Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

आजदेखि सिरहाको मिर्चैयामा लकडाउन

सिरहा । सिरहाको मिर्चैया  नगरपालिकामा कोरोना सङ्क्रमणको थप जोखिम हुन नदिन लकडाउन गरिएको छ । 

नगरपालिकाको वडा नम्बर ६ का ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि आजदेखि २२ साउनसम्म लकडाउनको घोषणा गरिएको हो ।

नगरपालिकामा बसेको आपकालीन बैठकले १० दिनका लागि लकडाउन गर्ने निर्णय गरेको नगरप्रमुख प्रमुख श्रवण यादवले जानकारी दिए । नगरपालिकाले घरमै बसेर लकडाउनको पालना गर्न नगरवासीसँग आग्रह गरेको छ । 

यसैबीचकोरोना सङ्क्रमण पुष्टि भएको १६ दिनमा राजविराज नगरपालिका-८ का एक दम्पती सङ्क्रमणलाई जित्न सफल भएका छन् । 

होम आइसोलेसनमा बसेका राजविराज-८ स्थित सफटेक कलेज अफ इञ्जिनीयरिङ कलेजका प्रबन्ध निर्देशक ३७ वर्षीय प्रमोद यादव र उनकी ३२ वर्षीया श्रीमती बिन्दाले कोरोनालाई जितेकी छन् ।

ती दम्पतीले आत्मबल बलियो ब नाई स्वास्थ्यकर्मीको सुझावअनुसार नियमितरूपमा तातोपानी तथा रोगप्रतिरोधात्मक क्षमता बढाउने खानेकुराको सेवन गरेकाले कोरोनालाई सजिलै जितेको बताए ।

भारतबाट परिवारसहित फर्किएका राजविराजका एक वृद्धको यही १ साउनमा कोरोना सङ्क्रमणका कारण मृत्यु भएको थियो । 

ती वृद्धको प्रत्यक्ष सम्पर्कमा आएका यादवको पनि स्वाब सङ्कलन गरी परीक्षण गर्दा ५  साउन गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । 

सङ्क्रमित दम्पतीको पुनः परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिए । रासस

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies