Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

नगरपालिकालाई शववाहन हस्तान्तरण

तनहुँ । तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार एकाइले व्यास नगरपालिकालाई शववाहन हस्तान्तरण गरेको छ । एकाइले विगत एक वर्षदेखि सञ्चालन गर्दै आएको शववाहन नगरपालिकालाई हस्तान्तरण गरेको हो । एकाइ सभापति राजकुमार श्रेष्ठले नगरप्रमुख वैकुण्ठ न्यौपानेलाई सोमबार शववाहनको साँचो हस्तान्तरण गरे । नगरपालिकाभरि नै एउटा पनि शववाहन नभएको अवस्थामा सम्पूर्ण व्यवस्थापन नगरपालिकाले गर्ने गरी शववाहन हस्तान्तरण गरिएको एकाइ सभापति श्रेष्ठले जानकारी दिए ।

“एकाइले दमौलीमा सात वर्ष एम्बुलेन्स सञ्चालन गर्यो, विगत एक वर्षदेखि शववाहन सञ्चालन गर्दै आएको थियो”, श्रेष्ठले भने, “शववाहनको चालक पाल्न गाह्रो भएपछि सम्पूर्ण जिम्मा नगरपालिकालाई हस्तान्तरण गरेका छौँ ।” उनका अनुसार सवारी चालकलाई मासिक रु २२ हजारभन्दा बढी तलब दिनुपथ्र्यो । “कुनै महिनामा एउटा पनि शव नआउँदा एकाइलाई भार पर्यो, नगरपालिकामा सवारी चालक नै छन्, उनीहरुलाई नै शववाहन चलाउने जिम्मेवारी दिन सकिन्छ”, उनले भने । नगरप्रमुख न्यौपानेले शववाहन हस्तान्तरण गरेकामा एकाइलाई धन्यवाद ज्ञापन गर्दै अब यसको सम्पूर्ण व्यवस्थापन नगरपालिकाको रहने बताए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies