Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

नेकपाको विवाद सहमति नजिक : के निस्कियो समाधानको सुत्र ?

काठमाडौं । सत्तारुढ घटक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र जारी विवाद सामाधानउन्मुख भएको बताइएको छ ।

झण्डै एक हप्ता आइसोलेसन बसेका कायर्काकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीबिच विहिबार झण्डै ३ घण्टा लामो छलफल सहमतिउन्मुख भएको प्रचण्डका प्रेस सल्लाहाकार विष्णु सापकोटा बताएका छन् ।

बुधबार राति एक टेलिभिजन कार्यक्रममा ओलीले भोलिबाट ५ दिनभित्र नेकपामा नयाँ सिनारिओ देखिने ठोकुवा गरेका थिए ।

कसरी हूँदैछ सहमति ?

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले आजभन्दा झण्डै दुई महिनाअघि स्थायी समितिको बैठक चलिरहेकै समय मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको खुल्ला कार्यक्रममा आफुलाई भारतले हटाउन खोजेको र नेपालकै नेताहरुपनि हटाउन लागेको बताएपछि चर्किएको विवादले नेकपाभित्र अनेकौं समिकरणहरु बने ।

त्यसको भोलीपल्टै स्थायी समितिको बैठकमा प्रचण्ड, नेपाल लगायतका बहुमत नेताहरुले ओलीको राजिनामा मागेपछि झन विवाद चुलियो ।

प्रधानमन्त्रीले पार्टी तथा सरकार चलाउन नसकेको भन्दै राजिनामा मागेको विषयले नेकपाभित्र ठुलै समिकरण बन्यो ।

\"\"

ओली राजिनामा दिन नमान्ने र अन्य नेताहरु राजिनामा नदिई नमान्ने भएपछि चर्किएको विवाद महाधिवेशनको एजेण्डाले सहमति नजिक पुर्याएको हो ।

स्रोतका अनुसार यसअघिको निर्णयअनुसार आगामी महाधिवेशन चैत्रमा गर्ने र महाधिवेशनका लागी वर्तमान केन्द्रिय समितिालाई नै आयोजक समितिमा बदल्ने तयारी गरिएको छ ।

पार्टीको मार्गनिर्देशक सिदान्तको रुपमा महाधिवेशनपछिसमेत ‘जनताको जनवाद’ मान्ने र सहमतिमा महाधिवेशनपछि पार्टी अध्यक्षमा प्रचण्डलाई दिने ओलीको प्रस्ताव रहेको छ । महाधिवेशनपछि भने ओली सर्वोच्व वा वरिष्ठ नेताका रुपमा रहने गरी छलफल अघि बढेको बताइन्छ ।

स्रोत भन्छ –महाधिवेशनअघिका पार्टी संचालनको पुर्ण जिम्मा कार्यकारी अध्यक्ष प्रचण्डलाई दिइने छ भने ओलीले ५ वर्षकै लागी सरकार संचालन गर्ने छन् । तर ओलीले यसअघि पार्टीसँग सल्लाहा नगरी गरिएका नियुक्ति लगायतका निर्णयहरुमा पूनर्विचार गर्ने, आगामी दिनमा नियुक्ति लगायतका सरकार संचालनका मुख्य निर्णयहरु पार्टीको सचिवालयबाट अनुमोदन गराउनुपर्नेछ ।

साथै एक व्यक्ति एक कार्यकारी जिम्माको बैधानिक व्यवस्था लागु गराउनका लागी सरकारमा मन्त्रिहरुको फेरबदल तथा तथा केही मुख्यमन्त्रिहरुको फेरबदल समेत हुन सक्ने बताइएको छ ।

महाधिवेशन अघिका सबै बैठकहरुको अध्यक्षता गर्ने, महाधिवेशनको राजनीतिक, बैचारिक र संगठनात्मक तयारी गर्ने लगायतको काम प्रचण्डले गर्नेछन् । तर यसो गर्दा उनले ओलीसँगको समजदारीमा मात्रै गर्न सक्नेछन् ।

बालुवाटार जानुअघि अन्य नेतासँग छलफल

आज प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई वालुवाटार बोलाएपछि अध्यक्ष प्रचण्डले विहानै आफ्नै निवासमा वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलाई बोलाएर सल्लाहा लिएको बताइन्छ ।

स्रोतका अनुसार उक्त छलफलमा महाधिवेशनमा जाने गरी सहमति निकाल्ने शर्तमा ओलीसँग छलफल गर्न नेपाल लगायतका नेताहरुले समेत प्रचण्डलाई सुझाएका थिए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies