Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

घुस लिने प्रहरी निलम्बितः नलिने पुरस्कृत

काभ्रेपलाञ्चोक । बाग्मती प्रदेश प्रहरी कार्यालयले गत मंगलबार छ प्रहरी कर्मचारीलाई निलम्वन गर्यो । कार्यालयबाट खटेको विशेष प्रहरी टोलीले एकैदिन सेवाग्राहीसँग घुस रकम लिएकै अवस्थामा ती प्रहरीलाई नियन्त्रणमा लिइ छानविन पछि निलम्वन गरेको हो ।

जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह नगरी आर्थिक प्रलोभनमा पर्दै सवारी चालकसँग विभिन्न बहानामा रकम लिएको भेटिएपछि नियन्त्रणमा लिई कार्यालयले अनुसन्धानपछि सिन्धुलीका पाँच र काभ्रेपलाञ्चोकको एक प्रहरी कर्मचारीलाई निलम्वन गरेको गर्यो । काभ्रेपलाञ्चोकको मंगलटारस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान नविनबहादुर थापा तथा सिन्धुलीको जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय भिमान र खूर्कोट, प्रहरी चौकी ढुङ्ग्रेबास र अस्थायी प्रहरी पोष्ट भिमानमा कार्यरत प्रहरी हवल्दारद्वय राजकुमार श्रेष्ठ र डोरबहादुर कार्की, प्रहरी जवानहरु कुमारबाबु सिंह, धिरेन्द्र शाह, रामकुमार थापालाई निलम्वन गरिएको प्रदेश प्रहरी कार्यालय हेटौँडाका सूचना समन्वय अधिकृत प्रहरी निरीक्षक रोशन थापाले जानकारी दिए ।

उनका अनुसार कार्यालयले मकवानपुर तथा चितवनमा कार्यरत चार प्रहरी कर्मचारीलाई सवारी चालकसँग विभिन्न वहानमा रकम लिएपछि भेटेपछि यही साउन १४ गते निलम्वन गरेको थियो । चितवनको रामनगरस्थित इप्रकामा कार्यरत प्रहरी हवल्दार प्रकाश जैसी, प्रदेश ट्राफिक कार्यालय रामनगरमा कार्यरत प्रहरी जवान योगेन्द्र मल्ल, मकवानपुरको मनहरीस्थित इप्रकामा कार्यरत प्रहरी जवान अजय महतो र जिल्ला प्रहरी कर्यालयमा कार्यरत प्रहरी जवान लक्ष्मणकुमार महतोलाई निलम्वन गरिएको कार्यालयले जनाएको छ । “घुस लिई कार्वाहीमा पर्नेमा प्रहरी निरीक्षकसमेत रहेका छन्” प्रहरी निरीक्षक थापाले भने ।

कोरोना भाइरस् संक्रमणको उच्च जोखिम ९विपद्०का बेला विभिन्न आर्थिक प्रलोभनमा परी घुस लिने गरेको सूचना पाएपछि पछिल्लो समय बाग्मती प्रदेश कार्यालयले मातहतमा खटेका प्रहरी कर्मचारीको विशेष अभियानका रुपमा निगरानी गरिरहेको जनाएको छ । निलम्बित प्रहरी कर्मचारीको सम्बन्धमा थप छानविन गर्न प्रदेश प्रहरी कार्यालय हेटौँडाले प्रहरी नायव उपरीक्षक विज्ञान बस्नेतको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको थियो । पलिल्लो समय दुई दर्जन प्रहरी कर्मचारी कार्वाहीमा परेको कार्यालयले जनाएको छ ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रहरी वरिष्ठ उपरीक्षक सुदिप गिरीले विशेष गरी एक जिल्लाबाट अर्को जिल्ला प्रवेश गर्ने, सवारी पासको दूरुपयोग गरी यात्रु ओसारपसार गर्ने सवारी दूर्घटना गराई कानुनी कार्वाहीबाट उम्कने र नदीजन्य सामग्री अवैधरुपमा ओसारपसार गर्ने प्रयोजनका लागि ड्यूटीमा रहेका प्रहरीलाई पाँच सय रुपैयाँदेखि पाँच हजार रुपैयाँसम्म रकम दिएर प्रलोभनमा पार्न खोजिएपछि उनीहरुलाई रकमसहित पक्राउ गरिएको बताए । उनले भने, “हाम्रो विशेष अभियान चलिरहेको छ, आर्थिक प्रलोभनमा परी सवारीमार्फत मानिस ओहोरदोहोर गराउँदा कोरोना भाइरस्को जोखिम बढ्नसक्छ ।” उनले घुस लिने प्रहरी कर्मचारीलाई निलम्बन गरेको र आर्थिक प्रलोभन देखाउने सवारी चालकलगायतलाई कार्वाही सिफारिस गर्ने प्रहरीलाई पुरस्कृतसमेत गरेको जानकारी दिए ।

यसैबीच बाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाले साउन महिनामा ड्यूटीमा बसेका प्रहरीलाई विभिन्न प्रलोभन देखाई घुस रकम दिने खोज्नेलाई घुसवापतको रकमसहित पक्राउ गरी कार्वाहीको दायरामा ल्याउने २५ प्रहरीलाई पुरस्कृत गर्ने गरेको छ । सिन्धुलीको भिमानस्थित अस्थायी प्रहरी पोष्टमा कार्यरत प्रहरी हवल्दार ओमनारायण महतोलाई सवारी चालकले बिलबुकभित्र रु ३०० राखी प्रहरीलाई आथिृक प्रलोभनमा पार्न खोजेपछि रकम र चालकलाई नियन्त्रणमा लिई कार्वाहीको सिफारिस गरेपछि उनलाई यही साउन २७ गते पुरस्कृत गरिएको हो । यसको दुई दिनअघि सोही प्रकृतिको आर्थिक प्रलोभन देखाउँदा चालकलाई कार्वाही सिफारिस गर्ने दुई प्रहरी कर्मचारीलाई कार्यालयले पुरस्कृत गर्यो। उसले यसअघि २२ जनालाई विभिन्न मितिमा त्यस्ता प्रहरीलाई पुरस्कृत गरेको जनाएको छ ।

कार्यालयले प्रहरी कर्मचारीबाट नागरिक केन्द्रीत, स्तरीय, प्रभावकारी र पारदर्शी सेवा प्रवाह गराउने उद्देश्यले प्रदेश प्रहरीप्रमुख प्रहरी नायव महानिरीक्षक बसन्तकुमार लामाको नेतृत्वमा विशेष कार्ययोजना बनाई माहतहतका कार्यालयमा सोहीअनुसारको कार्यसम्पादन हुन थालेपछि प्रहरी कर्मचारीबाट भइरहेको कार्यसम्पादनमा इमान्दारिता र पारदर्शीता देखिदैगएको जनाएको छ । साथै, कार्यालयले प्रहरी कार्यसम्पादनमा चुस्त–दूरुस्त एवं पारदर्शीताको विषयमा कुनै कमीकमजोरी, लापर्वाही तथा आर्थिक अनियमितता गरेको पाइएमा तत्कालै नजिकको प्रहरी कार्यालय एवं सम्बन्धित निकायमा सूचीत गरिदिन सर्वसाधारणमासमेत अपील गरेको छ ।

विभिन्न पक्राउ परेका व्यक्तिहरुलाई कसुरअनुसार सार्वजनिक हित, स्वास्थ्य, सुविधा, सुरक्षा र नैतिकताविरुद्धको कसुरमा मुद्धा चलाइएको, रोग संक्रमण ऐन–२०२० अनुसार आवश्यक कार्वाहीलागि जिल्ला प्रशासन कार्यालयमा बुझाइएको र कतिपयलाई ट्राफिक नियम उल्लंघन गरेको कसुरमा जरिवाना गराइएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies