमुख पौड्यालको भनाइ छ ।

भदौ १० गते, २०७७ - १७:३७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मोटरसाइकलको ठक्करबाट ६९ वर्षीया थारुको मृत्यु

राँझा । बाँकेको राप्तीसोनारी गाउँपालिकामा आज अपराह्न मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको...   

भियतनाममा बाढीबाट ९० जनाको मृत्यु

हनोइ । गएको कम्तीमा पनि दुई हप्तायतादेखि भियतनाममा जारी रहेको बाढी र पहिरोका कारण कम्तीमा पनि ९० जनाको...   

चीनको अर्थतन्त्रमा तिब्र सुधार, कोरोनाभाइरस नियन्त्रणमा उल्लेखनीय सफलता

बेइजिङ । विश्वकै दोस्रो ठूलो अर्थतन्त्र रहेको चीनमा कोरोनाभाइरस महामारी नियन्त्रणमा उल्लेखनीय सफलता...   

विश्वमा कोरोना सङक्रमितको संख्या करिब ४ करोड, ११ लाख १३ हजारको मृत्यु

वासिङ्टन । विश्व कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या करिब चार करोड पुगेको जोन्स हप्किन्स विश्वविद्यालयले...   

भारतमा कोरोना सङ्क्रमितको संख्या ७५ लाख नाघ्यो

नयाँ दिल्ली । भारतमा सोमबार कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या ७५ लाख नाघेको छ । सोमबार बिहानसम्म...   

मध्यपहाडी राजमार्गका अधिकांश स्थानमा हुन सकेन निर्माण

काठमाडौँ । राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्गको अधिकांश स्थानमा निर्माणको कम हुन सकेको छैन । कोभिड–१९...   

अवैध जडीबुटीसहित पक्राउ परेका ३ जनामाथि कारवाही प्रक्रिया शुरु

बाग्मती । प्रतिबन्धित जडीबुटीको ट्रकसहित पक्राउ परेका तीन जनामाथि डिभिजन वन कार्र्यालय राप्ती मनहरी...   

१०४ जनालाई अपाङ्गता परिचयपत्र वितरण

भोजपुर । पौवादुङ्मा गाउँपालिकामा घुम्ती शिविरमार्फत १०४ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको...   

सिमकोटका दलित तथा विपन्न बालबालिकालाई शैक्षिक सामग्री सहयोग

हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका ५ ले दलित तथा अतिविपन्न बालबालिकालाई शैक्षिक सामाग्री सहयोग...   

मदिराको मातमा पार्किङ्ग गरेर राखिएको गाउँपालिकाको गाडी तोडफोड

सिमकोट । मदिरा सेवन गरेर मातिएका एक जनाले हुम्लाको ताँजाकोट गाउँपालिकाको गाडी तोडफोड गरेका छन् । पार्किङ्ग...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top