Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

भेन्टिलेटर र आइसियु वार्ड भएपनि सञ्चालन गर्ने जनशक्तिको अभाव

नारायणपुर । कोरोना सङ्क्रमणको लक्षण देखिएका सङ्क्रमितको उपचार दाङमा हुन सकेको छैन । लक्षण देखिएका सङ्क्रमितको उपचारको लागि आवश्यक पर्ने भेन्टिलेटर र आइसियु वार्ड जिल्लाका अस्पतालमा भएपनि लक्षण देखिएका बिरामीलाई बुटवल पठाउने गरिएको छ ।

दाङको बेलझुण्डीमा प्रदेश नं ५ सरकारले स्थापना गरेको कोरोना विशेष अस्पतालमा र घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरी आठ वटा भेन्टिलेटर र १५ वटा आइसियु शय्या छन् । यी दुई अस्पतालमा भेन्टिलेटर र आइसियु शय्याहरु भएपनि आवश्यक जनशक्ति र पर्याप्त बजेट नहुँदा प्रयोगमा आउन नसकेको अस्पतालहरुले जनाएका छन् ।

कोरोना विषेश अस्पताल बेलझुण्डीमा पाँचवटा भेन्टिलेटर र पाँचवटा आइसियु शय्या छन् । यी शय्याहरु सञ्चालन गर्न न्यूनतम ३० जना चिकित्सकसहित स्वास्थ्यकर्मीको आवश्यकता पर्ने कोरोना विशेष अस्पताल बेलझुण्डीका सदस्यसचिव डा सर्वेश शर्माले जानकारी दिए । उपकरण भएपनि जनशक्ति नहुँदा जटिल प्रकृतिका बिरामीलाई अन्यत्र पठाउनु परेको उनको भनाइ छ ।

“पिसिआर रिपोर्ट पोजेटिभ देखिएपनि लक्षण नदेखिएका सङ्क्रमितलाई मात्रै बेलझुण्डीको कोरोना विशेष अस्पतालमा राख्ने गरिएको छ भने गम्भीर अवस्थाका बिरामीहरुलाई बुटवल पठाउने गरिएको छ” सदस्यसचिव शर्माले भने । लक्षणसहितका बिरामी धेरै नदेखिएकाले पनि जनशक्ति नथपिएको उनले बताए । उपकरणहरु तयारी अवस्थामा रहेकाले सक्रिय सङ्क्रमितको सङ्ख्या बढ्दै गएमा जनशक्ति थप हुने उनको भनाइ छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पनि तीनवटा भेन्टिलेटर र १० वटा आइसियु शय्या राखिएको भएपनि प्रयोगमा भने आउन सकेको छैन । जनशक्ति नहुँदा सेवा दिन नसकेको प्रतिष्ठानका रजिष्टार रामप्रसाद प्याकुरेलले जानकारी दिए । कोरोनाको कहरकै बीचमा भेन्टिलेटर र आइसियुका उपकरणहरु ल्याएको भएपनि प्रतिष्ठानसँग पर्याप्त बजेट नहुँदा जनशक्ति नभएको उनले बताए । उपकरणको जोहो गरेपनि त्यसलाई चलाउने जनशक्ति राख्न सरकारसँग बजेटको माग भैरहेको बताइएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies