Ntc summer Offer
Khabar Dabali २९ बैशाख २०८१ शनिबार | 11th May, 2024 Sat
NIMB

नेकपामा ओली–प्रचण्ड सहमति : प्याकेज प्रस्तावको गृहकार्यका लागि कार्यदल, तर नेपालसहितका नेता अझै सशंकित

काठमाडौं । पार्टीभित्र चुलिएको विवाद समाधानको गृहकार्य गर्न गठित नेकपाको कार्यदलले अध्यक्षहरूको जिम्मेवारी बाँडफाँड, पार्टी र सरकार सञ्चालनसँग जोडिएको विधि–पद्धतिदेखि महाधिवेशन तयारीसम्मका प्याकेज प्रस्ताव बनाउने भएको छ । कार्यदलले बनाउने प्रस्तावबारे दुई अध्यक्षबीच मौखिम सहमति बनिसकेको स्रोतको भनाइ छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सहमतिअनुसार महासचिव विष्णु पौडेलको संयोजकत्वमा शुक्रबार गठित कार्यदलले विवाद समाधानको समग्र प्याकेज प्रस्ताव तयार गर्ने जिम्मेवारी पाएको हो । कार्यदलले बनाएको प्रस्तावमा सचिवालयमा सहमति जुटाएर स्थायी कमिटीबाट निर्णय गराउने अध्यक्षद्वय ओली र प्रचण्डबीच सहमति छ ।

पार्टीभित्रको त्रिपक्षीय शक्ति सन्तुलनलाई सम्बोधन गर्ने गरी कार्यदलमा प्रधानमन्त्री ओली, अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबाट दुई–दुई जना नेता तोकिएका छन् ।

जसअनुसार ओलीनिकट पौडेल र शंकर पोखरेल, प्रचण्ड निकट जनार्दन शर्मा र पम्फा भुसाल र नेपालनिकट सुरेन्द्र पाण्डे र भीमबहादुर रावल छन् । भुसाल भने पूर्व माओवादी समूहभित्र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सँग पनि निकट छिन् । कार्यदललाई ‘म्यान्डेट’ र समयसीमा भने तोकिएको छैन ।

कार्यदलले बढीमा चार दिनभित्र प्रस्ताव तयार पारेपछि एक हप्ताभित्रै केन्द्रीय सचिवालय र स्थायी कमिटी बैठकमा छलफलमा लैजाने ओली र प्रचण्डको समझदारी छ । ‘कार्यदललाई कुनै ठोस म्यान्डेट तोकिएको चाहिँ छैन ।

पार्टीका आन्तरिक जीवनमा पैदा भएका समस्या तत्काल र दीर्घकालसम्म कसरी समाधान गर्ने, महाधिवेशनसम्म कसरी जाने, सरकार र पार्टीको कामलाई कसरी व्यवस्थित गर्ने, एकताको काम कसरी सक्ने भन्नेबारेमा छलफल गरेर प्रस्ताव तयार पार्ने काम कार्यदलले गर्नेछ,’ कार्यदल सदस्य जनार्दन शर्माले भने । कार्यदलले तयार पार्ने प्रस्तावका आधारमा स्थायी कमिटीको बैठकमा छलफल हुने उनले प्रस्ट्याए ।

नेताहरूका अनुसार ठोस म्यान्डेट नभए पनि कार्यदलले पार्टीभित्र उठिरहेका सबै विषय र समस्यामा केन्द्रित रहेर छलफल गरेपछि छिटोभन्दा छिटो प्रस्तावको गृहकार्य गर्नेछ । ‘अहिले देखिएका समस्या समाधान गर्दै पार्टी एकतालाई बलियो बनाउने गरी कार्यदलले छिटोभन्दा छिटो प्रस्तावको गृहकार्य गर्नेछ,’ महासचिव पौडेलले भने, ‘यसभित्र सबै कामहरू कार्यदलले गर्नेछ ।’

प्रचण्ड–नेपाल समूहले उठाइरहेको एक व्यक्ति ः एक जिम्मेवारीको नीतिअनुसार प्रधानमन्त्री सरकार र अध्यक्ष प्रचण्ड पार्टी काममा केन्द्रित हुने गरी जिम्मेवारी बाँडफाँड गर्ने, सरकारको कामलाई समन्वय गर्ने गरी उच्चस्तरीय या त्यस्तै प्रकृतिको कुनै संयन्त्र गठन, महत्वपूर्ण नीतिगत र कानुनी विषय तथा राजनीतिक नियुक्तिहरू पार्टी सचिवालयको निर्णयअनुसार गर्ने जस्ता विषयमा कार्यदलले प्रस्ताव तयार पार्नेछ ।

त्यस्तै, संघीय सरकार र प्रदेश सरकारको कामलाई प्रभावकारी बनाउन आवश्यकताअनुसार जिम्मेवारी हेरफेर वा मन्त्रिपरिषद् पुनर्गठन, आगामी चैतका लागि तोकिएको महाधिवेशन तयारीका सन्दर्भमा कार्यतालिका र कार्ययोजनासम्बन्धी प्रस्ताव, पार्टी सञ्चालनसम्बन्धी विधि र पद्धतिसँग जोडिएका विषयलाई स्पष्ट पार्नेछ ।

त्यस्तै, एकतासँग जोडिएका बाँकी कामसम्बन्धी प्रस्तावबारे समेत गृहकार्य गर्नेछ । नेकपाको केन्द्रीय विभाग, केन्द्रीय निकाय, सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिस्ट मञ्चले पूर्णता पाइसकेको छैन । त्यस्तै, भ्रातृ संगठनहरूका तल्ला तहका कमिटीहरूले पनि पूर्णता पाइसकेका छैनन् ।

त्यस्तै, पार्टी र सरकार सञ्चालनका सम्बन्धमा अध्यक्षद्वयका तर्फबाट अहिलेसम्म भएका सबैखाले कमी–कमजोरीहरूको आत्मालोचना गर्दै दोहोरिन नदिने र विधि, प्रक्रिया तथा पार्टी निर्णयका आधारमा सञ्चालन गर्ने प्रतिबद्धतालगायतका विषयमा पनि कार्यदलभित्र छलफल हुनेछ ।

महासचिव पौडेल र स्थायी कमिटी सदस्यद्वय पोखरेल र शर्माले केही दिनयता गरेको गृहकार्य र उनीहरूले तयार पारेको सहमतिको मस्यौदामा बिहीबार ओली र प्रचण्डबीच दुई घन्टाभन्दा बढी एक्लाएक्लै संवाद भएको थियो ।

दोस्रो तहका ती तीन नेताले ओली–प्रचण्डबीचको संवादहीनताकै बीचमा पनि बालुवाटार र खुमलटार निरन्तर सन्देश आदान–प्रदानका लागि दौडधुप गरेका थिए । कार्यदलमा अहिलेसम्म तयार भएको खेस्रा प्रस्तावलाई नै प्रारम्भिक मस्यौदाका रूपमा छलफलमा लैजाने तयारी छ ।

नेकपाभित्र गत वैशाख तेस्रो साताबाट विवाद उत्कर्षउन्मुख भएको थियो । ओलीले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशको जवाफमा प्रचण्ड–नेपाल समूहले दुवै पदबाट राजीनामा मागेपछि गत १० असारबाट सुरु भएको स्थायी कमिटी बैठकमा अन्तरविरोध चर्किएपछि नेकपा विभाजनकै तहसम्म पुगिसकेको अनुमान गरिँदै आएको थियो । त्यसपछि पार्टीभित्रैबाट स्थायी कमिटीमा रहेका दोस्रो तह र केन्द्रीय सदस्य र सांसदहरूको तेस्रो तहका नेताहरूको छुट्टाछुट्टै टोलीले एकताको पक्षमा दबाब अभियान चलाउँदै आएको थियो ।

१३ साउनमा बालुवाटारमै प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले बहुमत स्थायी कमिटी सदस्यको उपस्थितिमा बैठक राखेको दाबी गर्दै आए पनि ओली र उनीनिकट नेताले मान्यता दिएका थिएनन् ।

ओली ३ साउनको सचिवालय बैठकको निर्णयअनुसार सचिवालयबाट सहमतिको प्रस्ताव तयार भएपछि मात्र स्थायी कमिटी बोलाउने अडानमा टसमस थिएनन् । प्रचण्ड पछिल्लोपटक स्थायी कमिटी बसेका कारण त्यसैलाई सुचारु गरेर सहमति खोज्नुपर्ने अडानमा थिए ।

बुधबार एपी वान टेलिभिजनसँगको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले पार्टीभित्रको समस्या पाँच दिनभित्रै अर्कै ‘सिनारियो’ देखिने गरी समाधान गर्ने ठोकुवा गरेका थिए । उनले बिहीबारबाटै ‘काउन्टडाउन’ सुरु भएको बताएकै दिन उनीहरूबीच छलफल भएको हो । ‘हप्ता–दश दिन होइन, हप्ताभन्दा यतै पाँच दिनमा फेरि मसँग प्रश्न गर्नुस्, के हुन्छ सिनारियो । भोलिबाट एक भनेर काउन्टडाउन सुरु गर्नुहोला,’ ओलीको भनाइ थियो ।

नेपालसहितका नेता सशंकित

अहिले देखिएको समस्या समाधानका लागि कार्यदल बनाइए पनि वरिष्ठ नेता नेपाल समूह भने अझै आश्वस्त हुन सकेको छैन । दुई अध्यक्षबीच करिब–करिब सहमति भएको, तर प्रचण्डले सबै कुरा नखुलाएको भन्दै वरिष्ठ नेता झलनाथ खनाल, नेपाल र सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले स्पष्ट गर्न माग गरेका छन् ।

समस्या समाधानका लागि कार्यदल बनाउने र त्यसैले सबै गृहकार्य गर्ने भन्ने कुरा भए पनि दुई अध्यक्षबीचको पछिल्लो छलफल र समझदारीबारे भने आफूलाई जानकारी नभएको बताए ।

‘कार्यदल बनाउने र त्यसैले अहिले उठेका सबै विषयमा गृहकार्य भन्ने हो, तर उहाँहरूबीच डिटेल (विस्तृत) मा के (छलफल–समझदारी) भयो थाहा छैन,’ नेपालले नयाँ पत्रिकासँग भने, ‘सामान्यतया कार्यदलमार्फत सहमति खोज्ने भनेको हो भने बेग्लै कुरा हो, तर सबै कुरा नबुझेसम्म भन्ने कुरा भएन ।’

गत २० साउनयता नौ दिनको संवादहीनतापछि भएको पहिलो दिनको भेटवार्तामै ओली–प्रचण्डबीच समाधानउन्मुख सहमति भएको बाहिरिएपछि नेपाल समूहले ‘गोप्य सहमति’को आशंका गरेको छ ।

बिहीबार बानेश्वरको थापागाउँस्थित एक कलेजमा भएको प्रदेश ५ का केन्द्रीय सदस्यहरूको भेलामा पनि नेपाल पक्षीय नेताहरूले दुई अध्यक्षबीचको समझदारीबारे प्रचण्डसँग आशंकायुक्त प्रश्न गरेका थिए । जवाफमा प्रचण्डले स्थायी कमिटी बैठकबाटै समस्या समाधान गर्ने समझदारी भएको जानकारी गराएका थिए ।

त्यस्तै, उनले वरिष्ठ नेता नेपाल, खनाल र प्रवक्ता श्रेष्ठलाई स्थायी कमिटी बैठक बोलाउने र त्यसअघि कार्यदल बनाउने समझदारी भएको जानकारी गराएका थिए । पछिल्लोपटक पार्टीभित्रको समस्याबारे प्रचण्डसँगको समीकरणमा रहेका नेपालनिकट नेताहरू कार्यदलमै एक व्यक्ति : एक जिम्मेवारी तथा विधि, प्रक्रिया र पद्धतिसँग जोडिएका विषय उठाउने तयारीमा छन् ।

कार्यदल सदस्यसमेत रहेका नेता भीम रावलले अहिल्यै समस्या समाधान हुने गरी आकार ग्रहण नगरेको र कार्यदलमा कुन ढंगले, कुन तहसम्म छलफल हुन्छ अहिल्यै भन्न सकिने अवस्था नरहेको बताए । ‘अहिलेको मितिसम्म समस्या समाधानको कुनै पनि आकार ग्रहण गरिसकेको अवस्था होइन । कार्यदलमा विषयवस्तु कुन ढंगले उठ्छ, कुन तहमा छलफल पुग्छ, अहिल्यै भन्ने स्थिति छैन, अहिलेलाई संवादहीनताको अवस्था अन्त्य भएको मात्रै बुझौँ,’ रावलले भने ।

कार्यदलमै रहेका नेपाल निकट अर्का सदस्य सुरेन्द्र पाण्डेले पनि कार्यदलले गर्ने कामका विषयमा अहिल्यै भन्न नसकिने बताए । ‘महासचिवले फोनमार्फत कार्यदलमा राखिएको र शनिबार बैठक बस्ने जानकारी गराउनु भएको छ,’ गृहजिल्ला चितवनमा रहेका पाण्डेले संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘अरू कुरा थाहा छैन, शनिबारबाट काम सुरु हुन्छ होला ।’

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies