Khabar Dabali Logo
  August 14, Fri

१ करोडको लगानीमा अत्याधुनिक सुविधायुक्त सर्पदंश उपचार केन्द्र

दाङ । दाङको गढवा गाउँपालिकाले जिल्लामा पहिलोपटक अत्याधुनिक सुविधायुक्त सर्पदंश उपचार केन्द्र स्थापना गरेको छ । गाउँपालिकाको रु एक करोड लगानी र सरोकारवाला निकाय, स्थानीय जनताको आर्थिक श्रमदानबाट सर्पदंश उपचार केन्द्र निर्माण सम्पन्न गरिएको पालिकाले जनाएको छ ।

उपचार केन्द्र निर्माण सम्पन्न भएर सञ्चालनको अन्तिम तयारी भइरहेको गाउँपालिकाका अध्यक्ष सहजराम यादवले जानकारी दिए । विषालु सर्पका कारण बर्सेनि उपचार नपाई ज्यान गुमाउनेको सङ्ख्या बढ्दै गएपछि गाउँपालिकाले सर्पदंश उपचार केन्द्र स्थापना गरेको उनको भनाइ छ ।

सर्पदंश उपचार केन्द्र स्थापना भए पनि सञ्चालनमा ल्याउन केही समय लाग्ने पालिकाले जनाएको छ । केन्द्र सरकारले सञ्चालनका लागि स्वीकृति प्रदान गरिसकेको छ । यस्तै प्रदेश सरकारबाट उपचारका लागि चाहिने स्नेक एन्टी भेनम र अन्य आवश्यक सामग्री प्राप्त हुनासाथ सर्पदंश उपचार केन्द्र सञ्चालन हुने अध्यक्ष यादवले बताए । प्रदेश सरकारको आपूर्ति केन्द्रबाट प्रथम चरणमा कम्तीमा ३०० डोज उपचारमा अति आवश्यक पर्ने स्नेक एन्टी भेनम ल्याउन लागिएको समेत उनले बताए ।

स्वास्थ्य कार्यालय दाङका प्रमुख सुनिता पौडेलले सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि प्रदेश र केन्द्रसँग स्वास्थ्य कार्यालय दाङले समन्वन्यात्मक काम गर्दै आएको बताए । प्रमुख पौडेलले सर्पदंश उपचार केन्द्र सञ्चालन गर्न आवश्यक सबै मापदण्ड पूरा भएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट समेत स्वीकृत भइसकेको जानकारी दिए । उनका अनुसार अबको एक साताभित्रमा सर्पदंश उपचार केन्द्र विधिवतरूपमा सञ्चालनमा आउने छ ।

उक्त केन्द्र सञ्चालनका लागि रिपुमर्दन गण घोराहीबाट नेपाली सेनाको एक प्राविधिक टोलीसमेत परिचालन भइसकेको छ । रक्षा मन्त्रालयसँगको समन्वयमा उपचारमा खटिने नेपाली सेनाको प्राविधिक टोलीको व्यवस्थापन गरिएको गाउँपालिका अध्यक्ष यादवले बताए । उनले केन्द्रमा सर्पदंशको उपचार गर्न आउने बिरामीको उपचार खर्च सबै गाउँपालिकाले व्यहोर्ने प्रतिबद्धतासमेत गरेका छन् ।

उक्त क्षेत्रमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएपछि गढवा, राजपुर, राप्ती, लमहीलगायत आसपासका क्षेत्रका स्थानीय बासिन्दालाई प्रत्यक्ष लाभ मिल्ने छ । यसका साथै प्युठान, कपिलवस्तु, अर्घाखाँची, रोल्पा, सल्यानलगायत छिमेकी मुलुक भारतका नागरिकले पनि उपचार सेवा पाउनेछन् । गढवा, राजपुर, राप्ती लमही क्षेत्रमा सर्पदंशका कारण बर्सेनि थुप्रैको अकाल ज्यान जाने गरेको छ । जिल्लामा आर्थिक वर्ष २०७६/७७ मा मात्रै १५ जनाको सर्पदंशबाट ज्यान गएको थियो । गढवा गाउँपालिकामा मात्र ५२ जनालाई सर्पदंश भएको थियो ।

जिल्लामा सर्पदंश उपचार केन्द्र नहुँदा बिरामीलाई जिल्ला बाहिर पठाउनुपर्ने बाध्यताले समयमै उपचार नपाउँदा धेरैको अकाल ज्यान जाने गरेको थियो । केही दिनअघि मात्रै राप्ती गाउँपालिकाका एक बालकलाई सर्पले डस्दा समयमा उपचार हुन नसकेपछि ज्यान गएको थियो । हिउँदमा भन्दा गर्मीयाम तथा वर्षायाममा सर्पको बढी बिगबिगी हुने गर्दछ ।

साउन १४ गते, २०७७ - १०:३५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आर्थिक अवस्था कमजोर भएका ८२५ परिवारलाई निःशुल्क विद्युत् मिटर

भोजपुर । नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रले आर्थिक अवस्था कमजोर भएका ८२५ विपन्न परिवारलाई...   

घुस लिएको आरोपमा १४ जना पक्राउ

सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले आर्थिक वर्ष २०७६/०७७ मा १४ जनालाई...   

अख्तियारमा अधिकांश उजुरी स्थानीय तहका

वीरेन्द्रनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा दर्ता हुने अधिकांश उजुरी स्थानीय...   

लागुऔषध मुद्दाका फरार युवक आठ वर्ष पछि पक्राउ

तनहुँ । लागुऔषध मुद्दाका फरार एक युवकलाई बिहीबार जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरेको छ ।जिल्लाको...   

ज्यामिरेमा अस्थायी प्रहरीचौकी स्थापना

परासी । सवारी दुर्घटना न्यूनीकरण, शान्तिसुरक्षा कायम तथा अपराध नियन्त्रण गर्ने उद्देश्यले नवलपरासी...   

मलेसियामा कार्यरत ११ नेपाली खर्च अभावले ५ महिनादेखि अलपत्रमा

सोलुखुम्बु । मलेसियाको एक कम्पनीमा कार्यरत ११ नेपाली पाँच महिनादेखि अलपत्र परेका छन् । अल्फा कम्पनीमा...   

चिया श्रमिकको आन्दोलन गर्ने चेतावनी

इलाम । उद्योगीले माग पूरा नगरे चिया श्रमिक आन्दोलन गर्ने चेतावनी दिएका छन् । दुई/दुई वर्ष चिया श्रमिकको...   

काठेखोलाका छुवाछूतविरुद्ध अभियान : ‘हाम्रा चुला सबैका लागि खुला’

बलेवा । नेपालमा जातीय छुवाछूतलाई कानूनले निषेध गरेको छ । कानूनी व्यवस्था भए पनि सामाजिक परिवर्तनका...   

भुटानमा कोरोना नियन्त्रणका लागि राष्ट्रव्यापी लकडाउन घोषणा

थिम्पु । हिमाली मुलुक भुटानले कोरोनाभाइरस नियन्त्रण गर्न भन्दै राष्ट्रव्यापी लकडाउन घोषणा गरेको...   

भारतमा एकै दिन कोरोनाबाट ६७ हजार जना सङ्क्रमित

नयाँदिल्ली । कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या भारतमा एकै दिन झण्डै ६७ हजार थप भएको छ । भारतीय...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top