Khabar Dabali Logo
  September 24, Thu

लेबनानको बेरूत विस्फोटका कारण ८० हजार बालबालिका विस्थापित, मृतक सङ्ख्या १५४ पुग्यो

बेरूत । गत मङ्गलबार लेबनानको राजधानी बेरूतमा भएको विस्फोटका कारण करिब ८० हजार बालबालिका विस्थापित भएको संयुक्त राष्ट्रसंघीय बालकोष (यूनिसेफ) ले शुक्रबार जनाएको छ ।

विस्फोटका कारण धेरै बालबालिकामा मनोवैज्ञानिक प्रभाव परेकोप्रति चिन्ता व्यक्त गर्दै पिडित बालबालिका तथा उनीहरूको परिवारलाई सहयोग पु¥याउने प्रयास भइरहेको यूनिसेफले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

“विगत ४८ घण्टादेखि यूनिसेफले लेबनानी अधिकारी तथा उद्धारमा खटिएका सहयोगी संस्थाहरूसँग सहकार्य गरी प्रभावित परिवारको आवश्यकता अनुसार सहयोग गरिरहेको छ,” विज्ञप्तिमा भनिएको छ ।

यूनिसेफले पिडित बालबालिका तथा उनीहरूका परिवारको स्वास्थ्य, खानेपानी तथा अन्य तत्काल आवश्यकताका विषयमा नजिक रहेर काम गरिरहेको यूनिसेफका लेवनानस्थित प्रतिनिधि भाएलेट स्पिक वार्नीले बताए।

लेबनान विष्फोटमा परी मृत्यु हुनेको सङ्ख्या शुक्रबार साँझसम्म १५४ पुगेको लेवनानी स्वास्थ्य मन्त्री हमद हसनले बताए ।

साउन २३ गते, २०७७ - १९:५८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बोक्सीको आरोपमा हुने अमानवीय क्रियाकलाप रोक्न गृहको निर्देशन

काठमाडौं । गृहमन्त्रालयले बोक्सी र छुवाछुतको आरोपमा अमानवीय क्रियाकलाप रोक्न मातहतका निकायलाई आवश्यक...   

नदीनाला बहाव बढ्दै : गएको दुई दिनमा बाढी पहिरोले १४ को मृत्यु, ७ बेपत्ता

काठमाडाै‌ । पछिल्लो दुई दिनदेखिको लगातार वर्षाका कारण मुलुकका धेरै जसो क्षेत्र पुनः प्रभावित हुन...   

भूकम्पपीडितबाट घुस लिने प्राविधिक खतिवडालाई जागिरबाट निकाला

ओखलढुंगा । भूकम्प पीडितबाट घुस लिएको आरोप लागेका पुनःनिर्माणका प्राविधिकलाई जागीरबाट बर्खास्त गरिएको...   

अपाङ्गता भएका व्यक्तिलाई खाद्यान्न वा औषधिको अभाव हुन नदिइने

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले कोभिड–१९ का कारण प्रभावित अपाङ्गता...   

कोरोनाबाट एकैदिन १७ जनाको मृत्यु, निको हुनेको कुल संख्या ५० हजार नाघ्यो

काठमाडौं । नेपालमा कोरोनाबाट निको हुनेको संख्या ५० हजार नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...   
काठमाडौंमा सबैभन्दा धेरैमा कोरोना पुष्टि, यस्तो छ देशभरको विवरण

काठमाडौंमा सबैभन्दा धेरैमा कोरोना पुष्टि, यस्तो छ देशभरको विवरण

काठमाडौं । बिहिबार काठमाडौंमा सबैभन्दा धेरै ६०९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य...   

बिहिबार १४९७ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या १८ हजार ४३७

काठमाडौं । बिहिबार देशभर १४ सय ९७ जना कोरोना संक्रमित थपिएका छन् । आजको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य...   

पर्यटन मन्त्रालयले दुई दिन बिदाको प्रस्ताव मन्त्रिपरिषद्मा पेश गर्दै

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक पर्यटन प्रर्वद्धन गर्न हप्तामा...   

विदेशबाट उद्धार गरी ल्याएका नागरिक राख्न तयार पारेको होल्डिङ सेल्टर बन्द

भक्तपुर । सरकारले गत जेठ २३ गतेदेखि विदेशबाट उद्धार गरी ल्याएका प्रदेश नं १ र २ का नागरिक राख्न नेपाली...   

नाङ्गो अवस्थामा मृत भेटिइन् बझाङमा १२ वर्षीया बालिका

बझाङ । जिल्लाको मष्टा गाउँपालिका–२ खिकाला घर भएकी एक बालिका बुधबार मृत अवस्थामा भेटिएकी छन् । गाउँ...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top