Khabar Dabali Logo
  October 29, Thu

काभ्रेपलाञ्चोकमा थप १७ जनामा कोरोना सङ्क्रमण, भुम्लुको ८ नं वडा सिल

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा गरी मङ्गलबार एकै दिन थप १७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डा नरेन्द्रकुमार झाका अनुसार धुलिखेल अस्पताल, बनेपा, पनौती नगरपालिका र भुम्लु गाउँपालिकामा गरी १७ जनामा सङ्क्रमण देखिएको हो ।

सङ्क्रमित हुनेमा धुलिखेल अस्पतालमा कार्यरत वर्ष २५ र ३७ का दुई महिला र वर्ष २६ का एक पुरुष गरी तीन, पनौती नगरपालिकाका वर्ष ३९ र ४० का दुई महिला, वर्ष २०, ३२, ४० र ५५ का पुरुष गरी छ, बनेपा नगरपालिकाका वर्ष चारका एक बालकसहित ५९ वर्षको पुरुष र वर्ष नौ, २८, ३२ र ६० का महिला गरी छ, मण्डनदेउपुर नगरपालिका घर भई भुम्लु गाउँपालिकामा कार्यरत वर्ष ३३ का स्वाथ्यकर्मी महिला र मण्डनदेउपुर नगरपालिकाकै वर्ष ४९ का एक महिला रहेको डा झाले बताउनुभयो । यसअघि शनिबार स्पाइनल इञ्जुरी अस्पताल बनेपा भैँसेपाटीमा कार्यरत कर्मचारी र उपचाररत बिरामी गरी २३ र धुलिखेल अस्पतालमा कार्यरत १२ कर्मचारीमा गरी ३५ जनामा एकै दिन कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

योसहित काभ्रेपलाञ्चोक जिल्लामा सङ्क्रमितको सङ्ख्या १६२ पुगेको छ । तीमध्ये आजसम्म ६३ जना निको भएर घर फर्किसकेका छन् भने ९७ व्यक्ति विभिन्न अस्पताल तथा होम आइसोलेसनमा उपचाररत रहेको जिल्ला कमाण्ड पोष्टले जनाएको छ ।

त्यस्तै काभ्रेपलाञ्चोकको कोशीपारिस्थित भुम्लु गाउँपालिका–८ मा कार्यरत एक कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि पूरै वडा क्षेत्र सिल गर्नुका साथै गाउँपालिकाबाट हुने सेवाप्रवाहसमेत अनिश्चितकालका लागि बन्द गरिएको छ । पालिकाभित्रमा थप सङ्क्रमण फैलिन नदिन भुम्लु गाउँपालिकाले मङ्गलबारबाट अर्को सूचना जारी नभएसम्मका लागि सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत मदनकुमार बजगाईं बताए ।

प्रमुख प्रशासकीय अधिकृत बजगाईँका अनुसार पालिकाको वडा नं ६, ८ र १० का बासिन्दा र गाउँपालिकाका कर्मचारीमा समेत कोरोना सङ्क्रमण देखिएकाले बाँकी समुदायमा समेत सङ्क्रमण फैलन सक्ने सम्भावना रहेकाले मङ्गलबारबाट अनिश्चितकालका लागि कार्यालयबाट प्रवाह हुने सेवा बन्द गरेको बताउनुभयो । सो पालिकाको वडा नं ८ मा कार्यरत एक कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि वडा क्षेत्र पूरै सिल गरिएको छ । पालिकाको मङ्गलबार बसेको बैठकको निर्णयले मङ्गलबार राति १२ बजेबाट अर्को सूचना नभएसम्मका लागि वडा नं ८ को पूरै क्षेत्र सिल गरेको प्रमुख प्रशासकीय अधिकृत बजगाईँले बताए। वडा पूरै सिल गरेपछि वडा नं ८ को भुम्लुटार स्वास्थ्यचौकी तथा स्वास्थ्य प्रयोगशालाबाट प्रदान गरिने सेवासमेत बन्द गरेको जनाइएको छ ।

भदौ १० गते, २०७७ - १०:०१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सामाजिक सञ्जालमा नग्न तस्वीर माग्नेसँग सचेत हुन प्रहरीको आग्रह

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले विभिन्न बहाना बनाएर प्रविधिको दुरुपयोग गरी अश्लील गतिविधि...   
गुर्जो बाँड्दै पूर्वसभासद् खतिवडा गाउँमा

गुर्जो बाँड्दै पूर्वसभासद् खतिवडा गाउँमा

ओखलढुंगा । पूूर्व सभासद् रामहरि खतिवडाले गृह जिल्ला ओखलढुंगाका गाउँमा गुर्जो खेती विस्तारका लागि...   

प्रदेश १ मा ५५६ सङ्क्रमित थपिए

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश न. १ मा ५५६ जना कोरोना सङ्क्रमित थपिएका छन् । हिजो सोही अवधिमा...   

सप्तकोशी नगरपालिका कार्यालय आजदेखि बन्द

सप्तरी । सप्तकोशी नगरपालिकाले आजदेखि एक हप्तासम्मका लागि कार्यालय तथा मातहतका वडा कार्यालय बन्द...   

उपत्यकामा थपिए ८४३ कोरोना संक्रमित, देशभरी सक्रिय संक्रमितको संख्या ३९ हजार ६४३

काठमाडौँ । पछिल्लो २४ घण्टाको अवधिमा उपत्यकामा थप ८४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं...   

तातोपानी नाका आजदेखि पुनःसञ्चालन

चौतारा । नेपाल—चीनबीचको प्रमुख व्यापारिक तातोपानी नाका औपचारिक रुपमा आजदेखि पुनः सञ्चालनमा आएको...   

अब आइतबार र बुधबारमात्रै कोरोना ब्रिफिङ हुने

काठमाडौं । सरकारले अब हप्ताको दुई दिनमात्रै कोरोनाभाइरसको संक्रमणबारे प्रेस ब्रिफिङ गर्ने भएको छ। स्वास्थ्य...   

थप ११ जनाको कोरोना संक्रमणबाट मृत्यु, १ लाख २१ हजार ८२४ निको भए

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा देशभर थप १९५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य...   

बुधबार थप १९ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा देशभर थप १९५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य...   

कोरोना परीक्षण र उपचार निरन्तर निःशुल्क हुन्छ : मुख्यमन्त्री भट्ट

डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोभिड–१९ विरुद्ध सबै एकजुट भएर लाग्नुपर्ने...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top