Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

सङ्क्रमितको सङ्ख्या बढ्दो पर्याप्त छैनन् भेन्टिलेटर र आइसियू

भरतपुर । चितवनमा कोभिड १९ का सङ्क्रमितको सङ्ख्या बढेसँगै आइसियू श्य्या र भेन्टिलेटर अभाव हुने चिन्ता शुरु भएको छ । कोरोनोका गम्भीर बिरामीलाई उपचारका लागि सहज बनाउने महत्वपूर्ण मानिएका ती दुई महत्वपूर्ण उपकरण थप्नेतर्फ सम्बन्धित निकायको ध्यान अहिलेसम्म नजाँदा उपचारमा समस्या आउने जनाइएको छ ।

जिल्लामा सोमबारसम्म सङ्क्रमितको सङख्या ३ सय ६८ पुगेको छ भने कोरोना सङ्क्रमबाट हालसम्म तीन जनाको अकालमा मृत्यु भएको छ । जिल्ला र बाहिरी जिल्लाबाट उपचारका लागि यहाँ आउनेहरु समेत गरी दैनिक ४० भन्दा बढी सङ्क्रमित थपिने क्रम जारी रहेको छ । चिकित्सकीय सेवाको शहरका रुपमा परिचित जिल्लामा एक केन्द्रीय सरकारी अस्पताल, एक प्रादेशिक अस्पताल, दुई मेडिकल कलेज, एक क्यान्सर अस्पताल र दुई दर्जन बढी साना ठूला अस्पताल रहेका छन् । कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दो अवस्थामा रहेपनि तयारी भने फितलो छ । जिल्लाको सरकारी भरतपुर अस्पतालमा प्रयाप्त आइसोलेशन नभएका कारण केही सङ्क्रमित होम आइसोलेसनमा बसेका छन् । सङ्क्रमित घरघरमै बस्न थालेपछि बल्ल पालिकाहरु धमाधम आइसोलेसन बनाउने तयारीमा जुटेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दिपक तिवारीले गत बैशाख महिनासम्मको तथ्याङ्क अनुसार जिल्लाका अस्पतालहरुमा २४३५ श्य्या रहका छन् । ती मध्ये १७६ वटा आइसियू र ४९ वटा भेन्टिलेटर छन् । यो क्यान्सर अस्पताल बाहेकका अस्पतालको तथ्याङ्क भएको उनले बताए । भरतपुर अस्पतालमा ३० श्य्याको आइसियू छ । यसमा १० वटा कोभिड र २० ननकोभिडका लागि छुट्याइएको छ । अस्पतालमा रहेका छ वटा भेन्टिलेटर मध्ये दुई वटा कोभिडका लागि प्रयोग गरिएको छ । “सामान्य अवस्थामा यो प्रयाप्त हो अस्पताल विकास समितिका अध्यक्ष डा। भोजराज अधिकारीले भने”, तर कोभिडका बिरामी बढ्दै जाँदा आइसियू र भेन्टिलेटरको अभाव हुने देखिन्छ ।” यो अवधिमा कुनैपनि अस्पतालले आइसियू र भेन्टिलेटर थप नगरेको उनले जानकारी दिए । “सङ्क्रमितका जीवनरक्षाका लागि आवश्यक पर्ने स्वास्थ्य उपकरणहरु तयारी अवस्थामा राख्नुपर्छ, त्यसका लागि प्रदेश र संघीय सरकारसँग कुरा गरेका छौं”, उनले भने । गम्भीर बिरामीको उपचारको लागि आईसीयू र भेन्टिलेटर आवश्यक पर्ने भएकाले लक्षण नभएका, सामान्य लक्षण भएका सङक्रमित घरकै आइसोलेसनमा बस्न सक्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बी।पी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा।देजकुमार गौतमले अस्पतालमा रहेको भेन्टिलेटर र आइसियू प्रयाप्त नभएको बताए । उनले भन, “क्यान्सर अस्पतालमा १५ श्य्याको आइसियू कक्ष छ, थप २० बढाउन सक्ने क्षमता हामीसँग छ ।” उहाँले आवश्यक परेको खण्डमा त्यसका लागि पनि तयार रहेको जानकारी दिए । “क्यान्सर अस्पतालमा अहिलेसम्म कोरोनाका सङ्क्रमितको उपचार गरेका छैनौं” उहाँले भन्नुभयो “स्वाब परीक्षणका लागि ल्याब सञ्चालनको तयारीमा छौं ।” आवश्यक परेको खण्डमा भरतपुर अस्पतालमा कोरोना सङ्क्रमित र क्यान्सर अस्पतालमा ननकोभिडको उपचार गर्न सकिने उनले बताए । “मान्छेको ज्यान भन्दा ठूलो कुरा केही होइन” उनले भने “यो समयमा सबै कुराका लागि तयार हुनुपर्छ ।”

जिल्लामा सबैभन्दा धेरै भेन्टिलेटर चितवन मेडिकल कलेज ९सिएमसी० मा छन् । ३७ वटा भेन्टिलेटर आफूहरुसँग रहेको कलेजका अध्यक्ष तथा प्रवन्ध निर्देशक डा। हरिशचन्द्र न्यौपाने जानकारी दिए । उनले भने, “थप ३० भेन्टिलेटर ल्याउने तयारीमा छौं ।” अस्पतालमा रहेका भेन्टिलेटर खाली नरहेको जनाउँदै उहाँले कोभिडका बिरामीलाई उपलब्ध गराउन नसकिने जानकारी दिए । जिल्लाको अर्को कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा ५० श्य्याको आइसियू कक्ष र १० वटा भेन्टिलेटर छन् । यी दुवै मेडिकल कलेजले कोभिडका बिरामी राखेर उपचार गरेका छैनन् ।

नारायणी सामुदायीक अस्पतालका अध्यक्ष डा।भक्तमान श्रेष्ठले अस्पतालमा रहेका भेन्टिलेटर कोभिडका बिरामीका लागि प्रयोग गर्न सकिने अवस्था नरहेको जानकारी दिए । उनले भने, “अन्य नियमित बिरामीका लागि नै भेन्टिलेटर प्रयाप्त छैन, कोभिडका लागि त झन् अभाव छ ।” अस्पतालका पाँच भेन्टिलेटर मध्य ३ वटा आइसियू र २ वटा अप्रेशन थ्रियटरमा प्रयोग हुने गरेको उनले बताए । दुई वटा श्य्या बराबर एक आइसियू हुनुपर्ने अन्तर्राष्ट्रिय प्रवधान रहेको उनले उल्लेख गरे । आइसियू खर्चिलो रहेका कारण पनि अस्पतालमा प्रयाप्त राख्न नसकिएको उनको भनाइ छ । पछिल्लो दिनमा जिल्लामा सङ्क्रमितहरु बढ्दै गएका छन् भने सङ्क्रमितमा लक्षणहरु पनि देखिने गरेको छ । समुदायमा फैलिएको कोरोनाको प्रभाव बृद्ध, दीर्घरोगी बालबालिका, सुत्केरीमा परेमा धेरै आईसियू र भेन्टिलेटरको आवश्यक पर्ने विज्ञहरु बताउँछन् । यसका लागि जिल्लामा तयारी पर्याप्त भएको उनीहरुको भनाइ छ । सम्भावित महामारीलाई लक्षित गरी समयमै आईसियू र भेन्टिलेटरको व्यवस्था गर्नतर्फ सम्बन्धित निकायका ध्यान जानुपर्ने देखिन्छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies