Ntc summer Offer
Khabar Dabali २० बैशाख २०८१ बिहीबार | 2nd May, 2024 Thu
NIMB

विद्यार्थीलाई लक्षित गरी घरमै बसेर अध्ययन गर्न मिल्ने स्वःअध्ययन सामग्री तयार

नवलपरासी । (बर्दघाट सुस्ता पश्चिम) जिल्लाको सुनवल नगरपालिकाले विद्यार्थीलाई लक्षित गरी स्वःअध्ययन (स्वःसिकाइ) सामग्री तयार गर्न लागिएको छ ।

कोरोना महामारीका कारण विद्यालयहरु बन्द भएकाले विद्यार्थीलाई घरमै बसेर अध्ययन गर्न सहजता पु¥याउने उद्देश्यले स्वःअध्ययन सामग्री तयार गर्न लागिएको हो । पहिलो चरणमा नगरमा रहेका कूल १६ वटा समुदायिक विद्यालयमा कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई हरेक विषयको फरक फरक स्वःअध्ययन सामग्री तयार गर्ने योजना रहेको नगर प्रमुख भिम बहादुर थापा ९भरत०ले बताए।

एक पटक तयार गरिएको अध्ययन सामग्री एक साताका लागि मात्र तयार हुनेछ । सो स्वःअध्ययन सामग्री विद्यार्थीले आफ्नो विद्यालयका शिक्षकमार्फत आ—आफ्नो घर घरमा प्राप्त गर्न सक्नेछन् । एक सातापछि पुनः सोही प्रक्रिया अनुसार थप एक साताको लागि स्वःअध्ययन सामग्री विद्यार्थीले पाउने गरी व्यवस्थापन गर्ने योजना छ ।

विद्यार्थीले आफ्ना अभिभावकको सहयोगमा सो सामग्री अध्ययन गर्न सक्ने छन् । यसरी गरिएको अध्ययनपछि आवश्यक परेको खण्डमा विद्यार्थीले विषयगत शिक्षकसंग टेलिफोन वा इन्टरनेटको माध्यमद्वारा सहकार्य गर्न सक्ने गरी योजना बनाइएको छ ।

यसअघि विद्यार्थीलाई लक्षित गरी रेडियो तथा इन्टरनेटद्वारा शैक्षिक गतिविधि अघि बढाए पनि सोप्र्रति विद्यार्थीले खासै रुसी नराखेपछि फरक शैलीमा स्वःसिकाई सामग्री व्यवस्थापन गर्न लागिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख एव्म उपसचिब बिष्णु प्रसाद देतामेले बताए ।

टोल टोलमा पढाइ
बझाङ —कोरोना भाइरस ९कोभिड— १९० सङ्क्रमणका कारण गत चैत महिनादेखि शिक्षण संस्था बन्द हुँदा पठनपाठन ठप्प छ । विद्यालय बन्द भएपछि नियमित पठनपाठन र परीक्षा प्रभावित भएका छन् । शिक्षण कार्यलाई नियमित बनाउन शहरी क्षेत्रका केही विद्यालयले अनलाइन कक्षा सुरु गरेका छन् । तर बझाङमा बालबालिकाको शिक्षा अवस्था सुधारका लागि विगत पाँच वर्षदेखि कार्य गर्दै आएका प्रारम्भिक तह पढाइ कार्यक्रम परियोजनाले जिल्लाको टोल टोलमा पुगेर पढाउन शुरु गरिएको छ ।

परियोजनाले यहाँको टोल टोलमा पुगेर विद्यार्थीलाई जम्मा गरी पढाउन थालेको तल्कोट गाउँपालिका—६ स्थित भगवती प्राथमिक विद्यालयका शिक्षक प्रेम विष्टले बताए। “विगत चार महिनादेखि दैनिक तीन घण्टा टोल टोलमा कक्षा सञ्चालन गर्दै आएका छौं” उनले भने, “वैकल्पिक माध्यमबाट पठनपाठन सञ्चालन गर्ने निर्देशनानुसार अभिभावकहरूको सहयोगमा टोलटोलमा पुगेर पढाउन थालेका हौं, यसले विद्यार्थीको पढाईमा सहयोग पुगेको छ ।”

गाउँमा रहेका चौतारी, प्रतिक्षालयलगायतका ठाउँमा पठनपाठन हुँदै आएको छ । यसरी टोलटोलमा नै विद्यार्थीहरु जम्मा गराएर पठनपाठन गराउँदा अभिभावक र विद्यार्थी दुबै खुसी भएका छन् । लामो समयपछि पढ्न पाउँदा विद्यार्थीहरू उत्साहित भएको शिक्षक शिव विष्टले बताए । सामाजिक दूरी कायम गरेर विद्यार्थीलाई पढाउने गरेको उनको भनाइ छ ।

विद्यार्थीलाई कितावको ज्ञान भन्दा पनि नेतृत्व विकास, कला, लेखनसीपका साथै हात धुने तरिका, सरसफाई, आत्मबल बढाउने विषयमा सिकाउँदै आएको परियोजनाको जिल्ला संयोजक कृष्णराज रेग्मीले जानकारी दिए। उनले यो कार्यक्रमले विगतदेखि नै बालबालिकाको पढाईमा गुणात्मक सुधारका लागि विभिन्न कार्यक्रम गर्दै आएको बताउँदै कोरोना महामारी र लकडाउनको समयमा पनि बालवालिकाकोे पढाईलाई निरन्तरता दिनका लागि टोल शिक्षा कार्यक्रम शुरु गरेको जानकारी दिए। सानो समूह बनाएर कोरोना भाइरस सङ्क्रमणको जोखिमबाट सचेत रहँदै पढाइ सञ्चालन गरेको उहाँको भनाइ छ । जिल्लाका ३७ टोलबस्तीमा टोल शिक्षा कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

कक्षा एकदेखि पाँचसम्म पढ्ने बालबालिकालाई टोल टोलमा जम्मा गरेर हप्ताको एक दिन पढाउने गरेको बताइएको छ । जिल्ला दुई सयभन्दा बढी बालबालिका टोल शिक्षा कार्यक्रममा सहभागी भएको परियोजनाले जनाएको छ । “वैशाख र जेठमा कथा वाचन, सुनाइ बोध, पढाइ बोधका साथै अन्य शैक्षिक गतिविधि गरेर बालबालिकालाई शैक्षिक ज्ञान दियौं”, परियोजनाका पढाई उत्प्रेरक माधुरी जोशीले भने, “अहिले विद्यालयमा पुस्तक आइसकेपछि किताव हेरेर पढाउने गरेका छौं ।” यो परियोजनाबाट टोल शिक्षा सुरुवात गरेपछि अहिले तल्कोट र साइपाल गाउँपालिकामा शिक्षकहरु पनि यो कार्यक्रममा सहभागी भएर विषयगत ज्ञान दिने गरेका छन् ।

जिल्लाका अधिकांश सामुदायिक विद्यालयमा क्वारेन्टिन निर्माण गरिएको छ । महामारीको यो अवस्थामा विद्यालयमा नै पठनपाठन सम्भव नभएपनि टोलटोलमा पुगेर पढाउँदा बालबालिकालाई सहज भएको बताइएको छ ।

रेडियो सुनेर पढ्न थाले विद्यार्थी
चन्द्रौटा— कपिलबस्तुको श्री आधारभूत विद्यालय मदवास्थित कक्षा सातमा अध्ययनरत सुस्मिता पाण्डेलाई आजभोलि रेडियो नै विद्यालयको कक्षा जस्तै बनेको छ । उहाँलाई रेडियोबाट दिनदिनै हुने पाठ्यक्रमको पढाइने आवाज शिक्षकजस्तै लाग्न थालेको छ ।

आजभोलि हरेक दिन दिउँसो घरमा भएको रेडियो बजाउँदै पाठ्यपुस्तक खोलेर रेडियो सुन्दै पढ्ने दैनिकी बनेको छ, सुस्मिताको । स्थानीय सामुदायिक रेडियोबाट पढाइ हुन थालेपछि उनले बिहान घरको काममा आमालाई सहयोग गर्ने र दिउँसो रेडियो सुनेर पढने गर्छन् । शिक्षकहरुले पाठ्यक्रममा आधारित भएर पढाउने भएकाले बुझ्न त्यति अफ्ठ्यारो नहुने सुस्मिताले बताए । विद्यालयमा जस्तो बुझ्न सजिलो नभएपनि रेडियो सुनेर धेरै कुरा सिक्न सकिने उनको भनाइ छ ।

उनीसंगै बसेर कक्षा ५ मा पढ्ने सुमन, कक्षा ६ मा पढ्ने रिता, कक्षा ७ मा पढ्ने उहाँका अन्य ३ जना साथीले पनि संगै रेडियो सुन्दै पढ्दै गर्नुहुन्छ । रेडियोबाट सुन्दा अन्य विषय भन्दा अङ्ग्रेजी विषय बुझ्न अल्लि कठिन भएको कक्षा ५ मा पढ्ने सुमन पाण्डे बताए । शिक्षकहरुले पढाउँदा अलि विस्तारै पढाई दिए अझ राम्ररी बुझन सकिने उनको भनाइ छ । विद्यार्थीलाई दैनिक रुपमा रेडियोबाट गृहकार्य समेत दिने गरिएकाले पढाइपछि विद्यार्थीले नियमित गृहकार्य समेत गर्ने गरेका छन् । कपिलवस्तुमा एक महिना अघिवाट शुरु भएको रेडियो शिक्षाप्रति विद्यार्थीको आर्कषण बढ्न थालेको हो ।

कोभिड— १९ ९कोरोना० महामारीका कारण सम्पूर्ण शैक्षिक गतिविधिहरु अहिले बन्द रहेका छन् । विद्यालयहरु बन्द हुँदा विद्यार्थी विगत चार महिनादेखि विद्यालय जान पाएका छैनन् । विद्यालय बन्द र कोरोनाको महामारी अझै कहिले सम्म रहन्छ भन्ने अन्यौलता नै रहेको अवस्थामा विद्यार्थीको पठनपाठन जिल्लाका रेडियोबाट सञ्चालन हुँदा विद्यार्थीलाई पठनपाठनमा सहज भएको छ । कक्षा ४, ५, ६, ७ र ८ को नेपाली, अङ्ग्रेजी, गणित, विज्ञान र सामाजिक विषयको पढाई रेडियोहरुबाट प्रसारण भएपछि विद्यार्थीले आफ्नो कक्षाको पढाई रेडियो सुनेर नै गर्दै आएका छन् ।

विद्यालय बन्द हुँदा दिनभरी मोबाइल र टिभीमा भुल्ने छोरा छोरी अहिले भने रेडियो सुन्दै पढ्दै गरेको देख्दा खुसी लागेको विजयनगर गाउँपालिका—५ का रामदयाल कुर्मीले बताए। रेडियो कक्षा शुरु भएपछि आफ्ना छोराछोरीले नियमित रेडियो सुन्दै पढ्दै गरेको शिवराज नगरपालिका—३ का अभिभावक सुमकला पाण्डेले बताए । कोरोनाका कारण विद्यालय सञ्चालन नभएको अवस्थामा स्थानीय रेडियोहरुबाट शिक्षकहरुले पढाउँदा छोराछोरीले रेडियोबाटै सिक्दै गरेको पाण्डेले बताए ।

रेडियो कक्षा सुनेर अधिकांश विद्यार्थीले सकारात्मक प्रतिक्रिया दिने गरेको राष्ट्रिय मावि चन्द्रौटाका शिक्षक विष्णु भण्डारीले बताए । विद्यालयका शिक्षकहरुले आफ्नो क्षेत्रका विद्यार्थीलाई रेडियो सुन्न भनिएकाले धेरै विद्यार्थीले रेडियो सुन्ने गरेको उनले बताए । रेडियो शिवराजबाट उत्पादन हुने रेडियो कक्षा शिक्षामा २५ जना शिक्षकले पढाउँदै आएका छन् । जिल्लाका तीन वटा सामुदायिक रेडियो विजयनगर, कपिलवस्तु र शिवराजबाट यस खालको रेडियो शिक्षा कार्यक्रम प्रसारण हुँदै आएको नेपाल पत्रकार महासङ्घ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले बताए ।

पत्रकार महासङ्घ कपिलवस्तुको संयोजन, जिल्लाका १० वटै स्थानीय तह, नेपाल शिक्षक महासङ्घ कपिलवस्तुको सहकार्य, शिक्षा विकास तथा समन्वय इकाइ कपिलवस्तुको समन्वय र युनिसेफ, कालिका स्वाबलम्बन विकास केन्द्रको सहयोगमा जिल्लाका सामुदायिक रेडियोबाट दैनिक ५ वटा विषयका कक्षा सञ्चालन भइरहेका छन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies