Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

आफ्नै दुई रणनीतिले झन अप्ठ्यारोमा परे ओली, नेताहरुद्वारा तिव्र आलोचना

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समितिको बैठक पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ ।

पार्टीको बैठक चलिरहेकै समयमा सोमबार मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा नेपालको नक्शा संशोधन गरेबापत आफ्नो सरकार भारतले ढाल्न खोजेको र नेपालकै नेताहरु संलग्न रहेको सार्वजनिक अभिव्यक्ति दिएका थिए ।

सोमबार नै झापाकी सन्ध्या तिवारीले नेकपा एमाले नामको पार्टी दर्ताका लागी निर्बाचन आयोगमा निबेदन दिएकी थिईन ।

दल दर्ता र ओलीको अभिव्यक्ति दुवै आफुविरुद्द स्थायी समितिमा उठ्ने आवाज मत्थर पार्ने ओली रणनीति रहेको राजनीतिक विश्लेषकहरुको बुझाई सर्वाजनिक हुँदै गर्दा मंगलबार स्थायी समितिको बैठकमा अन्य नेताहरु कडारुपमा प्रस्तुत भएपछि ओली झन अप्ठ्यारोमा परेका छन् ।

२ पटकसम्म स्थायी समितिको बैठक टारेका ओलीले तेस्रो पटक टार्न नसकेको बैठकको सुरुको दिन बैठकमा सम्बोधन गरेका थिए भने दोस्रो दिन बैठकमा सहभागी भएनन् । तेस्रो दिनको बैठकमा एकैछिन उपस्थिति जनाएर निस्केपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठक संचालन गर्दै आईरहेका छन् ।

सरकार र पार्टी कामको समिक्षाको एजेण्डा समेत राख्न नमानेका ओलीका विरुद्द सुरुकै दिन स्थायी समितिका सदस्यहरु एजेण्डा जर्वजस्त राख्न लगाएका थिए भने प्रचण्ड र माधव नेपाल कडारुपमा प्रस्तुत भएका थिए ।

पहिलो दिनको बैठकबाटै स्थायी समितिले आफ्नाविरुद्द जे पनि निर्णय गर्न सक्ने बुझेका ओलीले सोमबार भारतले सरकार ढाल्न खोजेको भन्दै सचेततापुर्वक आफुमा सान्त्वना बटुल्ने रणनीति अपनाए । आफुले नक्शा संशोधन गरेको र राष्ट्रवादी काम गरेका कारण भारतले सरकार ढाल्न खोजेको सार्वजनिक गर्दा पार्टीका मजधारका नेताहरु र जनमत आफ्नो पक्षमा ल्याउने रणनीति अन्तर्गत ओलीले यस्तो अभिव्याक्ति दिएका थिए ।

सोमबार नै एमाले नामका पार्टी दर्ता गर्न निवेदन दिने योजना पनि ओलीको नै रहेको र यसको अन्तर्यमा पार्टी फुटको तयारी भनेर संन्देश जाने र पार्टीपक्तिंको दबाब प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल पक्षमा पर्न गई आफुलाई सहयोग हुने उनले महसुस गरेको अन्य नेताहरुको बुझाई छ ।

तर ओलीका दुबै रणनीतिले उनी नै अप्ठ्यारोमा पर्न गएका छन् । मंगलबार अर्का अध्यक्ष प्रचण्ड, नेता नेपाल लगायतका बहुमत स्थायी समितिका सदस्इहरुले भारत र सरकारप्रतिको ओली अभिव्यक्तिको कडा प्रतिवाद मात्रै गरेनन् पार्टी र सरकार संचालन गर्ने क्षमता नरहेको भन्दै दुबै पद छोड्न समेत निर्धक्क भने ।

नेताहरुले दल दर्ताको तयारी ओलीले नै गर्न लगाएको भन्दै स्पष्टीकरणसमेत मागे । भारतविरुद्दको अभिव्यक्तिका कारण पार्टी र देशको कुटनीतिक मर्यार्दा ध्वस्त भएको भन्दै ओलीविरुद्द खनिए ।
ओलीको अभिव्यक्तिलाई ओली पक्षधर नेताहरुले नै मन पराएका थिएनन् भने अन्य नेताहरुको आलोचनाको प्रतिवाद गर्ने अवस्थामा समेत ओली पक्षिय नेताहरुलाई ठाउँ रहेन् ।

मंगलबारको बैठकमा त दुई अध्यक्षबिच भनाभन समेत भएको बताइएको छ । प्रचण्डले भारतले नभइ पार्टी र सरकार आफैपनि नचलाउने र पार्टीले भनेको पनि नमान्ने अध्यक्ष र प्रधानमन्त्रीको राजीनामा भारतले नभई आफुले मागेको बताए ।

नक्शा र भारतले सरकार ढाल्न खोजेको भन्ने ओली सार्वजनिक अभिव्यक्तिलाई पार्टीले मात्रै होइन समाज र राजनीतिक विश्लेषक तथा अन्य दलका नेताहरुलेसमेत गैरजिम्मेवार आपत्तिजनक भनि टिप्पणी गरिरहेका छन् ।

ओलीको दल दर्ताबाट फुटको धम्की र भारतको सेन्टिमेन्टल ब्ल्याकमेलिङ् असफल भएको र ओली आफैलाई प्रत्युत्पादक भएको एक स्थायी समिति सदस्यले खबरडबलीसँग बताए ।

उनका अनुसार ‘अब पार्टीका जो सुकै किन नहोउन पार्टी निर्णय र आदेश मान्ने या पद छोड्ने बाहेक विकल्प छैन ।’

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies