Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

सञ्चालनको तयारीमा सवारी जाँच केन्द्र

काठमाडौँ । उपकरण जडान भएको एक दशकसम्म पूर्ण सञ्चालनमा नआएको सवारी स्वस्थता जाँच केन्द्र (भेहिकल फिटनेस टेस्ट सेन्टर) पुनः सञ्चालनको तयारी गरिएको छ ।

विद्यमान उपकरण काम गर्ने अवस्थामा छ/छैन भनेर अध्ययनका लागि विज्ञलाई परीक्षण गराइने केन्द्रका प्रमुख मणिराम भुसालले बताए । सो अध्ययनका लागि नेपालीसँगै विदेशी विज्ञलाई समेत संलग्न गराइने जनाइएको छ । उपकरणले काम गर्ने अवस्था भएमा त्यसलाई मर्मत गरेर सञ्चालन गरिनेछ । उपकरण जडान भएको लामो समय भए पनि सञ्चालन नभएकाले उपकरण काम नलाग्ने हुनसक्ने उनले बताए । उपकरण काम नगर्ने भएमा नयाँ उपकरण जडान गरिने उनको भनाई छ । उनले भने, “विज्ञको सुझावका आधारमा मर्मत गर्ने कि नयाँ खरिद गर्ने भनी निर्णय गरिनेछ ।”

केन्द्रमा रहेका उपकरण त्यत्तिकै थन्किँदा अहिले सवारी साधनको मानिसले गर्ने कुराको मात्रै परीक्षण भइरहेको छ । केन्द्रमा एकदशक पहिले गह्रौँ सवारी साधन र हलुका सवारी साधनको स्वस्थता परीक्षणका लागि दुई उपकरण जडान भएको थियो । यी दुईमध्ये पहिले एउटा मात्रै भए पनि सञ्चालन गर्ने केन्द्रले तयारी गरेको छ । उनले भने, “हामीले विभाग र मन्त्रालयमा कुराकानी गर्दा उहाँहरु पनि केन्द्र सञ्चालन गर्ने कुरामा सकारात्मक हुनुहुन्छ ।”

बन्दाबन्दीका समयमा केन्द्रका सबै सेवा ठप्प थियो । अहिले कार्यालयका १४ मध्ये १२ कर्मचारी कार्यरत रहेका छन् । सरकारले बुटवल र हेटौँडामा पनि सवारी परीक्षण केन्द्र स्थापना गरेको छ । ती कार्यालयमा कर्मचारी व्यवस्थापन लगायतका काम भइसकेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सातै प्रदेशमा एकएक केन्द्र स्थापनाको योजना बनाएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies