Ntc summer Offer
Khabar Dabali २९ बैशाख २०८१ शनिबार | 11th May, 2024 Sat
NIMB

खर्चिलो भएकै कारणले प्राङ्गारिक बन्दैनन् चिया उद्योग

इलाम । अन्तर्राष्ट्रिय बजारमा प्राङ्गारिक (अग्र्यानिक) चियाको माग उच्च छ । मागअनुसार नै यहाँका उद्योग र सहकारीले चियालाई प्राङ्गारिक बनाउँदैछन् । रासायनिक मल अभाव हुनु, किसान–उद्योगी आफैँ सचेत हुनुले चिया प्राङ्गारिक बनाउने क्रम बढेको छ तर प्राङ्गरिक प्रमाणपत्र पाउन भने सास्ती खेप्नुपरेको चिया उद्योगी बताउँछन् । खर्च बढी लाग्नाले पनि उद्योगले प्राङ्गारिक प्रमाणपत्र लिन चाहँदैनन् ।

प्रमाणपत्र लिन अन्तर्राष्ट्रिय मान्यताप्राप्त संस्थाका मानिस ल्याउनु पर्ने तथा उद्योगको सबै तथ्याङ्क सङ्कलन गर्नुपर्ने लगायतका काम गर्नुपर्ने हुन्छ । उद्योग÷सहकारीले सबै काम गर्न आफ्नै खर्च जुटाउनुपर्छ । लामो प्रक्रिया र खर्चिलो भएकाले धेरैले प्रमाणपत्र लिने प्रक्रिया नै थालेका छैनन् ।

“चियाको माग, मल अभाव, किसान आफैँमा आएको परिवर्तनले चिया विस्तारै प्राङ्गारिक त बन्दै छ”, केन्द्रीय चिया सहकारी सङ्घका महासचिव रविन राई भन्छन्, “तर झण्झटिलो प्रक्रिया छ ।” राईका अनुसार चियाको प्राङ्गारिक प्रमाणीकरण गर्ने अनुसन्धानकर्ता नेपालमा दुईदेखि तीन जना मात्र छन् । अन्य अनुसन्धानकर्ता विदेशबाटै ल्याउनुपर्ने भएकाले खर्चिलो हुने गर्छ । “फेरि आफू वा आफ्नो वरिपरिका चिया उद्योगको अनुसन्धानकर्ताले पनि सर्वेक्षण गर्न पाइँदैन । अरूतिरबाट ल्याउँदा बढी खर्चिलो नै हुन्छ”, राईले बताए । चियाको प्रमाणीकरणमा जान चाहे पनि कतिपय उद्योगीले खर्चकै कारण सकेका छैनन् ।

उन्नति परियोजनामार्फत सहयोग पाउँदा केही उद्योगले प्रमाणीकरण गरेका थिए तर अन्य सङ्घसंस्थाले सहयोग नगर्दा महँगो खर्च उद्योग आफैँले बोक्नुपर्छ । प्राङ्गारिकीकरण गरेर मात्र भएन वार्षिक प्रमाणपत्रको नवीकरण गर्नुपर्छ । नवीकरणका लागि रकम खर्चिनुपर्ने हुँदा उद्योगीले चाहेर पनि प्रमाणपत्र लिन सकेका छैनन् ।

प्राङ्गारिक प्रमाणपत्र लिन उद्योगमा संलग्न किसान र किसानले ल्याउने चिया कति क्षेत्रफलमा छ भन्ने विषय मुख्य हुन्छ । किसान र चियाखेती गरिएको जमिन बढी भए प्रमाणीकरणका लागि बढी खर्च लाग्ने गरेको जिल्ला चिया उत्पादन सहकारी सङ्घका अध्यक्ष प्रेमराज गुरुङले बताए । प्रमाणपत्रका लागि खर्च मात्र नभई लामो समय लाग्ने गरेको गुरुङको बुझाइ छ । “यो सबै खर्च जोड्दा त चियाको अन्य काममा पनि लाइन्छ भन्ने लाग्छ र प्राङ्गारिकीकरण गरिँदैन”, गुरुङले भने । उनले प्रमाणपत्र लिनका लागि खर्च कम लाग्ने भए जिल्लाका धेरै उद्योग प्राङ्गारिक भइसक्ने बताए ।

कति छन् त प्राङ्गारिक प्रमाणपत्र भएका उद्योग÷सहकारी

जिल्लामा १०० भन्दा बढी चिया उद्योग छन् तर हालसम्म १४ उद्योग मात्र प्रमाणीकरण भएका छन् । तीनजुरे चिया उत्पादक सहकारी संस्था, उच्च पहाडी सहकारी संस्था, ग्रीनहिल चिया सहकारी संस्था, हिमालय साङ्ग्रिला, ग्रीनहिल चिया उद्योगले प्रमाणपत्र लिएका छन् । त्यस्तै कञ्चनजङ्गा चिया उद्योग, सन्दफू चिया उद्योग, जस्वीरे चिया उद्योग, दाजुभाइ उद्योग, मिस्टम्याली उद्योग, गोर्खा टी स्टेट, इलामेली चिया, ग्रीन टी उद्योग, ओसिस चिया उद्योगले पनि प्राङ्गारिक प्रमाणपत्र लिएका छन् ।

अरू उद्योग प्रक्रियामा गए पनि अन्तिम प्रमाणपत्र भने लिएका छैनन् । पछिल्लो समय जिल्लाको सबैभन्दा बढी चिया उद्योग भएको सूर्योदय नगरपालिका (सूनपा) ले उद्योगलाई प्राङ्गारिकीकरण गर्न ताकेता गरे पनि आर्थिक सहयोग भने गरेको छैन ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies