Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

अवैध ४४९ क्यूफिट काठ बरामद

चितवन । डिभिजन वन कार्यालय चितवनले अवैध ४४९ क्यूफिट काठ बरामद गरेको छ । गोप्य सूचनाका आधारमा जिल्लाका विभिन्न स्थानबाट सो परिमाणमा काठ बरामद गरिएको हो ।
भरतपुर महानगरपालिका –१६ बाट ५९ क्यूफिट काठसहित फर्निचर उद्योग सञ्चालकलाई बुधबार नियन्त्रणमा लिइएको छ । सिद्धार्थ फर्निचर उद्योगका सञ्चालकलाइ अवैध काठसहित पक्राउ गरिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालले जानकारी दिए । सञ्चालक राम नेपालीको फर्निचर उद्योगबाट साल, सल्लो र सिसौको काठ बरामद गरिएको खनालले बताए ।

“काठ खरीदको आवश्यक कागज र विल भेटिएको छैन”, उनले भने’, “थप अनुसन्धानपछि पुष्टि हुन्छ ।” फर्निचर सञ्चालक नेपाली र काठ डिभिजन वन कार्यालयमा राखिएको छ । काठको स्रोत नखुलेका अवस्थामा वन ऐन २०७६ बमोजिम कारबाही गरिने खनालले बताए ।
यस्तै इच्छाकामना गाउँपालिकाको करिनाटरमा जनप्रतिनिधिले सञ्चालन गरेको फर्निचर उद्योगबाट अवैध रुपमा राखिएको सालको गोलाइ डिभिजन वन कार्यालय चितवनले मङ्गलबार बरामद गरेको छ ।

गाउँपालिकाका वडा सदस्य बाबुकाजी त्रिपाठीको फर्निचर उद्योगबाट डिभिजन वन कार्यालय र प्रहरीको संयुक्त टोलीले सालको काठ बरामद गरेको हो । अवैध रुपमा राखिएको सालको काठ भेटिएपछि वडा सदस्य त्रिपाठी अनुसन्धानमा तानिएका छन् । सालको गोलाइको स्रोत खुलेको छैन । उनले स्थानीयवासी शङ्कर नेपालको निजी जग्गामा लगाइएको साल ल्याएको बताए पनि प्रारम्भिक अनुसन्धानबाट त्यो नदेखिएको वन कार्यालयले जनाएको छ ।

त्रिपाठीको फर्निचरबाट बरामद गरिएको ३९० क्यूफिट सालको गोलाइ काठ जिल्ला वन कार्यालयमा राखिएको छ । उक्त काठका विषयमा अनुसन्धान थालिएको डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी खनालले जानकारी दिए । “काठ कहाँबाट ल्याइएको हो भन्ने प्रमाण देखिएको छैन”, खनालले भने, “पहिला काठ कहाँबाट आयो भन्ने कुराको खोजी हुन्छ ।” स्थानीयवासीको सूचनाका आधारमा काठ बरामद गरिएको हो । देशमा कोभिड –१९० सङ्क्रमण बढिरहेका बेला काठ तस्कर गर्नेहरु सक्रिय भएको खनालले बताए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies